नेपाली बजारमा आज मंगलबार सुन चाँदीको भाउमा गिरावट आएको छ । सोमबार ९६ हजार १ सयमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ३ सय रुपैयाँले घटेर ९५ हजार ८ सयमा झरेको छ ।
तेजावी सुन पनि आज तोलामा ३ सयले नै घटेर प्रतितोला ९५ हजार ३ सय रुपैयाँ कायम भएको छ । चाँदीको भाउ पनि आज तोलामा १० रुपैयाँले घटेर १३ सय १० रुपैयाँमा झरेको छ । ।
यो पनि पढ्नुस्
बाग्लुङ जिल्लाको ढोरपाटन नगरपालिका-९ मा यही भदौ १७ गते आएको बाढीले ठूलोमात्रामा जनधनको क्षति पुर्याएको छ । रातको समयमा बाढी आउँदा सुतेका स्थानीयवासीसँगै ढोरपाटनका आधा दर्जन गाउँ बगरमा परिणत भए । बाढीमा हालसम्म १७ जनाको मृ’त्यु भइसकेको छ भने अझै २१ बे’पत्ता छन् । हालसम्म फेला परेका श’वमध्ये १५ जनाको सनाखत भइसकेको छ ।
बाढी प्रभावित क्षेत्रमा १८ गते बिहानैदेखि खोज तथा उद्धारको काम हालसम्म भइरहेको छ तर बाढीको वि’तण्डा यतिसम्म देखियो कि मृ’तावस्थामा भेटिएका श’व क्ष’तवि’क्षत अवस्थामा भेटिए । फलस्वरुप परिवारले आफ्नै गुमाएका सन्तानको श’वसमेत ज’लाउन पाएनन् । अर्कैले ज’लाइदिए ।
जीवनभर आफ्नो सन्तानको माया नहुने बाबुआमा सायदै होलान् । आफूलाई बुढेसकालमा हेरविचार गरुन् भन्ने सोच्छन् र त्यो जिम्मेवारी पनि हुन्छ तर विधिको विडम्बना आफ्ना नौजवान छोरासहित परिवारका चार सदस्यसम्म बाढीको वि’पतमा सदाका लागि गु’माएका छन् । यो त दुःखान्त पी’डाको खबर थियो नै ।
यसमा अझ पी’डा त बाढीमा बे’पत्ता भएर ज्या’न गु’माएका आफ्नो दि’वङ्गत छोराको श’व अर्कैले जलाउँदा भएको छ । यो थाहा पाएपछि परिवारलाई कति पी’डा भएको होला ? बे’पत्ता भएको आफ्नो छोरालाई अर्कैले ज’लाउँदा बाबुआमाको मन कति दुखेको होला ? हामी त केवल अनुमानमात्रै गर्न सक्छौं ।
ढोरपाटनको बाढीमा बे’पत्ता भएका आफ्नो २२ वर्षीय छोरा नारायण विकको श’व घट्टबोटका बे’पत्ता ३१ वर्षीय प्रेम पुनको श’व भन्दै प्रहरीले आफन्तको जिम्मा लगायो । आफन्तले पनि नारायणको श’व प्रेमको ठानेर १९ गते फेला परेर सोही दिन बुर्तिवाङ घा’टमा ज’लाइयो ।
प्रेमका आफन्तले अर्कैको श’व ज’लाएर आएको भोलिपल्ट बिहान पुनः उनको सग्लो श’व फेला पारेपछि २० गते फेरि पुनको श’व बुर्तिवाङघा’टमै ज’लाइयो तर नारायणका परिवारले आफ्नो छोराको श’व भेटिँदासमेत दा’हसं’स्कार गर्न पाएनन् । भदौ १९ गते जलाइसकेको श’व आफ्नो छोरा भएको २० गते प्रेमको परिवारले दोस्रो दा’हसं’स्कार गरेपछि मात्रै आफूले थाहा पाएको नारायणका बुवा तुलबहादुर विकले बताए ।
‘प्रहरीले मलाई थाहै नदिई मेरो छोराको श’व अर्कैको भनेर बुझाइसकेर दा’हसं’स्कार भइसकेको रहेछ,’ तुलबहादुरले भने, ‘मेरो छोरालाई प्रेम पुनको श’व भनेर जलाएको भोलिपल्ट उनको श’व फेला पारेको रहेछ, मैले २० गतेमात्रै १९ गते प्रेम पुन भनेर ज’लाएको श’व मेरो छोरा नारायणको भएको पत्ता लगाएँ, असाध्यै दुःख लाग्यो ।’
आफ्नो छोरा नारयण र प्रेमको शरीर र उमेर मिल्दोजुल्दो भएका कारण प्रहरीले झुक्किएर प्रेमको आफन्तलाई जिम्मा लगाएको उनको भनाइ छ । भदौ १९ गते फेला परेको श’व एकपटक हेर्न पाएको भए चिन्ने अवस्था रहे पनि आफूलाई खबर नै नगरेको उनले बताए । ‘कसैले दुईपटकसम्म दा’हसं’स्कार गर्न पर्यो, आफ्नो छोरालाई अर्कैले ज’लाएछन्, मैले दा’हसं’स्कारै गर्न पाइनँ ।’
नारायणलाई १९ गते नै जलाएको २० गते थाहा पाएपछि कपाल मु’ण्डन गरेको उनको भनाइ छ । तुलबहादुरका छोरा नारायणसहित बुहारी, नातिनी र छोरीलाई समेत बाढीले बगाएर बे’पत्ता बनाएको छ । तीन जनाको अवस्था अझै अज्ञात रहँदा भेटिएको श’वसमेत देख्न नपाक्ष ज’लाइएकामा उनको दुखेसो छ ।
इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी इन्चार्ज प्रकाशसिंह भण्डारीका अनुसार फेला परेको श’व क्षतविक्षत भएकाले पहिचनामा समस्या भएको बताए । ‘१९ गते फेला परेको श’व ३१ वर्षीय प्रेम पुनको भएको पुनका आफन्तले भनेपछि हामीले दा’हसं’स्कार गर्नका लागि बुझायौं,’ भण्डारीले भने, ‘त्यसको भोलिपल्ट प्रेम पुनको सग्लो श’व फेला परेपछि बल्ल सनाखतमा समस्या भएको थाहा पाइयो ।’
प्रहरीका अनुसार सोमबारमात्रै नारयणका बुबा तुलबहादुरले ल्याएको तस्बिरका आधारमा १९ गते प्रेम पुन भनेर ज’लाइएको श’व नारायणको भएको सनाखत गरिएको छ । फेला पर्ने अधिकांश श’वको ढुङ्गाले थिचेको जस्तो हातखुट्टा चुँ’डिएका र अनुहार नचिनिने भएका कारण समस्या भएको प्रहरीको भनाइ छ । -रासस