चीनको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी)ले चिनियाँ कम्पनीले निर्माण गरेको कोरोना भाइरस (कोभिड–१९) वि’रुद्धको खोप सार्वजनिक प्रयोगका लागि नोभेम्बरसम्म तयार हुने बताएको छ । अहिले कोरोना भाइरसवि’रुद्धको चारओटा खोप क्लिनिकल परीक्षणको अन्तिम चरणमा छ । जसमध्ये तीनओटा खोप गत जुलाईमा ल्याइएको आपतकालीन प्रयोगको कार्यक्रम अनुसार अहिले आवश्यक कर्मचारीहरुलाई दिइएको छ ।
चीनको सीडीसीका प्रमुख बायोसेफ्टी एक्सपर्ट गुइझेन वुले स्थानीय टेलिभिजनसँग अन्तर्वार्ता दिँदै सोमबार खोप सार्वजनिक प्रयोगको लागि नोभेम्बर वा डिसेम्बरसम्ममा तयार भइसक्ने बताएकी हुन् । वुले अहिले परीक्षणको क्रममा रहेका खोपबाट कुनै किसिमको असामान्य लक्षण नदेखिएको बताएकी छिन् ।
उनले आफूले पनि गत अप्रिलमा खोप लिएको बताएकी छिन् । यद्यपि उनले कुनै पनि खोपको नाम भने उल्लेख गरेकी छैनन् । चीनमा आपतकालीन प्रयोगको कार्यक्रम अन्तर्गत सिनोफर्म, सिनोभ्याकले तीन खोप निर्माणको काम गरिरहेका छन् । चौथो चिनियाँ खोपको निर्माण क्यानसिनो बायोलोजिक्सले गरिररहेको छ । गत जुन महिनामा यो खोपको प्रयोगका लागि सेनाले अनुमति दिएको थियो ।रोयटर्स
यो पनि पढ्नुस्
पाकिस्तानका प्रधानमन्त्री इमरान खानले ब’ला’त्का’रीलाई सार्वजनिक चोकमा झु’ण्ड्याएर मा’र्नुपर्ने बताएका छन् । उनले अल जाजिरासँगको अन्तर्वार्ताका क्रममा सो धारणा राखेको समाचारमा जनाइएको छ । उनले त्यस्ता व्यक्तिलाई सार्वजनिक चोकमा झु’ण्ड्याउनु पर्छ र यस्तो अ’पराध गर्ने मानिसलाई के का’रबा’ही हुन्छ भन्ने कुरा सबैलाई सार्वजनिक रुपमा नै देखाउनुपर्ने बताएका छन् ।
सो अन्तर्वार्ताका क्रममा उनले सो धारणा राखेको अलजाजिरा मिडियाले जानकारी दिएको छ । उनले ब’ला’त्का’रीलाई कडाभन्दा कडा का’रबा’ही गर्नुपर्ने धारणा रेखेका छन् । पाकिस्तानमा गत हप्ता एक महिला उनका आफ्ना बच्चाकै अगाडि लाहोरको एक सडकमा सा’मुहिक ब’ला’त्कृत भएकी थिइन् ।
त्यसपछि पाकिस्तानमा ब’ला’त्का’रीलाई गर्ने का’रबा’हीका विषयलाई लिएर विभिन्न खालका प्रतिक्रियाहरु आइरहेका छन् । यसै विषयमा प्रधानमन्त्री खानलाई पनि पाकिस्तानमा ब’ला’त्का’रमा संलग्न हुने व्यक्तिलाई के कस्तो खालको का’रबा’ही गर्नुपर्छ भनी सोधिएको प्रश्नमा सो जवाफ दिएका हुन् ।
गत हप्ता पञ्जाव प्रान्तको लाहोर शहरनजिकै आफ्नो कारमा रहेकी ती महिलालाई ज’बर्ज’स्ती कार रोकेर उनको कारमा समेत तो’डफो’ड गरी कारबाट सडकमा निकालेर ब’ला’त्का’र गरिएको थियो । त्यसपछि उनका गरगहना पनि लु’टिएको थियो । यस घ’टनापछि पाकिस्तानका विभिन्न शहरमा सरकारले सुरक्षा दिन नसकेको भन्दै वि’रोध प्र’दर्शनहरु भएका छन् ।