ललितपुरस्थित पाटन अस्पतालमा उपचार गराइरहेका कोरोना सं’क्रमित पुरुषको मृ’त्यु भएको छ । कोरोना संक्रमण देखिएपछि साउन २८ गतेदेखि पाटन अस्पताल भर्ना भएका २९ वर्षीय युवकको उपचारका क्रममा शनिबार राति १० बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।
ललितपुर निवासी ती युवक गत साउन २८ गतेदेखि पाटन अस्पतालमा उपचाररत थिए । उनमा अन्य रोग थियो कि थिएन भन्ने कुरा जनस्वास्थ्य कार्यालयले खुलाएको छैन । साथै उनको ट्राभल हिस्ट्रीबारे पनि थाहा हुन सकेको छैन । शुक्रबार रातिदेखि शनिबार दिउँसोसम्ममा पाटन अस्पतालमा चार जना कोरोना सं’क्रमितको मृ’त्यु भएको थियो ।
यो पनि पढ्नुस्
अक्सफोर्ड विश्वविद्यालयका २ निकायले देशव्यापी रुपमा समुदायस्तरमा संक्रमण फैलिइरहे नेपालमा ८१ प्रतिशत जनसंख्यामा कोरोना लाग्ने प्रक्षेपण गरेका छन्। प्रक्षेपणअनुसार हो भने देशव्यापी समुदाय तहमा कोरोना फैलिए र समयमा उपचार नपाएको अवस्थामा सन् २०२० को अन्त्यसम्ममा ४९ हजार २ सय जनाको मृ’त्यु हुनेछ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नै पनि सुरुमा नेपालमा १४ हजार ८ सय ९८ जना कोरोना संक्रमित हुने प्रक्षेपण गरेको थियो। खराब अवस्था आए साउन २५ गतेसम्म ९१ हजार संक्रमित पुग्ने भनिएको थियो। जनस्वास्थ्य मापदण्ड अपनाए भदौ २ गतेसम्म ३९ हजार पुग्ने प्रक्षेपण मन्त्रालयले गरेको थियो।
नेपालमा पहिलो कोरोना संक्रमित निको भएको केही सातापछि संस्कृति, पर्यटन तथा नागरिक उड्डन मन्त्रालयले प्रक्षेपण गर्दै भन्यो, ‘मुलुकलाई कोरोना संक्रमणमुक्त राष्ट्र घोषणा गर्नुपर्छ। विभिन्न भाषामा प्रचार सामग्री तयार गरी पर्यटक भित्र्याउनुपर्छ।’
नेपालमा कोरोना भाइरस संक्रमणको अवस्था र गतिबारे राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रक्षेपण ‘हावादारी’ साबित भएका छन्। अक्सफोर्डको प्रक्षेपणअनुसार समुदायमा संक्रमण फैलिइरहेको अवस्थामा कोरोनाबाट झन्डै २ करोड ४० लाख जनसंख्या संक्रमित हुनेछन्। जुनदेखि सेप्टेम्बर (असार १७ देखि भदौ १५ गतेसम्म) प्रतिदिन ५० हजारदेखि ७५ हजारसम्म संक्रमित हुने प्रक्षेपणमा उल्लेख छ। जुलाईदेखि अक्टोबर (साउन १७ देखि कात्तिक १५ सम्म) संक्रमण उच्च बिन्दुमा पुग्ने जनाइएको छ।
स्वास्थ्य मन्त्रालयका पदाधिकारी भने नेपालमा सबै ठाउँमा कोरोना संक्रमण समुदाय तहमा फैलिनसकेको दाबी गर्छन्। कोरोना संक्रमण कतिपय ठाउँमा क्लस्टर (समूहमा) र तराईका कतिपय स्थानमा समुदाय उन्मुख रहेको मन्त्रालयले जनाएको छ । याे खबर अन्नपूर्ण पाेस्ट दैनिकमा छ ।