नेपालमा आज थप १ हजार २ सय ४६ जनामा कोरोना भाइरस (कोभिड १९) को सं’क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ हजार २ सय ४६ सं’क्रमित थपिएसंंगै नेपालमा सं’क्रमितको कुल संख्या ५९ हजार ५ सय ७३ पुगेको छ ।
उनीहरुमध्ये ३८३ जनाको मृत्यु भएको छ भने ४२ हजार ९४९ जना संक्रमण मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १२४३ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यो पनि पढ्नुस्
विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) महामारीका ठप्प रहेका लामाे दूरीका सार्वजनिक बसहरू आजबाट गुड्ने भएका छन् । भाइरसकाे संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गत चैत ११ गतेदेखि देशव्यापी सुरू गरेकाे लकडाउनसँगै बन्द भएका लामो दुरी तथा अन्तरजिल्ला सञ्चालन हुने सार्वजनिक सवारी साधन बल्ल आजदेखि खुल्ने भएका हुन् ।
आजैदेखि आन्तरिक हवाइ उडान समेत खुल्ने बताइएकाे छ । मन्त्रिपरिषदकाे मंगलबार बसेकाे बैठकले १ असोज (आज) देखि नै लामो दुरीका सवारी साधन सञ्चालन गर्न अनुमति दिएकाे थियाे । यससँगै यातायात व्यवसायी र मजदुरहरू आजबाटै सार्वजनिक सवारी साधन सञ्चालन गर्न तयार भएका हुन् । सरकारले अनुमति नदिए पनि व्यवासायीले बस गुडाउने चेतावनी दिँदै आएका थिए ।
यातायात व्यवसायीहरूले बिहीबार बिहानसम्म बस सञ्चालनको कार्यविधि उपलब्ध गराउन पनि माग गरेका छन् । सरकारले कार्यविधि बनाउने जिम्मा भौतिक तथा यातायात मन्त्रालयलाई दिएको छ । सरकारले अनिवार्य रूपमा स्वास्थ्य मापदण्ड लागू गर्न निर्देशन दिएकाे छ । जसअनुसार बसले सिट क्षमताको आधा मात्रै यात्रु बोक्न पाउनेछन् ।
यसैकारण तोकिएको भाडादरभन्दा ५० प्रतिशत अतिरिक्त भाडा लिन सक्ने निर्णय गरिएको छ । सिटबाहेक अन्यत्र यात्रु राख्न भने पाइनेछैन । साथै चालक, सहचालक, परिचालक, बुकिङका कर्मचारीलाई मास्क, स्यानिटाइजर, पन्जा, फेस भाइजकलगायतका स्वास्थ्य उपकरण अनिवार्य रूपमा प्रयोग गर्न अनुरोध गरिएकाे छ । यात्रुले पनि अनिवार्य रूपमा मास्क प्रयोग गर्नुपर्नेछ ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र यातायात सम्बद्ध तीनवटै ट्रेड युनियनका प्रतिनिधिले बुधबार सिंहदरबारमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङसँग भेट गरेर यातायात सञ्चालन प्रक्रियाबारे थप छलफल गरेका थिए । भेटपछि उनीहरूले सामूहिक विज्ञप्ति जारी गर्दै यातायात सञ्चालन गर्न दिने सरकारी निर्णयकाे स्वागत गर्दै धन्यवादसमेत ज्ञापन गरेका थिए ।