कोरोना भाइरस (कोभिड– १९) को पीसीआर परीक्षणका लागि तोकेको अधिकतम शुल्क दुई हजार रुपैयाँ कार्यान्वयन गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निर्देशन दिएको छ । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले आज मन्त्रीस्तरीय निर्णय गर्दै घटेको शुल्कमा पीसीआर परीक्षण गराउन निर्देशन दिएको हो ।
स्वास्थ्य आपतकालीन सञ्चालन केन्द्रका प्रमुख एवं मन्त्रालयका सहप्रवक्ता डा. समिर कुमार अधिकारीले सबै कोभिड– १९ परीक्षण गर्ने प्रयोगशाला, सातैवटै प्रदेशका सामाजिक विकास मन्त्रालयलाई पत्र लेख्दै पीसीआर परीक्षण शुल्क दुई हजार कार्यान्वयन गराउन पत्राचार गरेका छन् ।
मन्त्रालयले आइतबार राष्ट्रिय तथा अन्तरराष्ट्रिय बजारमा पीसीआर परीक्षण गर्ने रिएजेन्ट र अन्य सामान घटेका आधारमा नेपालमा पनि दुई हजार परीक्षण शुल्क तोकेको थियो । यसअघि मन्त्रालयले पीसीआर परीक्षणका लागि रु चार हजार ४०० तोकेको थियो । त्यो भन्दाअघि पीसीआर परीक्षणका लागि मन्त्रालयले पाँच हजार ५०० शुल्क तोकेको थियो ।
यो पनि पढ्नुस्
मुलुकका अर्थमन्त्री, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त र नेपाल विद्युत् प्राधिकरणको प्रबन्ध निर्देशक एक साताका बीचमा फरकफरक शैलीमा बिदा भए। उच्च पद समालेका अर्थमन्त्री युवराज खतिवडा र प्रमुख आयुक्त नविन घिमिरेलाई मुलुकको विकास र सुशासनका लागि फड्को मार्ने मौका थियो। उनीहरु बाघको शैलीमा छिरेर बिरालोका रुपमा बाहिरिए। तर उनीहरुभन्दा निकै तल्लो पदमा रहेर काम गरेका कुलमान घिसिङ भने इतिहास रचेर बिदा भएका छन्।
जिम्मेवारीपूर्वक काम गरे सानो ठाउँबाट पनि नतिजा दिन सकिन्छ भन्ने उदाहरण बनेका छन् घिसिङ। घिमिरे र खतिवडाको बहिर्गमनबाट आम जनता बेखुसी देखिँदैनन्। आइतबार जिम्मेवारीबाट बिदा भएका घिसिङका सवालमा भने सिंगो मुलुक उनको पक्षमा छ।
घिसिङले चारवर्षे कार्यकालमा नतिजा देखिने गरी दुईवटा काम गरे, चर्को लोडसेडिड भोगेको मुलुकलाई २४ सै घण्टा बिजुली दिएर आम जनताको मन जिते, टाट पल्टिएको संस्थालाई नाफामा लगेर आर्थिक रुपमा मजबुत बनाए।
यी काम सजिलै गर्न सकिने लाग्न सक्छ तर वास्तविकता त्यो होइन। सबैभन्दा गाह्रा काम यिनै थिए। १४ घण्टा लामो लोडसेडिडमा रहेको मुलुकलाई दुई वर्ष बित्न नपाउँदै लोडसेडिडमुक्त बनाउनु सजिलो काम होइन। यस्तै ३५ अर्ब रुपैयाँ सञ्चित घाटामा गएको संस्थालाई ४ वर्षमा ५ अर्ब नाफाको अवस्थामा लैजानु चमत्कारभन्दा कम होइन।
घिसिङले बागडोर समाल्दा दैनिक १४ घण्टाभन्दा धेरै समय अँध्यारोमा बसेका मुलुकवासीलाई प्राधिकरणले धेरै विद्युत् खपत गर्ने उपकरण नचलाउन सार्वजनिक अनुरोध गथ्र्यो। अहिले घिसिङ बाहिरिँदै गर्दा प्राधिकरणले सबै ग्राहकलाई सकेसम्म धेरै विद्युत् खपत गर्न अनुरोध गरिरहेको छ।