गत बुधबार काभ्रेपलाञ्चोकस्थित नमोबुद्ध नगरपालिका वडा नं. ८ दाप्चामा आफ्नै जेठाजुले बञ्चरो प्र’हार गरी बुहारीको ह’त्या गरेका थिए । उक्त घ’टना सेलाउन नपाउदै धादिंमा अर्को अप्रिय घटना घटेको छ । धादिङमा बिहिबार राति एक जनाको ह’त्या भएको छ ।
ह’त्या हुनेमा निलकण्ठ नगरपालिका वडा नं १३ भोर्लेका अन्दाजी ६४ वर्षीय सोम बहादुर गुरुङ रहेका छन् । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार आपसी झ’गडामा स्थानीय २६ वर्षीय राजु परियारले धा’रिलो ह’तियार (खुर्पा) ले गुरुङको ह’त्या गरेका हुन् ।
ह’त्यापछि मृतक गुरुङ्गको टा’उको र खुर्पा समेत लिएर परियार जिल्ला प्रहरी कार्यालय धादिङमा आ’त्म स’मर्पण गरेको प्रहरीले बताएको छ । धादिङमा ह’त्या गरी मृ’तकको टाउको र खुर्पा सहित प्रहरी समक्ष आत्म समर्पण गरेको पहिलो घ’टना हो ।
गम्भीर खालको घ’टना भएकोले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घ’टनाबारे थप अनुसन्धान एवं श’व पो’स्टमा’र्टमको काम भैरहेको प्रहरीको भनाइ छ । थप भिडियोमा हेर्नुस् :
यो पनि पढ्नुस्
कोरोना महामारीका कारण स्वदेश तथा विदेशमा धेरैको रोजगारी गुमेको अवस्थामा केही श्रम गन्तव्य देशबाट नेपालीका लागि नयाँ माग आउन थालेको छ । त्यसै आधारमा नेपाल सरकारले श्रम स्वीकृति खुला गरेसँगै नेपालीका श्रम गन्तव्य देशका रोजगारदाता कम्पनीले १० देखि २० प्रतिशतसम्म नेपाली श्रमिकको माग आउने जनाएको छ ।
यता वैदेशिक रोजगार व्यवसायी कम्पनी (म्यानपावर)हरूले भने माग यसअघि नै आइसकेकाले सुरक्षित रूपमा विदेश पठाउन सक्नु अहिलेको चुनौती भएको बताउँदै आएका छन् ।
वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दाहालले नेपालका सबै श्रम गन्तव्य मुलुक कोभिड–१९ बाट प्रभावित भएकाले भर्खर ठूलो सङ्ख्यामा माग आउने सम्भावना नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “यसअघि आउने मागमा १० देखि २० प्रतिशतसम्म माग आउँछ कि भन्ने आशा हो । त्यो पनि पूर्ण रूपमा आश्वस्त हुने अवस्था छैन । श्रम गन्तव्य मुलुकको आर्थिक अवस्था कमजोर भएको छ । ”
अहिले मलेसिया, कतार, साउदी अरब, संयुक्त अरब इमिरेट्स (यूएई) कुवेत, ओमानलगायतका देशबाट भन्दा पनि युरोपेली देश माल्टा, रोमानिया, पोल्यान्डजस्ता देशबाट माग आउने सम्भावा देखिएको र ती देशले थोरै अनि दक्ष श्रमिकको माग गरे पनि दक्ष श्रमिकले राम्रो आम्दानी गर्नसक्ने भएकाले हाम्रो ती देशमै श्रमिक पठाउन बढी जोड रहेको महानिर्देशक दाहालको भनाइ छ ।
ती देशका रोजगारदाता नेपालबाट दक्ष श्रमिक लैजाने विषयमा सकारात्मक रहेको तर ती देशले यति सङ्ख्याका श्रमिक लिन्छन् भन्ने अवस्था भने नरहेको उहाँले स्पष्ट पार्नुभयो । यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।