काठमाडौं उपत्यकाका तीन वटै जिल्लाका जिल्ला संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) ले जारी निषेधाज्ञालाई भदौ १७ गते राति १२ बजेसम्म लम्ब्याउन सिफारिस गरेको छ । मंगलबार(आज) बसेको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले जारी निषेधाज्ञालाई थप एक साता लम्ब्याउन सिफारिस गरेको हो ।
उक्त सिफारिसलाई तीनै जिल्लाका सुरक्षा समितिलेसमेत अनुमोदन गरिसकेको जानकारी गराइएको छ । अब गृह मन्त्रलाय र प्रधानमन्त्री कार्यालयबाट आवश्यक राय सुझाव लिएर प्रशासन कार्यालयहरुले निर्णय गर्ने तयारी गरेको पनि बताइएको छ । यही भदौ ३ गतेदेखि १० गते मध्यरातिसम्म काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी निषेधाज्ञा भोलि राति १२ बजेदेखि सकिदैछ ।
यो पनि पढ्नुस्
नजिकिएको चाडबाडलाई मध्यनजर गर्दै सरकारले आन्तरिक उडान सुरु गर्ने तयारी थालेको छ । यद्यपी पहिलो चरणमा आन्तरिक उडान भने काठमाडौंबाट हिमाली र पहाडी भेगका विमानस्थलमा मात्र हुने भएको छ ।
सो प्रयोजनका लागि निजी क्षेत्रका वायुसेवा कम्पनीसँग छलफल थालिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले जानकारी दिए । चाडबाड आएका छन्, उडान त खोल्नु परिहाल्छ, मंगलबार मन्त्रालयमा आयोजित वार्षिक प्रगति सार्वजनिक कार्यक्रममा उनले भने, तर तराईमा तत्काल खुल्दैन ।
तराईका जिल्लामा बढ्दो कोरोना भाइरसको संक्रमणका कारण ती क्षेत्रमा रहेका विमानस्थलको उडान भने अहिले खुल्ने छैन । उडान खुल्ने या नखुल्ने सन्दर्भमा समेत मन्त्रालय आफैंले पनि निर्णय गर्न सक्दैन ।
सोहीकारण पहाड र हिमाली भेगका विमानस्थलमा उडान खोल्ने गरी आफूले मन्त्रिपरिषदमा प्रस्ताव लैजाने जानकारी उनले दिएका छन् । अन्तर्राष्ट्रिय उडान भने १६ भदौबाट खुल्नेछ ।
यस अगाडि मन्त्रालयले केही गन्तब्यमा चार्टर्ड उडानको तालिका सार्वजनिक गर्दैछ । नियमित उडानका लागि यसअघि नेपाल नागरिक उडड्यन प्राधिकरणमा उडानका लागि निवेदन दिएका १३ वटा कम्पनीलाई नै पहिलो चरणमा अनुमति मिल्नेछ ।
सरकारले पीसीआर परीक्षण सहज हुने मुलुकमा मात्र पहिलो चरणमा उडानको अनुमति दिनेछ । अन्य मुलुकमा भने चार्टर्ड जहाज पठाएर नेपालीको उद्धार हुनेछ । १५ भदौपछि अधिकतम् प्रतिदिन ५ सय जनाले नेपाल आउने अनुमति पाउनेछन् ।
परिस्थिति सामान्य बन्दै गएपछि यो संख्या क्रमशः बढाइने मन्त्री भट्टराईले जानकारी दिए । ठूलो माग र दवाव आएको छ, संख्या बढाउन, तर परिस्थिति हेरेर मात्र यसमा अर्को निर्णय हुन्छ, उनले भने । नेपालमा १० चैतबाट सबै प्रकारका व्यवसायिक उडान बन्द छन् ।