बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा प्लाज्मा थेरापी मार्फत उपचार गरिएका एक कोरोना सं’क्रमितको मृ’त्यु भएको छ । धरान उपमहानगरपालिका– ८ का ६८ वर्षका कोरोना सं’क्रमितको आइतबार बेलुका साढे ६ बजे मृ’त्यु भएको हो ।
ती बृद्ध गत साउन ३० गते अस्पतालमा भर्ना भएका थिए । उनको त्यसअघि नै कोरोना सं’क्रमण पुष्टि भएको थियो । श्वासप्रश्वास र अन्य समस्याका कारण अवस्था गम्भीर बनेपछि उनको प्लाज्मा थेरापी विधिबाट उपचार गरिएको थियो ।
धरानमा दुई कोरोना सं’क्रमितको प्लाज्मा थेरापी मार्फत उपचार गरिएको मध्ये अर्काकाे अवस्था सामान्य भइसकेकाे बताइएकाे छ । उनको मृ’त्यु भएसँगै प्रदेश १ मा कोरोना सं’क्रमणबाट ज्या’न जानेको संख्या १६ पुगेको छ । जसमा सुनसरीका मात्रै ३ जना रहेका छन् । त्यस्तै मोरङका १३ जना रहेका छन् ।
यो पनि पढ्नुस्
निर्देशक तथा कलाकार दीपाश्री निरौलाको आज जन्मदिन परेको छ । दीपाले आफ्नो जन्मदिनको अवसरमा दर्शकसँग हात जोडेर माफी मागेकी छिन् । ‘महानायक’ वि’वादपछि जन्मदिनको अवसरमा फेसबुकमा लाईभ आएर भिडियोमार्फत उनले हात जोड्दै आफ्नो अभिव्यक्तिले दर्शकहरु सबैको मन दुखेको र आफ्नै दिदीबहिनी संझिएर माफी दिन आग्रह गरेकी छिन् । उनले भनिन्, ‘मेरो अभिव्यक्तिले तपाइहरु सबैको मन दुखेको छ । कृपया, आफ्नै दिदीबहिनी संझिएर माफी दिनुहोला ।’
दीपाले समस्याबाट भाग्न भन्दा पनि समस्यालाई व्यवस्थापन गर्नु ठूलो कुरा रहेको बताउँदै आफ्नो ३० बर्ष लामो कलाकारिताको दौरानमा आधी समय पीडादायी नै भएको बताएकी छिन् । हाँस्य सिरियल ‘तितो सत्य’ रिलिज भएपछि मात्र आफूले पछाडि फर्किएर हेर्नु नपरेको उनको भनाई छ ।
उनले, आफूले सिरियल र चलचित्र निर्माणबाट दर्शकको धेरै माया पाएपनि व्यक्तित्व विकासमा भने आफ्ना धेरै कमजोरी रहेको स्विकारेकी छिन् । आफुले मिडियामा कसरी बोल्ने, शिष्ट, सरल कसरी हुने, चलाखीपूर्ण रुपमा कसरी उत्तर दिने भन्ने बिषयमा कमजोरी रहेको बताउदै यसले शिक्षा दिएको पनि बताएकी छिन् ।
उनले अन्तरवार्ता दिने क्रममा आफूले ३ वटा गल्ती गरेको बताएकी छिन् । उनले भनिन्–‘पहिलो गल्ती त म अन्तरवार्तामा जानु नै थियो । दोश्रो गल्ती मलाई यस्ता यस्ता प्रश्नहरु सोधिए कि, मैले आफ्नो आवेगलाई रोक्न सकिनँ । र तेश्रो गल्ती म एक कलाकार भएर अर्को सिनियर कलाकारको बारेमा टिप्पणी गर्न पुगेँ ।’
दीपाले सफलतासँगै गा’ली आफूहरुको भाग्यमा जोडिएर आएको पनि उल्लेख गरेकी छिन् । उनले भनिन्–’यो घ’टनामा मेरो साथी दिपकराज गिरीलाई पनि महानायक भनेर ट्रोल बनाइयो । जबकी, उनले मलाई तिमीले राजेश हमालको बारेमा गलत बोल्यौं भनेर भनेका थिए । मलाई, दिपकलाई मात्र नभएर हाम्रो टिमलाई नै गाली गलौज गर्ने काम भयो । हाम्रो टिममा नै सं’कट आयो । मलाई आत्मग्लानी भैरहेको छ ।’
दीपाले सबैको मायाले आफू मेरो उठ्न सकेको पनि बताएकी छिन् । उनले जन्मदिनको अवसरमा अबदेखि यस्तो गल्ती नदोहोर्याउने, आफ्नो व्यक्तित्व विकासमा पनि समय खर्चिने र राम्रो चलचित्र बनाएर दर्शकमाझ पस्कने प्रण गरेकी छिन् ।