कोरोना सं’क्रमितको संख्या नघटेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकामा जारी निषेधाज्ञा थप एक साता लम्ब्याउनु पर्ने सुझाव दिएको छ । अबको एक साता लकडाउन लम्ब्याए महामारी नियन्त्रण सहज हुने भन्दै स्वास्थ्य मन्त्रालयले एक साता लम्ब्याउने सुझाव दिएको हो ।
मन्त्रालयले उपत्यकामा अहिले पनि जोखिम नघटेको भन्दै जारी निषेधाज्ञालाई कम्तिमा एक साता निरन्तरता सुझाव दिएको हो । यसअघि मन्त्रालयले दुई सय बढी एक्टिभ केस भएका ठाउँमा लकडाउन र पाँच सय बढी एक्टिभ केस भएका ठाउँमा कर्फ्यु नै लगाउपर्ने मापदण्ड बनाएको थियो ।
उपत्यका नगरपालिका फोरमले भने उपत्यका प्रवेश गर्ने नाकामा कडाई गरी जनजीवन सहज बनाउन सुझाव दिएको छ । विगत तीन सातादेखि जारी लकडाउन आज राति १२ बजेदेखि सकिदै छ ।
यो पनि पढ्नुस्
मेलम्ची खानेपानी आयोजनाको पानी ल्याउन अझै तीन महिना लाग्ने भएको छ। काठमाडौं उपत्यकाको दशकौँ पुराना खानेपानीको समस्या हल गर्ने उपायका रुपमा सो आयोजनालाई लिइन्छ। आयोजनाको सुरुङमा रहेको गेटको फ्रेम परिवर्तन गर्न समय लाग्ने हुँदा तत्काल उपत्यकामा पानी आउने सम्भावना नभएको बताइएको छ। खानेपानी मन्त्रालयले गत आर्थिक वर्षमा असार मसान्तसम्म उपत्यकामा पानी झार्ने र पाइपको परीक्षण गर्ने लक्ष्य लिएको थियो।
अगामी दशैँसम्ममा उपत्यकावासीको घरघरमा पानी पुर्याउने लक्ष्य लिइएको भए पनि गत महिना भएको अकल्पनीय दु’र्घ’टनाले यसलाई तीन महिना पर धकेलेको मन्त्रालयले जनाएको छ। गत महिनामा सुरुङ परीक्षणका क्रममा गेट भत्किएर दु’र्घ’टना भएको थियो। खानेपानी मन्त्रालयका सहसचिव रमाकान्त दवाडीको संयोजकत्वमा भएको दु’र्घ’टना सम्बन्धी अध्ययन गर्न गठित समितिले गेटभित्रबाट हुनुपर्नेमा बाहिरबाट राखिएकाले दु’र्घ’टना भएको निष्कर्ष निकालेको थियो।
सोही आधारमा त्रुटि सच्चाउन लागिएको हो। मानवीय क्षतिसमेत हुने गरी भएको सो दु’र्घ’टनाको जिम्मेवारी परामर्शदाता र निर्माण व्यवसायीको रहेको छ। इटास कम्पनी परामर्शदाताका रुपमा रहेको थियो भने भारतीय कम्पनी पिआइएलले गेट निर्माण गरेको हो। आयोजनामा यस पहिले काम गरेको इटालियन कम्पनी सिएमसीले नै गेट निर्माण गर्न सो कम्पनीलाई लगाएको थियो। नेपाल सरकारसँग सिएमसीको ठेक्का रद्द भए पनि सोही कम्पनीले गेट निर्माणको बाँकी काम सम्पन्न गरेको थियो। समितिले गेटको फ्रेम नयाँ राख्नुपर्ने सुझाव दिएको छ।
भारतीय कम्पनी पिआइएल निर्माणस्थल आएर हेरेर गइसकेको छ। कम्पनीसँग नयाँ गेट बनाउने गरी आयोजनासँग सहमति भएको थियो। कम्पनीले फ्रेम बनाएर ल्याएपछि पनि त्यसको जडान गर्न समय लाग्ने बताएको खानेपानी मन्त्रालयका प्रवक्ता रितेशकुमार शाक्यले बताए। उनका अनुसार झण्डै २८ दिन फ्रेम त्यहाँ जोडिनका लागि समय लाग्नेछ।
