तीन हप्तादेखि जारी निषेधाज्ञाले फार्ममा तयारी अवस्थामा रहेका कुखुरा बजारसम्म नपुग्दा मासुको मूल्यमा गिरावट आएको छ। पोल्ट्रीको राजधानीका रुपमा परिचित चितवनबाट बाहिरी जिल्लासम्म कुखुरा निर्यात गर्न नसक्दा मासुको मूल्यमा गिरावट आएको हो। एक हप्ताअघि प्रतिकेजी खुद्रा रु ४ सय २० रहेको कुखुराको मासुको मूल्य अहिले रु २०० पुगेको छ।
कोरोना भाइरसको सङ्क्रमण तीव्र गतिमा बढ्दै गएपछि ५० भन्दा बढी जिल्लामा निषेधाज्ञा गरिएको छ। कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि लागू गरेको निषेधाज्ञाका कारण जिल्लाका मासु पसलहरु केही घण्टामात्र खुल्ने गरेका छन्। नेपाल कुखुरा व्यवसायी मञ्चका कार्यकारी अधिकृत शिवप्रसाद बरालले पोल्ट्री व्यवसाय अति संवेदनशील क्षेत्र भएकाले निर्बाधरुपमा सञ्चालन नहुँदा कृषक प्रत्यक्ष मारमा परेको बताए।
नेपाल ह्याचरी उद्योग सङ्घका केन्द्रीय अध्यक्ष टीकाराम पोखरेलले बजार खपतको अनुमान गरेर कुखुराको चल्ला हाल्ने गरे पनि मुख्य खपत हुने ठाउँ बन्द हुँदा समस्या उत्पन्न भएको बताए । समान्यतय ब्वायलर कुखुराको चल्ला कोरल्न २२ दिन लाग्छ। २२ दिनअघि गरेर अनुमान अहिले नमिल्दा कुखुराको उत्पादन बढी र खपत कम हुँदा मुख्यमा भारी गिरावट आएको उनको भनाइ छ।
निषेधाज्ञाको प्रभाव चल्ला उत्पादन गर्ने ह्याचरी पनि परेको छ। प्रतिहप्ता ४५ लाख चल्ला उत्पादन हुने यहाँ लकडाउनका कारण ३० लाख प्रतिहप्ता उत्पादन हुने गरेको छ। उत्पादन भएको चल्लामध्ये ५० प्रतिशतमात्र बिक्री हुने गरेको अध्यक्ष पोखरेल बताउँछन्। बाँकी चल्ला अहिले पनि मारेरै फाल्नुपर्ने अवस्था छ। लागत मुख्यको ५० प्रतिशत कममा पनि चल्ला बिक्री भएका छैनन्।
एउटा चल्लाको हालको मूल्य रु ३० छ भने लागत मूल्य रु ५६ पार्न आउने व्यवसायीहरु बताउँछन्। उपत्यकामा पाँच लाख केजी मासु खपत हुन्छ भने नेपालभर दैनिक १० लाख किलो मासु खपत हुने गर्दछ। यहाँबाट काठमाडौं, पोखरा र बुटवलमा कुखुरा निर्यात गर्ने गरिन्छ।
यो पनि पढ्नुस्
विराटनगरका दुई कोरोना भाइरस सं’क्रमित महिलाको उपचारका क्रममा शुक्रबार साँझ मृ’त्यु भएको छ । एक जनाको विराटनगरस्थित कोशी अस्पताल र एक जनाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृ’त्यु भएको हो । शुक्रबार साँझ कोशी अस्पतालमा मृ’त्यु भएकी महिलाको शनिबार बिहान ८ बजेतिर कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।
विराटनगर महानगरपालिका–४ की ६४ वर्षीया महिलालाई ज्वरो, झाडापखाला र श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि शुक्रबार दिउँसो ३ बजेतिर कोशी अस्पताल लगिएको थियो ।
आइसोलेसनमा भर्ना गरेर उपचार थालिएकी उनको साँझ ७:३० बजेतिर मृ’त्यु भएको अस्पतालका वरिष्ठ फिजिसियन एवं आइसोलेसन संयोजक डा. लक्ष्मीनारायण यादवले जानकारी दिएका छन् ।
त्यस्तै, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा विराटनगर घर भएकी कोरोना सं’क्रमित एक जना महिलाको मृ’त्यु भएको छ । विराटनगर महानगरपालिका–११ की ४३ वर्षीया महिलाको शुक्रबार साँझ ६ः३० बजेतिर मृ’त्यु भएको अस्पतालले जनाएको छ ।
सं’क्रमित महिलामा पेट र छाती दुख्ने तथा श्वासप्रश्वासमा समस्या भएपछि विराटनगरको न्युरो अस्पतालले थप उपचारका लागि प्रतिष्ठान रेफर गरेको थियो । स्वाब संकलन गरेर प्रदेश १ जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणपछि ती महिलामा भदौ १७ गते कोरोना पुष्टि भएको थियो । कोरोना देखिएपछि न्युरोबाट रेफर गरिएकी महिलालाई भदौ १८ गते बिहीबार बिहानदेखि प्रतिष्ठानमा भर्ना गरेर उपचार थालिएको थियो ।