नेपालमा आज थप ८ सय १८ जनामा कोरोना भाइरस (कोभिड १९) को सं’क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ८ सय १८ सं’क्रमित थपिएसंगै नेपालमा सं’क्रमितको कुल संख्या ३१ हजार ९ सय ३५ पुगेको छ ।
कोरोना सं’क्रमण निको भएर १८ हजार ६३१ जना घर फर्किएका छन् । देशभर ३ हजार ९ सय ४३ जना होम आइसोलेसनमा बसेका छन् ।
यो पनि पढ्नुस्
निर्देशक तथा कलाकार दीपाश्री निरौलाको आज जन्मदिन परेको छ । दीपाले आफ्नो जन्मदिनको अवसरमा दर्शकसँग हात जोडेर माफी मागेकी छिन् । ‘महानायक’ वि’वादपछि जन्मदिनको अवसरमा फेसबुकमा लाईभ आएर भिडियोमार्फत उनले हात जोड्दै आफ्नो अभिव्यक्तिले दर्शकहरु सबैको मन दुखेको र आफ्नै दिदीबहिनी संझिएर माफी दिन आग्रह गरेकी छिन् । उनले भनिन्, ‘मेरो अभिव्यक्तिले तपाइहरु सबैको मन दुखेको छ । कृपया, आफ्नै दिदीबहिनी संझिएर माफी दिनुहोला ।’
दीपाले समस्याबाट भाग्न भन्दा पनि समस्यालाई व्यवस्थापन गर्नु ठूलो कुरा रहेको बताउँदै आफ्नो ३० बर्ष लामो कलाकारिताको दौरानमा आधी समय पीडादायी नै भएको बताएकी छिन् । हाँस्य सिरियल ‘तितो सत्य’ रिलिज भएपछि मात्र आफूले पछाडि फर्किएर हेर्नु नपरेको उनको भनाई छ ।
उनले, आफूले सिरियल र चलचित्र निर्माणबाट दर्शकको धेरै माया पाएपनि व्यक्तित्व विकासमा भने आफ्ना धेरै कमजोरी रहेको स्विकारेकी छिन् । आफुले मिडियामा कसरी बोल्ने, शिष्ट, सरल कसरी हुने, चलाखीपूर्ण रुपमा कसरी उत्तर दिने भन्ने बिषयमा कमजोरी रहेको बताउदै यसले शिक्षा दिएको पनि बताएकी छिन् ।
उनले अन्तरवार्ता दिने क्रममा आफूले ३ वटा गल्ती गरेको बताएकी छिन् । उनले भनिन्–‘पहिलो गल्ती त म अन्तरवार्तामा जानु नै थियो । दोश्रो गल्ती मलाई यस्ता यस्ता प्रश्नहरु सोधिए कि, मैले आफ्नो आवेगलाई रोक्न सकिनँ । र तेश्रो गल्ती म एक कलाकार भएर अर्को सिनियर कलाकारको बारेमा टिप्पणी गर्न पुगेँ ।’
दीपाले सफलतासँगै गा’ली आफूहरुको भाग्यमा जोडिएर आएको पनि उल्लेख गरेकी छिन् । उनले भनिन्–’यो घ’टनामा मेरो साथी दिपकराज गिरीलाई पनि महानायक भनेर ट्रोल बनाइयो । जबकी, उनले मलाई तिमीले राजेश हमालको बारेमा गलत बोल्यौं भनेर भनेका थिए । मलाई, दिपकलाई मात्र नभएर हाम्रो टिमलाई नै गाली गलौज गर्ने काम भयो । हाम्रो टिममा नै सं’कट आयो । मलाई आत्मग्लानी भैरहेको छ ।’
दीपाले सबैको मायाले आफू मेरो उठ्न सकेको पनि बताएकी छिन् । उनले जन्मदिनको अवसरमा अबदेखि यस्तो गल्ती नदोहोर्याउने, आफ्नो व्यक्तित्व विकासमा पनि समय खर्चिने र राम्रो चलचित्र बनाएर दर्शकमाझ पस्कने प्रण गरेकी छिन् ।