कोरोना भाइरस सं’क्रमणका कारण वीरगन्जमा थप एक जनाको मृ’त्यु भएको छ । पर्साको पकाहामैनपुर गाँउपालिका-२ का ७५ वर्षीय सं’क्रमित पुरुषको शुक्रबार राति मृ’त्यु भएको हो ।
अस्थायी कोभिड अस्पताल गण्डकमा उपचारको क्रममा गएराति साढे ११ बजे उनको मृ’त्यु भएको गण्डक कोभिड अस्पतालका संयोजक डाक्टर उदय नारायण सिंहले जानकारी दिए ।
ती पुरुषमा कोरोना संक्रमण पुष्टि भएपछि उनलाई भदौ ५ गते गण्डकस्थित अस्थायी कोभिड अस्पतालमा भर्ना गरिएको थियो । उपचारका क्रममा उनको दुवै फोक्सोमा निमोनिया भएको थियो ।
स्वास्थ्यमा क्रमिक सुधार भइरहेको अवस्थामा अचानक स्वास फेर्न गाह्रो भएकोे र उपचारको क्रममा मृ’त्यु भएको डाक्टर सिंहले बताए । योसँगै वीरगञ्जमा कोरोना सं’क्रमणका कारण मृ’त्यु हुनेको संख्या ५६ पुगेको छ ।
यो पनि पढ्नुस्
विराटनगरका दुई कोरोना भाइरस सं’क्रमित महिलाको उपचारका क्रममा शुक्रबार साँझ मृ’त्यु भएको छ । एक जनाको विराटनगरस्थित कोशी अस्पताल र एक जनाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृ’त्यु भएको हो । शुक्रबार साँझ कोशी अस्पतालमा मृ’त्यु भएकी महिलाको शनिबार बिहान ८ बजेतिर कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।
विराटनगर महानगरपालिका–४ की ६४ वर्षीया महिलालाई ज्वरो, झाडापखाला र श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि शुक्रबार दिउँसो ३ बजेतिर कोशी अस्पताल लगिएको थियो ।
आइसोलेसनमा भर्ना गरेर उपचार थालिएकी उनको साँझ ७:३० बजेतिर मृ’त्यु भएको अस्पतालका वरिष्ठ फिजिसियन एवं आइसोलेसन संयोजक डा. लक्ष्मीनारायण यादवले जानकारी दिएका छन् ।
त्यस्तै, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा विराटनगर घर भएकी कोरोना सं’क्रमित एक जना महिलाको मृ’त्यु भएको छ । विराटनगर महानगरपालिका–११ की ४३ वर्षीया महिलाको शुक्रबार साँझ ६ः३० बजेतिर मृ’त्यु भएको अस्पतालले जनाएको छ ।
सं’क्रमित महिलामा पेट र छाती दुख्ने तथा श्वासप्रश्वासमा समस्या भएपछि विराटनगरको न्युरो अस्पतालले थप उपचारका लागि प्रतिष्ठान रेफर गरेको थियो । स्वाब संकलन गरेर प्रदेश १ जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणपछि ती महिलामा भदौ १७ गते कोरोना पुष्टि भएको थियो । कोरोना देखिएपछि न्युरोबाट रेफर गरिएकी महिलालाई भदौ १८ गते बिहीबार बिहानदेखि प्रतिष्ठानमा भर्ना गरेर उपचार थालिएको थियो ।