नेपाली कांग्रेसका नेता गगन थापाले रौतहटमा गरिएको पुजारीका ह’त्या सम्बन्धमा छिटो अनुसन्धान गरी दो’षीलाई कारबाहीको माग गरेका छन् । उनले सामाजिक सञ्जाल ट्विटरमार्फत तीन दिनअघि रौतहटको माधवनारायण नगरपालिका–२ खेसहरिया टोलको हनुमान मन्दिरका पुजारी श्रीराम साहको अज्ञात समूहले गो’ली हा’नी ह’त्या गरेको विषयमा छिटोअनुसन्धान गरी कारबाही गर्न माग गरेका हुन् ।
पुजारीमाथि मन्दिरमा रोटी खाइरहेका बेला उनीमाथि गो’ली प्र’हार भएको थियो । पुजारीको ह’त्या हुँदा एक शब्द नबोलेको भन्दै गगनको आ’लोचना भइरहेका बेला शनिवार विहान ट्वीटरमार्फत पुजारीका ह’त्या’रामाथि का’रवाही गर्न सरकारसँग माग गरेका हुन् । नेता थापाले नेपाल प्रहरीसँग घ’टनाको अनुसन्धानबारे पनि जानकारी समेत माग गरेका छन् ।
रौतहटको माधवनारायण नगरपालिका–२ खेसहरिया टोलकाे हनुमान मन्दिरका पुजारी श्रीराम साहको गोली हानि हत्या गरेको तीन दिन वितिसकेको छ। @nepalpoliceHq घटनाको अनुसन्धान के भइरहेको छ ?अनुसन्धानमा विलम्ब नगर्न र सत्य तथ्य छानबिन गरी दोषीलाई शीघ्र कानूनी कारबाही गर्न सरकारसंग आग्रह गर्दछु।
— Gagan Thapa (@thapagk) August 22, 2020
यो पनि पढ्नुस्
सरकारले सरकारी र सार्वजनिक अस्पतालका अतिरिक्त जुनसुकै स्वास्थ्य प्रतिष्ठान र निजी अस्पतालबाट समेत कोभिड –१९ को रोकथाम र उपचार सेवा सञ्चालन गराउने भएको छ ।
सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि कोरोना भाइरसको लक्षण भएका र अस्पताल भर्ना गरी उपचार गर्नुपर्ने अवस्थाका बिरामीको उपचारका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आवश्यकतानुसार शिक्षण अस्पताल, निजी अस्पताल, सहकारी अस्पताल, गैरनाफामूलक सामुदायिक अस्पतालसमेतबाट सेवा सञ्चालन गराउन लागेको हो ।
कतिपय निजी अस्पतालले कोरोनाको परीक्षण र उपचार गर्न नमानेको गुनासो आइरहेका बेला सरकारको सो निर्णयपछि सबै अस्पताल महामारीका समयमा ती सेवा दिन बाध्यकारी हुनेछन् ।
मन्त्रिपरिषद्को यही भदौ ४ गतेको दोस्रो बैठकका निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता डा युवराज खतिवडाले यस कार्यमा असहयोग र बाधा विरोध गर्ने जो कोहीलाई प्रचलित कानूनबमोजिम कारबाही गरिने निर्णय पनि भएको बताए ।
स्वास्थ्य मन्त्रालयले काठमाडौँ उपत्यकामा रहेका सरकारी अस्पताल, आवश्यकतानुसार अन्य निजी, सामुदायिक एवं शिक्षण अस्पताल र स्वास्थ्य प्रतिष्ठानसमेतलाई प्रयोगमा ल्याई हाललाई कम्तीमा छ हजार शैय्याको आइसोलेशन स्थल प्रबन्ध गर्ने र यसलाई आवश्यकतानुसार थप्दै काठमाडौँ उपत्यकाबाहेक अन्य जिल्लामा प्रदेश सरकारले प्रबन्ध गरिनेछ । आइसोलेशन स्थलको सुरक्षा नेपाली सेनाले गर्नेछ ।