विश्वविद्यालयहरूले रोकिएका परीक्षा वैकल्पिक माध्यमबाट भए पनि दसैंअघि नै सञ्चालन गर्ने जनाएका छन् । उपकुलपतिहरूले परम्परागत सहित अनलाइन र अन्य माध्यम प्रयोग गरेर परीक्षा सञ्चालन गर्ने बताएका हुन् । कोरोना सं’क्रमण घट्दै गए अनलाइनसहित अन्य विधिबाट भए पनि परीक्षा सञ्चालन गरिने उनीहरूले जानकारी दिएका छन् ।
उपकुलपतिहरूका अनुसार असोजभित्रै वैकल्पिक विधिबाट परीक्षा सञ्चालन गर्न गृहकार्य भइरहेको छ । राष्ट्रिय युवा परिषद्ले सोमबार गरेको भर्चुअल छलफलमा उपकुलपतिहरूले पठनपाठन र परीक्षालाई वैकल्पिक माध्यमबाट सञ्चालन गर्न नसके शैक्षिक सत्र नै नाश हुने बताएका छन् । वैकल्पिक विधिलाई नै मूलधारको शिक्षा बनाउनुपर्ने उनीहरूको जोड थियो ।
सबैभन्दा धेरै विद्यार्थी अध्ययन गर्ने त्रिभुवन विश्वविद्यालयले चार मोडलबाट परीक्षा सञ्चालन गर्ने योजना अघि बढाएको उपकुलपति धर्मकान्त बाँस्कोटाले जनाए । अवस्था अनुसार अनलाइन, आन्तरिक मूल्यांकन, ओपन बुक र परम्परागत विधिबाट परीक्षा सञ्चालन गरिने उनले जनाएका छन् । वैकल्पिक माध्यमबाटै पठनपाठन र परीक्षा लगायत शैक्षिक गतिविधि अघि बढाउन विद्यार्थीलाई क्याम्पस र विभागको सम्पर्कमा आउन त्रिविले सर्कुलर गरेको छ । याे खबर कान्तिपुर दैनिकमा छ ।
यो पनि पढ्नुस्
बन्दाबन्दी खुलेपछि देशव्यापी रूपमा तीव्र गतिमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) स’ङ्क्रमितको सङ्ख्या अझै बढ्दो क्रममा रहेको छ । बन्दाबन्दी अघिसम्म काठमाडौंँ उपत्यकामा लगभग शून्यको अवस्थामा रहेको कोरोना पछिल्ला केही दिनमै दुई सयभन्दा बढीको सङ्ख्यामा बढेको छ । सोमबार मात्र उपत्यकामा कोरोना स’ङ्क्रमितको सङ्ख्या २२४ पुगेको छ । एकै दिनमा उपत्यकामा बढेको यो उच्च सङ्ख्या हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सोमबार उपत्यकामा थप २२४ जनामा कोरोना स’ङ्क्रमण देखिएको छ । तीमध्ये काठमाडौँमा १७७, ललितपुरमा ३३ र भक्तपुरमा १४ जना नयाँ स’ङ्क्रमित पुष्टि भएका छन् ।
मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले उपत्यकामा स’ङ्क्रमितको सङ्ख्या बढ्दै गएकाले सरोकार निकाय र नागरिक तहमा उच्च सतर्कता आवश्यक भएको बताए । उनले यही अवस्थामा स’ङ्क्रमितको सङ्ख्या बढ्दै गए समुदायमा फैलने र उपचारमा समेत कठिन हुनेछ भने।
उनले उपत्यकासहित नेपालमा भने ७४३ जनामा कोरोना भाइरस स’ङ्क्रमण पुष्टि भएको जानकारी दिए । देशका विभिन्न प्रयोगशालामा १० हजार २४३ जनाको पीसीआर परीक्षणका क्रममा ७४३ जनामा कोरोना भाइरस स’ङ्क्रमण पोजेटिभ देखिएको हो । तीमध्ये २४६ महिला र ४९७ पुरुष छन् ।
नेपालमा कुल स’ङ्क्रमितको सङ्ख्या ३२ हजार ६७८ पुगेको छ । प्रवक्ता गौतमले देशभर ११ हजार २७५ जना क्वारेन्टाइनमा रहेको बताए । त्यसैगरी होम क्वारेन्टाइनमा चार हजार ५६१ जना छन् । विभिन्न अस्पतालका आइसोलेसनमा नौ हजार १५४ जना स’ङ्क्रमित उपचाररत छन् ।
प्रवक्ता डा. गौतमले पछिल्लो २४ घण्टामा नेपालमा थप आठ जना कोरोना स’ङ्क्रमितको मृ’त्यु भएको जानकारी दिए । उनले काठमाडौँमा ४८ वर्षीया एक महिलासहित आठको मृ’त्यु भएको बताए ।
यस्तै सुनसरीका ६७ वर्षीय पुरुष, मोरङका ६५ वर्षीय पुरुष, पर्साकी ७१ वर्षीया महिला र रुपन्देहीमा ६७ वर्षीया महिला र ३८, ५३, ५४ वर्षीय पुरुष गरी आठ स’ङ्क्रमितको मृ’त्यु भएको हो । योसहित नेपालमा कोरोनाबाट मृ’त्यु हुनेको सङ्ख्या १५७ पुगेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।