नेपाली कांग्रेस नेता गोविन्द रञ्जितको कोरोना भाइरस सं’क्रमणबाट मृ’त्यु भएको छ । सशस्त्र प्रहरी अस्पताल, बलम्बुमा उपचारका क्रममा मंगलबार (आज) उनको मृ’त्यु भएको अस्पतालले जनाएको छ ।
काठमाडौं महानगरपालिका-२१ का सभापति ६७ वर्षीय रञ्जितको मंगलबार दिउँसो १२ बजेर १७ मिनेट जाँदा मृ’त्यु भएको हो । कोरोना पुष्टि भएसँगै गत साउन ३२ गते उनलाई अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो ।
उनको स्वास्थ्यमा थप समस्या भएपछि भेन्टिलेटरमा उपचार भइरहेको थियो । कोरोना सं’क्रमणबाट उनको नि’धनप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दुःख व्यक्त गरेका छन् ।
यो पनि पढ्नुस्
बन्दाबन्दी खुलेपछि देशव्यापी रूपमा तीव्र गतिमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) स’ङ्क्रमितको सङ्ख्या अझै बढ्दो क्रममा रहेको छ । बन्दाबन्दी अघिसम्म काठमाडौंँ उपत्यकामा लगभग शून्यको अवस्थामा रहेको कोरोना पछिल्ला केही दिनमै दुई सयभन्दा बढीको सङ्ख्यामा बढेको छ । सोमबार मात्र उपत्यकामा कोरोना स’ङ्क्रमितको सङ्ख्या २२४ पुगेको छ । एकै दिनमा उपत्यकामा बढेको यो उच्च सङ्ख्या हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सोमबार उपत्यकामा थप २२४ जनामा कोरोना स’ङ्क्रमण देखिएको छ । तीमध्ये काठमाडौँमा १७७, ललितपुरमा ३३ र भक्तपुरमा १४ जना नयाँ स’ङ्क्रमित पुष्टि भएका छन् ।
मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले उपत्यकामा स’ङ्क्रमितको सङ्ख्या बढ्दै गएकाले सरोकार निकाय र नागरिक तहमा उच्च सतर्कता आवश्यक भएको बताए । उनले यही अवस्थामा स’ङ्क्रमितको सङ्ख्या बढ्दै गए समुदायमा फैलने र उपचारमा समेत कठिन हुनेछ भने।
उनले उपत्यकासहित नेपालमा भने ७४३ जनामा कोरोना भाइरस स’ङ्क्रमण पुष्टि भएको जानकारी दिए । देशका विभिन्न प्रयोगशालामा १० हजार २४३ जनाको पीसीआर परीक्षणका क्रममा ७४३ जनामा कोरोना भाइरस स’ङ्क्रमण पोजेटिभ देखिएको हो । तीमध्ये २४६ महिला र ४९७ पुरुष छन् ।
नेपालमा कुल स’ङ्क्रमितको सङ्ख्या ३२ हजार ६७८ पुगेको छ । प्रवक्ता गौतमले देशभर ११ हजार २७५ जना क्वारेन्टाइनमा रहेको बताए । त्यसैगरी होम क्वारेन्टाइनमा चार हजार ५६१ जना छन् । विभिन्न अस्पतालका आइसोलेसनमा नौ हजार १५४ जना स’ङ्क्रमित उपचाररत छन् ।
प्रवक्ता डा. गौतमले पछिल्लो २४ घण्टामा नेपालमा थप आठ जना कोरोना स’ङ्क्रमितको मृ’त्यु भएको जानकारी दिए । उनले काठमाडौँमा ४८ वर्षीया एक महिलासहित आठको मृ’त्यु भएको बताए ।
यस्तै सुनसरीका ६७ वर्षीय पुरुष, मोरङका ६५ वर्षीय पुरुष, पर्साकी ७१ वर्षीया महिला र रुपन्देहीमा ६७ वर्षीया महिला र ३८, ५३, ५४ वर्षीय पुरुष गरी आठ स’ङ्क्रमितको मृ’त्यु भएको हो । योसहित नेपालमा कोरोनाबाट मृ’त्यु हुनेको सङ्ख्या १५७ पुगेको छ ।