नेकपाका बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको सुरक्षामा खटिएका ९ जना प्रहरीलाई कोरोना सं’क्रमण देखिएको छ । नेपाल र उनका परिवारका सदस्यको रिपोर्ट भने नेगेभिट आएको बताईएको छ ।
कोरोना सं’क्रमण देखिनेमा नेपालको सुरक्षामा खटिँदै आएका पिएसओ नेपाल प्रहरीका एक जना र सशस्त्र प्रहरीका ८ जना रहेका छन् । बिहीबार नेता नेपाल, उनको परिवार, उनको सुरक्षामा खटिएका सुरक्षकर्मीसहित निवासका २४ जनाभन्दा बढीको स्वाब संकलन गरी पठाइएको बताईएको छ ।
शुक्रबार आएको रिपोर्टमा ९ सुरक्षाकर्मीलाई सं’क्रमण देखिए पनि नेता नेपाल, परिवारका अन्य सदस्य, स्वकीय सचिव लगायत अन्यको रिपोर्ट भने नेगेटिभ आएको जनाईएको छ । सं’क्रमण देखिएका सबैलाई शुक्रबार राति नै आएसोलेसनमा पठाइसकिएको छ ।
यो पनि पढ्नुस्
सरकारले सरकारी र सार्वजनिक अस्पतालका अतिरिक्त जुनसुकै स्वास्थ्य प्रतिष्ठान र निजी अस्पतालबाट समेत कोभिड –१९ को रोकथाम र उपचार सेवा सञ्चालन गराउने भएको छ ।
सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि कोरोना भाइरसको लक्षण भएका र अस्पताल भर्ना गरी उपचार गर्नुपर्ने अवस्थाका बिरामीको उपचारका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आवश्यकतानुसार शिक्षण अस्पताल, निजी अस्पताल, सहकारी अस्पताल, गैरनाफामूलक सामुदायिक अस्पतालसमेतबाट सेवा सञ्चालन गराउन लागेको हो ।
कतिपय निजी अस्पतालले कोरोनाको परीक्षण र उपचार गर्न नमानेको गुनासो आइरहेका बेला सरकारको सो निर्णयपछि सबै अस्पताल महामारीका समयमा ती सेवा दिन बाध्यकारी हुनेछन् ।
मन्त्रिपरिषद्को यही भदौ ४ गतेको दोस्रो बैठकका निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता डा युवराज खतिवडाले यस कार्यमा असहयोग र बाधा विरोध गर्ने जो कोहीलाई प्रचलित कानूनबमोजिम कारबाही गरिने निर्णय पनि भएको बताए ।
स्वास्थ्य मन्त्रालयले काठमाडौँ उपत्यकामा रहेका सरकारी अस्पताल, आवश्यकतानुसार अन्य निजी, सामुदायिक एवं शिक्षण अस्पताल र स्वास्थ्य प्रतिष्ठानसमेतलाई प्रयोगमा ल्याई हाललाई कम्तीमा छ हजार शैय्याको आइसोलेशन स्थल प्रबन्ध गर्ने र यसलाई आवश्यकतानुसार थप्दै काठमाडौँ उपत्यकाबाहेक अन्य जिल्लामा प्रदेश सरकारले प्रबन्ध गरिनेछ । आइसोलेशन स्थलको सुरक्षा नेपाली सेनाले गर्नेछ ।