उनले भने, ‘यसैका आधारमा पनि कात्तिक मङ्सिरभन्दा पहिले पानी परीक्षण गर्न नसकिने देखिएको छ।’ सो गेटभित्रबाट खोल्ने गरी जडान गर्ने डिजाइन भए पनि बाहिरबाट खोल्ने गरी जडान भएको पाइएको थियो। अब गेट त्यही रहने र फ्रेम मात्रै भत्काएर नयाँ जडान गरिनेछ। फ्रेम जडानका लागि सुरुङभित्र आवश्यक पर्ने संरचना निर्माणको कामसमेत अघि बढाइने भएको छ। सो फ्रेम र गेटको अध्ययनका लागि परामर्शदता कम्पनीले थप विज्ञ ल्याउने तयारी गरेपनि धेरै जिल्लामा जारी भएको निषेधाज्ञाका कारण उनीहरु आउन सकिरहेका छैनन्।
सुरुङमा गेटको फ्रेम परिवर्तन गरिने समयसम्ममा सुरुङमा पनि भेटिएका त्रुटि सच्चाउने काम अघि बढ्ने प्रवक्ता शाक्यले जानकारी दिए। परामर्शदाता कम्पनी र निर्माण कम्पनीकै त्रुटिका कारण सो दु’र्घ’टना भएकाले त्यसको क्षति पनि सम्बन्धित कम्पनीले नै बेहोर्ने मन्त्रालयले जनाएको छ। यसको जडानका लागि आयोजनाले रकम बेहोर्न नपर्ने बताइएको छ । त्यस्तै, सुरुङमा हाल निर्माणको काम गरिरहेको चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रो कम्पनीले पनि बिज्ञ ल्याउन खोजे पनि अहिलेको अवस्थाका कारण ल्याउन नसकेको उनले बताए।
सुरुङमा नयाँ गेट जडानका लागि तयारी भइरहँदा सिनो हाइड्रो कम्पनीले हेडबक्सको निर्माण पनि सँगसँगै अघि बढाएको छ। गत चैतमा बन्दाबन्दीको समयदेखि नै निर्माणको काम गरिरहेको छ। कोभिड-१९ का त्रा’सका कारण कतिपय कामदार फर्किए पनि सो कम्पनीले उपलब्ध जनशक्तिबाट काम अघि बढाइरहेको थियो। बन्दाबन्दीको समयमा स्थानीय तहको अवरोध र निर्माण सामग्रीको अभावलगायतका समस्या भएकाले निर्माणमा केही बाधा पुगेको थियो। यी सबै समस्याबीच पनि निर्माण कम्पनीले निर्माणस्थलमा काम रोकेको छैन।
आयोजनाको सुरुङमा प्राविधिक त्रुटिका कारण दुर्घटना भएको बताइएको छ। समितिले पछिल्लो समयमा प्राविधिक ‘डिजाइन रिभ्य’ नभएको पनि बताएको थियो। समितिले सुरुङमा रहेका चारवटै गेटमा पुनःअवलोकन (रिभ्यू) गर्न पनि सुझाव दिएको थियो। गेटमा नटबोल्ट राम्रो नकसिएको पाइएको समितिको प्रतिवेदनमा उल्लेख छ।
सिन्धुपाल्चोक, हेलम्बु गाउँपालिका-१ स्थित आयोजना निर्माणस्थलमा दुर्घटना भएको थियो। आयोजनाले १० दिनसम्म जम्मा गरेको पानी बाहिर निस्केको थियो। सो दु’र्घ’टनाका कारण कन्सलट्यान्ट दोर्जे पेम्बा र इन्जिनियर शेखर खनाल घा’इते भएका थिए। दु’र्घ’टनाका कारण इन्जिनियर सतीश गोहितको मृ’त्यु भएको छ। सवारीचालक राधाकृष्ण थापामगर अझैसम्म बे’पत्ता भएका छन्। सुरुङ परीक्षणका लागि पानी भर्न झण्डै १५ दिन लाग्नेमा एक सातामा पानी बाहिर निस्केको हो। गत असार २१ मा पानी पथान्तरण गरिएकामा ३० असारमा दु’र्घ’टना भएको थियो।