काठमाडौं उपत्यकामा आज थप ४ सय ८ कोरोना सं’क्रमित फेला परेका छन् । जसमध्ये काठमाडौंमा मात्र ३ सय २६, भक्तपुरमा ४५ जना सं’क्रमित र ललितपुरमा ३७ सं’क्रमित थपिएका छन् ।
त्यस्तै, नेपालमा आज थप १०४१ जनामा कोरोना भाइरस (कोभिड-१९) को सं’क्रमण पुष्टि भएको छ । देशभरको प्रयोगशालामा १२ हजार ४७५ नमुना परीक्षण गर्दा ३४९ महिला र ६९२ पुरुषमा सं’क्रमण पुष्टि भएको हो ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार २४ घण्टामा ३४९ महिला र ६९२ पुरुष गरेर १०४१ जनामा सं’क्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार २४ घण्टामा १५ सय ६६ जना डिस्चार्ज भएका छन् ।
योसँगै कुल डिस्चार्ज हुनेको संख्या २७ हजार १२७ पुगेको छ । २४ घण्टामा कोरोनाले ९ जनाको मृ’त्यु भएको छ । योसँगै नेपालमा कोरोनाले मृ’त्यु हुनेको संख्या २८० पुगेको छ ।
यो पनि पढ्नुस्
तीन हप्तादेखि जारी निषेधाज्ञाले फार्ममा तयारी अवस्थामा रहेका कुखुरा बजारसम्म नपुग्दा मासुको मूल्यमा गिरावट आएको छ। पोल्ट्रीको राजधानीका रुपमा परिचित चितवनबाट बाहिरी जिल्लासम्म कुखुरा निर्यात गर्न नसक्दा मासुको मूल्यमा गिरावट आएको हो। एक हप्ताअघि प्रतिकेजी खुद्रा रु ४ सय २० रहेको कुखुराको मासुको मूल्य अहिले रु २०० पुगेको छ।
कोरोना भाइरसको सङ्क्रमण तीव्र गतिमा बढ्दै गएपछि ५० भन्दा बढी जिल्लामा निषेधाज्ञा गरिएको छ। कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि लागू गरेको निषेधाज्ञाका कारण जिल्लाका मासु पसलहरु केही घण्टामात्र खुल्ने गरेका छन्। नेपाल कुखुरा व्यवसायी मञ्चका कार्यकारी अधिकृत शिवप्रसाद बरालले पोल्ट्री व्यवसाय अति संवेदनशील क्षेत्र भएकाले निर्बाधरुपमा सञ्चालन नहुँदा कृषक प्रत्यक्ष मारमा परेको बताए।
नेपाल ह्याचरी उद्योग सङ्घका केन्द्रीय अध्यक्ष टीकाराम पोखरेलले बजार खपतको अनुमान गरेर कुखुराको चल्ला हाल्ने गरे पनि मुख्य खपत हुने ठाउँ बन्द हुँदा समस्या उत्पन्न भएको बताए । समान्यतय ब्वायलर कुखुराको चल्ला कोरल्न २२ दिन लाग्छ। २२ दिनअघि गरेर अनुमान अहिले नमिल्दा कुखुराको उत्पादन बढी र खपत कम हुँदा मुख्यमा भारी गिरावट आएको उनको भनाइ छ।
निषेधाज्ञाको प्रभाव चल्ला उत्पादन गर्ने ह्याचरी पनि परेको छ। प्रतिहप्ता ४५ लाख चल्ला उत्पादन हुने यहाँ लकडाउनका कारण ३० लाख प्रतिहप्ता उत्पादन हुने गरेको छ। उत्पादन भएको चल्लामध्ये ५० प्रतिशतमात्र बिक्री हुने गरेको अध्यक्ष पोखरेल बताउँछन्। बाँकी चल्ला अहिले पनि मारेरै फाल्नुपर्ने अवस्था छ। लागत मुख्यको ५० प्रतिशत कममा पनि चल्ला बिक्री भएका छैनन्।
एउटा चल्लाको हालको मूल्य रु ३० छ भने लागत मूल्य रु ५६ पार्न आउने व्यवसायीहरु बताउँछन्। उपत्यकामा पाँच लाख केजी मासु खपत हुन्छ भने नेपालभर दैनिक १० लाख किलो मासु खपत हुने गर्दछ। यहाँबाट काठमाडौं, पोखरा र बुटवलमा कुखुरा निर्यात गर्ने गरिन्छ।