सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका २ मा एक युवती फेला परेकी छिन् । मानसिक सन्तुलन गुमेकी करिब २५/२६ बर्षकी युवती २ दिन अगाडी फेला परेको जुगल २ का स्थानीय डम्बर लामिछानेले बताएका छन् । उनका अनुसार ती युवतीसँग सोध्दा आफ्नो नाम, थर, ठेगाना केही पनि बताएकी छैनन् ।
उनी कहाँकी हुन्, नाम थर केही पनि थाहा नभएपछि डम्बर लामिछानेले हामीलाई खबर गरेका छन् । उनका आफन्तहरुले उनको खोजि गरिरहनु भएको होला । दिईएको फोटो अनुसार यसरी फेला परेकी युवतीलाई चिन्नु हुने जो कोहि हुनुहुन्छ उँहाले ९८४०००६७३४ मा सम्पर्क गरि आफन्तसम्म पु-याईदिन मद्दत गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौँ ।