ललितपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) नारायणप्रसाद भट्टले काठमाडौं उपत्यकामा दशैँसम्म निषेधाज्ञा जारी राख्नुपर्ने बताएका छन् । प्रतिनिधिसभाको शिक्षा समिति अन्तर्गतको उपसमितिमा आइतबार भएको बैठकमा प्रजिअ भट्टले केही सहजीकरण गरेर निषेधाज्ञा दशैंसम्म राख्नुपर्ने धारणा राखेका छन् ।
प्रजिअ भट्टले जात्रा, चाड पर्व जस्ता कुरा मानिसको भावनासँग जोडिएकोले त्योसमय झनै भीडभाड हुनसक्ने भन्दै दशैँको बेलासम्म निषेधाज्ञा कामय गरेर कोरोना भाइरस सं’क्रमणलाई रोक्नुपर्ने बताएका छन् । तिजको बेलामा निषेधाज्ञा गरेकै कारण कोरोना सं’क्रमण धेरै फैलिन नपाएको उनको भनाइ छ ।
उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले ४ भदौबाट निषेधाज्ञा जारी गरेका छन् । भदौ १७ गतेदेखि केही खुकुलो बनाएर थप गरिएको निषेधाज्ञा २४ गते सकिनेछ ।
यो पनि पढ्नुस्
बिहीबार विवाद भएपछि रोकिएको रातो मच्छिन्द्रनाथको रथ तान्ने कार्यक्रम आज दिउसो ३ बजेबाट सुरु गरिएको छ । ललितपुर प्रवेश गर्ने बालकुमारीदेखि बल्खुसम्मको सबै क्षेत्र सिल गरिएको छ । ललितपुरको पुल्चोकमा हुने कार्यक्रमका लागि महानगरीय प्रहरी परिसर, ललितपुरले कडा सुरक्षा व्यवस्था लागू गरेको छ ।
रथ तान्ने १६० जना, १२४ जना स्वयंसेवक, २८ जना बाजागाजा बजाउने समूह र ज्यापु समाजका विभिन्न पदाधिकारी १२२ जना गरी ४ सय ३४ जना भेला भएर रथ तानेका छन् ।रथ तान्न सहभागीले भौतिक दूरी कायम गरि रथ तानेका छन् । कार्यक्रम स्थलको चारैतिर प्रहरीको घेरा सहित सुरक्षा व्यवस्था कडा गरिएको छ भने निषेधित क्षेत्रमा सिमित संचारकर्मीहरुलाई मात्र प्रवेश गराईएको छ । ठाउँ ठाउँमा सशस्त्र प्रहरीसमेत परिचालन भएका छन् ।
रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा हुनसक्ने सम्भावित जोखिममलाई मध्यनजर गरी ललितपुर जिल्लामा स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा पारेको छ । ललितपुर महानगरपालिकाभित्र यही भदौ २६ गतेसम्म हुलदङ्गा वा अशान्ति गर्ने उद्देश्यले एकै ठाउँमा पाँच जनाभन्दा बढी मानिस जम्मा हुन नपाउने गरी आदेश जारी गरिएको छ भने उक्त आदेश उल्लङ्घन गरेमा कानूनबमोजिम कारबाही हुने जनाइएको छ ।
ललितपुर पुल्चोकमा कोरोनाको महामारीका बीच निषेधाज्ञा उलंघन गरी स्थानीयले मछिन्द्रनाथको रथ तान्न थालेपछि प्रहरी र स्थानीयबीच झ’डप भएपछि शुक्रबार राति १० बजेसम्मका लागि कर्फ्यु जारी गरिएको थियो ।
जिल्ला प्रशासन कार्यालय ललितपुरले बिहान ४ देखि राति १० बजेसम्म कर्फ्यू आदेश जारी भएको क्षेत्रभित्र भेला हुन, जु’लुश गर्ने जस्ता कार्य गर्न निषेध गरिएको छ भने यदि सोको अवज्ञा गरी कोही घरबाहिर निस्केमा सुरक्षकर्मीले गो’लीसमेत हान्न सक्ने सूचनामा जारि गरेको थियो । बाँकी पुरा भिडियोमा हेर्नुहोला :