ग्यास्ट्रिक पी’डित नेपालीको संख्या धेरै छ । ग्यास्ट्रिकले तपाईं पनि हैरान हुनुहुन्छ भने यसको समाधानका लागि विभिन्न उपाय अपनाउनु भएको होला । ग्यास्ट्रिकका लागि बिरेनुनले फाइदा पुग्छ । ग्यास्ट्रिकलाई मात्र होइन बिरे नुनले धेरै खालका समस्या समाधान हुन्छ । बिरे नुनको प्रयोगले ग्यास्ट्रिक, कब्जियत, अम्लीय लगायतका समस्याबाट बच्न सकिन्छ ।
बिरे नुन धेरै खालको रोगमा घरेलु उपचारको लागि प्रयोग गर्ने गरिन्छ । आयुर्वेदमा त यसको धेरै औषधिहरुमा प्रयोग हुन्छ । सेतो नुनको सट्टा थोरै मात्रामा बिरेनुनको प्रयोग गर्न सकियो भने यसले फाइदा पुग्छ । बिरेनुन प्राकृतिक नुन हो । यो हिमाली र पहाडी क्षेत्रमा डाँडापहराबाट निकालिन्छ । बिरेनुनको नियमित सेवनले बाथ, पित्त र कफलाईसमेत नियन्त्रणमा राख्ने काम गर्छ ।
बिरेनुनको प्रयोग विषेशगरि पेटसम्बन्धी रोगमा बढी मात्रामा प्रयोग हुने गरेको भएपनि यसले उच्च रक्तचापका विरामीलाई पनि बिरे नुनले निकै फाइदा पुग्छ । यो नुनमा सोडियमको मात्रा कम हुने भएकाले उच्च रक्तचापका बिरामीलाई फाइदा पुग्छ ।
पेट दुखेको, झाडापखला लागेको, पेट ढुस्सिएको आदी बेलामा यसको प्रयोग गर्ने गरिन्छ । खाना पचाउनमा बिरेनुनको महत्वपूर्ण भूमिका हुन्छ । विशेष गरि ग्यास्ट्रिक भएकाहरुले नियमित रुपमा बिरे नुनको प्रयोग गर्न आवश्यक छ ।
बिरेनुनमा सल्फर, आइरनलगायतका शरीरलाई आवश्यक खनिज तत्व प्रशस्त मात्रामा हुन्छ । जसको कारण मोटोपना, खराब कोलेस्ट्रोल, श्वासप्रश्वाससम्बन्धी समस्याबाट बचाउने काम गर्छ ।
त्यस्तै, यसको सेवनले मधुमेह, आर्थराइटिस, प्यारालाइसिस, एनिमिया, रक्तश्राव, कपाल झर्ने, जोर्नी दुख्ने र आन्द्रासम्बन्धी समस्यालाई पनि नियन्त्रण गर्नमा भूमिका खेल्छ । यसले धातुबाट हुने असरबाट पनि बचाउँछ । त्यस्तै, छालालाई नरम, स्वस्थ, सुन्दर राख्न पनि मद्दत गर्छ ।
यसको सेवनले कुष्ठरोग, एक्जिमा वा छालासम्बन्धी रोगबाट समेत टाढा रहन सकिन्छ । तातो पानीमा मिसाएर बिरे नुनलाई पिउँदा फाइदा पुग्छ भने मनतातो पानीमा बिरेनुनको मिश्रण गरी नुहाउँदा निकै लाभदायक हुन्छ ।
दाँत, गिजा, जिब्रो, घाँटी आदिमा समस्या उत्पन्न भएमा तोरीको तेलमा बिरेनुनको मिश्रण गरी सफा गर्न सकिन्छ । यसले दाँतलाई चम्किलो बनाउनुका साथै मुखसम्बन्धी अन्य समस्याबाट पनि मुक्त हुन सहज हुन्छ ।
