भक्तपुर नगरपालिका–१० कमलविनायकका कोभिड–१९ स’ङ्क्रमित एक पुरुषको घरमा नौ जनालाई घरभित्र राखेर वडाध्यक्षले ताल्चा लगाइदिएका छन्। करिव ४९ वर्षीय पुरुषमा गत बुधबार कोरोना भाइरस स’ङ्क्रमण पुष्टि भएपछि खरिपाटीस्थित विद्युत् प्राधिकरण तालिम केन्द्रको आइसोलेसनमा राखिएको थियो। यसपछि श्वासप्रश्वासमा समस्या आएपछि हाल उनीको पाटन अस्पतालमा उपचार भइरहेको छ भने परिवारलाई बाहिरबाट ताला लगाएर भित्रै राखिएको छ।
कोरोना स’ङ्क्रमित परिवारलाई होम आइसोलेसनमा राखेर जनप्रतिनिधिले आवश्यक परामर्श र सहयोग गर्नुपर्नेमा उल्टै भित्र राखेर बाहिरबाट ताल्चा मारिदिएपछि पी’डित परिवार थप मानसिक त’नावमा परेको स’ङ्क्रमितका परिवारले बताएका छन्।
वडाध्यक्षसहितको टोलीले स’ङ्क्रमित पुरुषकी आमासहित परिवारका चार जना र घरमा डेरागरी बस्ने पाँच जना गरी नौ जना घरभित्र नै राखेर घरको मूल ढोकामा ताल्चा लगाएर साँचो छिमेकीलाई दिइ केही परे छिमेकीलाई भन्नु भनेर गएको परिवारले जनाएका छन्।
घरमा बाहिरबाट ताल्चा मारिदिएपछि घरभित्र रहेका वृद्धवृद्धा र साना बालबालिका त्र’सित भएको बताउँदै वडाध्यक्ष र छिमेकीले पी’डामाथि पी’डा थपेको परिवारको गुनासो छ। भक्तपुर-१० का वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौमिखाले भने परिवारकै आग्रहमा ताल्चा मा’रेको दाबी गरेका छन्। भाडामा बस्ने बाहिर जाने आउने गर्दा छिमेकीमा स’ङ्क्रमण होला भनेर छिमेकी र परिवारले आग्रह गरेपछि ताल्चा मारेको उनको भनाइ छ।
अरु स’ङ्क्रमितको घरमा डोरीले बाध्ने र घर सि’ल गर्ने गरे पनि यस घरमा भने प्रहरी र छिमेकीको रोहबरमा ताल्चा मा’रेर केही परे छिमेकीलाई भन्नु भनेर साँचो छिमेकीलाई दिएको वडाध्यक्ष ह्यौमिखाले जानकारी दिए।
महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले स’ङ्क्रमितको प्रत्यक्ष सम्पर्कमा आएका व्यक्ति दुई साता होम आइसोलेशन बस्नुपर्ने र कन्ट्याक ट्रेसिङमा परेकाको सात दिनमा पिसिआर परीक्षण गर्दै आएको उल्लेख गरेका छन्।
कमलविनायकमा भने वडाध्यक्ष र छिमेकीले नै परिवारको सहमतिमा बाहिरबाट ताल्चा मा’र्न भनेपछि प्रहरी रोहवरमा बसेको जनाउँदै पीडितको निगरानी भने छिमेकी र जनप्रतिनिधिले गर्नुपर्ने बताए। रासस
यो पनि पढ्नुस
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोरोना महामारीका कारण शिक्षालय खोल्ने स्थिति नभएकाले वैकल्पिक प्रणालीको सिकाइलाई शैक्षिकसत्रका रुपमा मान्यता दिन आग्रह गरेका छन् । यस प्रक्रियामा अनिवार्य सहभागिताका लागि शिक्षक, अभिभावक र विद्यार्थीलाई उनले आह्यवान गरेका हुन् ।
मन्त्री पोखरेलले शुक्रबार भर्चुअलरुपमा आयोजित पत्रकार सम्मेलनमा बाध्यात्मक स्थितिमा घर नै शिक्षालय भन्ने मान्यताका साथ सबैका लागि वैकल्पिक प्रणालीबाट न्यूनतम् सिकाइको सुनिश्चितताका लागि अभियान सञ्चालन गरिने जानकारी दिए ।
घरमै बसेर इन्टरनेट, रेडियो, टेलिभिजन, शिक्षकसँग टेलिफोन सम्पर्कका माध्यमबाट र सूचना तथा प्रविधिको पहुँच नभएका शिक्षकले भौतिक दूरी कायम गरी सिकाइ प्रक्रियामा अमूल्य योगदान दिनुपर्ने बताएका छन् । उनले आजको मन्त्रिपरिषद्को बैठकमा यसबारे छलफल भएको तथा सूचना र सञ्चारको पहुँच भएका र नभएका विद्यार्थीको सिकाइ निरन्तरताका लागि कार्ययोजना ल्याउन निर्देशन दिएको समेत जानकारी दिए ।
उनले वैकल्पिक प्रणालीलाई शैक्षिकसत्रको मान्यता दिई पाठ्यक्रम समायोजनका लागि विश्वविद्यालय र सम्बन्धित निकायकाले काम गरिरहेको र स्थानीय तहले सिकाइको अनुुगमन गरी प्रभावकारिता कायम गर्नुुपर्ने उल्लेख गरे । मन्त्री पोखरेलले सबै शिक्षकको अनिवार्य कोरोना बीमा सुरु भएकाले चुनौतीको घडीमा कर्तव्यपालनमा विशेष ध्यान दिन आग्रह गरे ।
उनले गत जेठ १८ मा जारी गरिएको वैकल्पिक प्रणालीको सिकाइ सहजीकरण निर्देशिका २०७७ संशोधन गरी शैक्षिकसत्रका मान्यता र विद्यार्थी अभिलेखीकरण तथा तथ्याङ्क सङ्कलनको प्रक्रिया सुरु हुने जानकारी दिएका छन् । स्थानीय तहको अनुमतिमा निजी विद्यालयले वैकल्पिक सिकाइवापत् पनि शुल्क लिन सकिने उनले स्पष्ट पारे ।