इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटका लागि दुबई पुगेको चेन्नई सुपर किङ्सका खेलाडीसहित १० जनामा कोरोना भाईरसको सं’क्रमण देखिएको छ । चेन्नाईको टोलीमा रहेका भारतीय राष्ट्रिय टोलीका केही सदस्यमा पनि कोरोना पोजिटिभ देखिएको इएसपीएन क्रिकइन्फोले जनाएको छ ।
चेन्नईका खेलाडी र स्टाफ गरी कम्तिमा १० जनामा कोरोना पोजेटिभ देखिएको हो । बिहीबार परीक्षण गरिएको र शुक्रबार आएको रिपोर्टमा १० जनामा कोरोना देखिएको हो । तर, यस बारेमा चेन्नईले भने औपचारिक रुपमा केहि बताएको छैन ।
ठुलो मात्रामा कोरोना देखिएपछि टिमका सबै सदस्य क्वारेन्टाइनमा बसेको बताईएको छ । चेन्नईको टिममा महेन्द्र सिंह धोनी, सुरेश रैना, अम्बाती रायडु, पियुस चावाला, दिपक चाहर लगायतका खेलाडी छन् ।
यो पनि पढ्नुस्
स’ङ्क्रमितको बढ्दै जाँदा काठमाडौँ उपत्यका प्रवेश गर्ने मुख्य नाकामा कडाइ गर्न स्थानीय तह व्यस्त छन् । साथै उनीहरूले प्रवेश नाका व्यवस्थित गर्न सुरक्षाकर्मीसँग समन्वय पनि गरिरहेका छन् ।
काठमाडौँ उपत्यकामा दिनहुँ स’ङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । काठमाडौँ उपत्यकामा निषेधाज्ञाले आवतजावतमा कमी आए पनि स्थानीय सरकारले सुरक्षाकर्मी र स्थानीय प्रशासनलाई आवश्यक सहजीकरण गर्ने काम गरिरहेका छन् ।
काठमाडौँ प्रवेश गर्ने मुख्य नाका जोडिएका सूर्यविनायक, दक्षिणकाली, चन्द्रागिरि, तारकेश्वर, शङ्खरापुर नगरपालिकाले आवश्यक सहजीकरण गरिरहेका ती नगरपालिकाले जनाएका छन् ।
कतै स्थानीय प्रशासनलाई सहजीकरण गर्ने काम भएका छन् भने कतिपय नगरपालिकाले आफैँ स्वयंसेवक परिचालन गरी आवतजावतमा कडाई गर्दै आएका छन् ।
केही नगरपालिकाले नाकामा स्वास्थ्य कक्ष (हेल्थ डेस्क) राखेर नाकामा खटिने प्रशासन र सुरक्षाकर्मीको नियमित स्वास्थ्य परीक्षण गरिरहेका छन् । यो समाचार आजको गोरखापत्र दैनिकमा नगेन्द्र सापकोटाले लेखेका छन् ।