चर्चित गायक प्रमोद खरेलको स्वर रहेको नयाँ गीतको म्युजिक भिडियो ‘घिटी घिटी’ सार्वजनिक भएको छ । भीम बिसीको संगीत, टीका खड्काको शब्द रहेको गीतका एरेन्जर नरेन्द्र बियोगी हुन् । प्रथम क्षत्री र कुसुम गुरुङको अभिनय रहेको भिडियोको कथा, कोरियोग्राफी र निर्देशन समेत प्रथम क्षत्रीले नै गरेका हुन् ।
फिल्म अभिनय, म्युजिक भिडियो मोडलिङ, निर्देशन, कोरियोग्राफीमा आफुलाई अब्बल साबित गर्दै अगाडि बढेका प्रथमको यो म्युजिक भिडियो र अभिनय दुबै प्रसंसनीय छन् । स्लोमोसन पिक्चर्सको ब्यानरमा बनेको भिडियोका लाइन प्रोडुसर हरि क्षत्री, भीम केसी ‘कमल’ हुन् भने निर्माता राजेन्द्र खड्का रहेका छन् ।
भिडियोको प्रोडक्सन कन्ट्रोलर चन्द्र शम्शेर केसी हुन् भने नवराज उप्रेतीको छायाँकन र अनन्त घिमिरेको सम्पादन रहेको छ । गीतको भिडियोमा मायालुसँगै जिउने सपना देखेका प्रेमीले प्रेमीको आ’त्मह’त्यापछि आफ्नो जीवन घिटी घिटी सास मात्र अड्काएको थिम उठाइएको छ । एउटा थिएटर भित्र पुरै म्युजिक भिडियो सकिएको छ ।
हेर्नुस् भिडियो :
यो पनि पढ्नुस्
सरकारले सरकारी र सार्वजनिक अस्पतालका अतिरिक्त जुनसुकै स्वास्थ्य प्रतिष्ठान र निजी अस्पतालबाट समेत कोभिड –१९ को रोकथाम र उपचार सेवा सञ्चालन गराउने भएको छ ।
सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि कोरोना भाइरसको लक्षण भएका र अस्पताल भर्ना गरी उपचार गर्नुपर्ने अवस्थाका बिरामीको उपचारका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आवश्यकतानुसार शिक्षण अस्पताल, निजी अस्पताल, सहकारी अस्पताल, गैरनाफामूलक सामुदायिक अस्पतालसमेतबाट सेवा सञ्चालन गराउन लागेको हो ।
कतिपय निजी अस्पतालले कोरोनाको परीक्षण र उपचार गर्न नमानेको गुनासो आइरहेका बेला सरकारको सो निर्णयपछि सबै अस्पताल महामारीका समयमा ती सेवा दिन बाध्यकारी हुनेछन् ।
मन्त्रिपरिषद्को यही भदौ ४ गतेको दोस्रो बैठकका निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता डा युवराज खतिवडाले यस कार्यमा असहयोग र बाधा विरोध गर्ने जो कोहीलाई प्रचलित कानूनबमोजिम कारबाही गरिने निर्णय पनि भएको बताए ।
स्वास्थ्य मन्त्रालयले काठमाडौँ उपत्यकामा रहेका सरकारी अस्पताल, आवश्यकतानुसार अन्य निजी, सामुदायिक एवं शिक्षण अस्पताल र स्वास्थ्य प्रतिष्ठानसमेतलाई प्रयोगमा ल्याई हाललाई कम्तीमा छ हजार शैय्याको आइसोलेशन स्थल प्रबन्ध गर्ने र यसलाई आवश्यकतानुसार थप्दै काठमाडौँ उपत्यकाबाहेक अन्य जिल्लामा प्रदेश सरकारले प्रबन्ध गरिनेछ । आइसोलेशन स्थलको सुरक्षा नेपाली सेनाले गर्नेछ ।