अमेरिकाले रुसले बनाएको कोरोनावि’रुद्धको खोपले काम गर्ने विश्वास व्यक्त गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यालय ह्वाईट हाउसमा भएको पत्रकार सम्मेलनमा बोल्ने क्रममा राष्ट्रपति ट्रम्पले रुसी खोपका बारेमा सकारात्मक धारणा राख्दै खोप प्रभावकारी र उपयोगी हुने विश्वास व्यक्त गरेका हुन् ।
कोरोनाभाइरस वि’रुद्धको खोप तयार पार्न रुस विश्वको पहिलो राष्ट्र हुने पनि उनको भनाई छ । उनले चाडै नै ठूलो मात्रामा सो खोपको उत्पादन र प्रयोग हुन थाल्ने विश्वास पनि व्यक्त गरेका छन् । राष्ट्रपति ट्रम्पले यो साह्रै नै महत्वपूर्ण रहेको पनि बताएका छन् ।
आधारभूत प्रक्रियाहरु पूरा गर्ने र परीक्षण सवै सफल भएपछि आधिकारीक निकायले त्यसको प्रयोगका लागि स्विकृति दिने उनको भनाई छ । नयाँ खोप प्रक्रियामा गएको र अहिलेसम्म सकारात्मक नतिजा आएको थाहा पाउँदा आफूहरुलाई अन्त्यन्त धेरै खुशी लागेको उनले बताएका छन् । उनले अमेरिकमा पनि केही बैज्ञानिकहरुले तीन ओटा खोपलाई परीक्षण गरिरहेको र त्यो अहिले तेस्रो चरणमा पुगेको जानकारी दिएका छन् ।
यो पनि पढ्नुस्
दोलखाको जिरी नगरपालिका–४ घर भई हाल काभ्रेपलाञ्चोक जिल्ला मणडन देऊपूर नगरपालिका वडा नम्बर १२ बस्दै आएकी बिनु जिरेल आजको मिति सम्म पनि सम्पर्क बिहिन छिन् । यहि मिति २०७७ श्रावन १७ गते बिहान ४ बजेबाट हराईरहेकी बिनु जिरेल कसैको सम्पर्कमा नआएपछि जागिरको सिलसिलामा काभ्रे बस्दै आएकी बिनुलाई खोज्दै हामी उनी बस्दै आएको काभ्रेस्थित उनको डेरामा पुग्यौं ।
हामीले उनका घरबेटीसँग सोध्दा उनी र उनका श्रीमान सुरेन्द्र थामीबीच मनमु’टाव तथा भ’नाभ’न हुने गरेको उनले बताएका छन् । उनका पति सुरेन्द्रका अनुसार एउटा अन्जान नम्बरबाट आएको फोनकलको बिषयलाई लिएर उनी र बिनुबीच भ’नाभ’न भएको थियो ।
तर हामीले उक्त फोनकलमा जिकिर भएका व्यक्तिसँग कुरा गर्दा बिनुसँग अघिल्लो दिन उनको कुरा भएको तर बे’पत्ता भएपश्चात भने आफुसँग कुनै सम्पर्क नभएको बताएका छन् । ती व्यक्तिले आफुलाई कुनै जानकारी नभएको पनि बताएका छन् ।
अघिल्लो रात सँगै सुतेकी श्रीमती बिहान उठ्दा नभेटेपछि सुरेन्द्र थामी श्रीमती खोजिदिन आग्रह गर्दै मिडियामा आएका थिए । काठमाडौँ बस्दै आएका सुरेन्द्र र काभ्रेपलाञ्चोक बस्दै आएकी बिनुबीच लामो समयसम्म पनि भेट नहुने गरेको पनि सुरेन्द्रले बताएका थिए । बिनु सम्पर्क बिहिन हुने केही दिन अगाडी मात्र बिनुसँग भेट भएको र त्यस बेला देखि नै उनी हराएको बताएका थिए ।
सम्पूर्ण आफन्तहरु समेतमा खोज तलास गर्दा पनि बिनु हालसम्म कहि कतै फेला परेकी छैनन् । उनी कुन अवस्थामा कहाँ छिन् भन्दै उनका परिवार तथा आफन्त निकै चिन्तामा छन् । फोटोमा भएको हुलिया अनुसारको मानिसलाई जे जस्तो अवस्थामा फेला परे पनि नजिकैको प्रहरी कार्यालय वा हाम्रो च्यानलमा दिईएको फोन नम्बर ९८४४५५५७९७ – ०४९४१४०५८ – ९८४१२९१६६३ मा सम्पर्क गरी सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौँ । थप भिडियोमा हेर्नुस् :