काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा २ सय जना सं’क्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ सय संक्र’मित थपिएका हुन् ।
जसमध्ये काठमाडौंमा मात्र १ सय ७४ संक्र’मित थपिएका छन् भने ललितपुरमा १८ संक्र’मित थपिएका छन् । यस्तै भक्तपुरमा ८ जना संक्रमित देखिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट २ सय ६४ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या १७ हजार ९ सय ६४ पुगेको छ ।
यो निको हुने कुल प्रतिशतमा ६१ प्रतिशत हो । त्यस्तै, हालसम्म ११ हजार ७ सय ६८ जना क्वारेन्टाइनमा छन् भने आइसोलसनमा ११ हजार ५ सय ५५ जना छन् । देशभर पछिल्लो २४ घण्टामा ११ हजार ८ सय ३२ जनाको पीसीआर परीक्षण हुँदा कुल ५ लाख ६६ हजार २ सय २० जनाको पीसीआर परीक्षण भएको छ ।