दिसा पातलो हुने समस्या भएमा प्याजलाई मसिनो गरी काटेर बिरेनुन र कागतीको रस एक चम्चा मिसाई प्रयोग गर्दा तत्कालै राहतको महसुस हुन्छ । पेटमा ग्यास भरिएको बेलामा मनतातो पानीमा बिरे नुन राखेर दिनमा तीनपटक खाँदा यसले फाइदा पुग्छ ।
कालो नुनको प्रयोगले भोक बढाउँछ । खाना सजिलै पच्छ । यसैले शरीरले उर्जालाई राम्रोसंग प्रयोगगर्न पाउँछ । यदि कम भोक लाग्ने समस्या छ भने कालो नुनमा सलाद, दही, मोही, कागतीपानी संगै प्रयोग गर्न सकिन्छ । यसबाट शरीर पनि स्वस्थ राख्न सकिन्छ र सोडियमको मात्रा पनि बढ्दैन ।
यो पनि पढ्नुस्
दोलखाको जिरी नगरपालिका–४ घर भई हाल काभ्रेपलाञ्चोक जिल्ला मणडन देऊपूर नगरपालिका वडा नम्बर १२ बस्दै आएकी बिनु जिरेल आजको मिति सम्म पनि सम्पर्क बिहिन छिन् । यहि मिति २०७७ श्रावन १७ गते बिहान ४ बजेबाट हराईरहेकी बिनु जिरेल कसैको सम्पर्कमा नआएपछि जागिरको सिलसिलामा काभ्रे बस्दै आएकी बिनुलाई खोज्दै हामी उनी बस्दै आएको काभ्रेस्थित उनको डेरामा पुग्यौं ।
हामीले उनका घरबेटीसँग सोध्दा उनी र उनका श्रीमान सुरेन्द्र थामीबीच मनमु’टाव तथा भ’नाभ’न हुने गरेको उनले बताएका छन् । उनका पति सुरेन्द्रका अनुसार एउटा अन्जान नम्बरबाट आएको फोनकलको बिषयलाई लिएर उनी र बिनुबीच भ’नाभ’न भएको थियो ।
तर हामीले उक्त फोनकलमा जिकिर भएका व्यक्तिसँग कुरा गर्दा बिनुसँग अघिल्लो दिन उनको कुरा भएको तर बे’पत्ता भएपश्चात भने आफुसँग कुनै सम्पर्क नभएको बताएका छन् । ती व्यक्तिले आफुलाई कुनै जानकारी नभएको पनि बताएका छन् ।
अघिल्लो रात सँगै सुतेकी श्रीमती बिहान उठ्दा नभेटेपछि सुरेन्द्र थामी श्रीमती खोजिदिन आग्रह गर्दै मिडियामा आएका थिए । काठमाडौँ बस्दै आएका सुरेन्द्र र काभ्रेपलाञ्चोक बस्दै आएकी बिनुबीच लामो समयसम्म पनि भेट नहुने गरेको पनि सुरेन्द्रले बताएका थिए । बिनु सम्पर्क बिहिन हुने केही दिन अगाडी मात्र बिनुसँग भेट भएको र त्यस बेला देखि नै उनी हराएको बताएका थिए ।
सम्पूर्ण आफन्तहरु समेतमा खोज तलास गर्दा पनि बिनु हालसम्म कहि कतै फेला परेकी छैनन् । उनी कुन अवस्थामा कहाँ छिन् भन्दै उनका परिवार तथा आफन्त निकै चिन्तामा छन् । फोटोमा भएको हुलिया अनुसारको मानिसलाई जे जस्तो अवस्थामा फेला परे पनि नजिकैको प्रहरी कार्यालय वा हाम्रो च्यानलमा दिईएको फोन नम्बर ९८४४५५५७९७ – ०४९४१४०५८ – ९८४१२९१६६३ मा सम्पर्क गरी सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौँ । थप भिडियोमा हेर्नुस् :