अमेरिकामा आगामी आइतबारबाट टिकटक र विच्याट एप डाउनलोडमा प्रतिबन्ध लाग्ने भएको छ । राष्ट्रिय सुरक्षा तथा डाटा प्राइभेसीको चिनियाँ एपमाथि प्रतिबन्धको घोषणा गरेको अमेरिकाले विच्याटमाथि भने सम्पूर्ण रुपमा बन्देज लगाएको छ । टिकटक माथिको पूर्ण बन्देज चाहिँ आगामी नोभेम्बर १२ देखि लागू हुने बताइएको छ ।
वाणिज्य मन्त्री विल्बर रोसका अनुसार निश्चित सुरक्षाजन्य विधिहरु लागू गरेमा टिकटकचाहिँ चलाउन पाइनेछ । एक लिखित वक्तव्य जारी गर्दै मन्त्री रोसले भनेका छन्, ‘राष्ट्रपतिको निर्देशनअनुसार हामीले अमेरिकी नागरिकहरुका व्यक्तिगत डाटा संकलन गर्ने चिनियाँ खतरनाक एपहरुसँग जुध्न उल्लेखनीय कदम चालेका छौँ ।
यसले अमेरिकी नियम तथा कानूनहरुको कडाइपूर्वक कार्यान्वयन हुनुका साथै हाम्रो राष्ट्रिय मूल्यहरुका साथै प्रजातान्त्रिक नियममा आधारित मापदण्डहरुलाई प्रवद्र्धन गर्नेछ ।’ अमेरिकी सरकारका अनुसार उसको आदेश, जुन यसअघि गत अगष्टमा राष्ट्रपति ट्रम्पले घोषणा गरेका थिए, त्यसले अमेरिकी नागरिकका व्यक्तिगत डाटा संग्रहित गर्ने चिनियाँ खतरनाक कार्यसँग जुध्न सहयोग गर्नेछ ।
सरकारी आदेशले टिकटकको अमेरिकास्थित व्यवसाय खरीद गर्ने ओरेकल कम्पनीको हालैको सम्झौताप्रति समेत प्रश्न उठाएको छ । यद्यपि ओरेकल र टिकटकबीच भएको भनिएको खरीद–बिक्री सम्झौताको विस्तृत विवरण सार्वजनिक भैसकेको छैन ।
गत सोमबार ओरेकलले टिकटक खरीदको दौडमा आफूले जित हात पारेको खुलासा गरेको थियो । यद्यपि टिकटक खरीद गरेको हो वा स्वामित्व ग्रहण गरेको भन्नेबारे खुलाइएको छैन ।
१ करोड अमेरिकी टिकटक प्रयोगकर्ताका व्यक्तिगत डाटाहरु टिकटकले दुरुपयोग गरेको र चिनियाँ सरकारको स्वार्थमा प्रयोग गरिएको आरोप अमेरिकाले लगाउने गरेको छ । तर टिकटकले भने अमेरिकी टिकटक प्रयोगकर्ताका डाटा चीनमा संग्रहित नहुने भन्दै प्रयोगकर्ताका डाटाहरु सरकारलाई नदिने प्रष्ट पारेको छ ।
यो पनि पढ्नुस्
नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको कार्यकारी निर्देशकमा आफ्नो पुनर्नियुक्तिको माग गर्दै केही दिनदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा भइरहेको प्र’दर्शनप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।
नेपाल सरकारले कार्यकारी निर्देशक नियुक्त गर्दा दिएको जिम्मेवारी आफूले सफलतापूर्वक सम्पन्न गरी चार वर्षे कार्यकाल पूरा गरेको पनि घिसिङले बताएका छन् । ‘प्राधिकरणको कार्यकारी नेतृत्वको निरन्तरता वा परिवर्तन नियमित एवं स्वाभाविक प्रक्रिया भएकाले यसलाई हामी सबैले आत्मसाथ गर्नै पर्छ ।
प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्ने सम्पूर्ण अधिकार नेपाल सरकारमा निहित भएकाले यस विषयमा उपयुक्त समयमा आवश्यक निर्णय हुने नै छ ।’ शनिबार एक विज्ञप्ति जारी गर्दै घिसिङले भनेका छन् ।
कोभिड—१९ सं’क्रमणको जोखिम भइरहेका बेला आफूलाई प्राधिकरणको कार्यकारी निर्देशकमा निरन्तरता दिनु पर्ने माग राख्दै महामारीको संवेदनशील अवस्थामा सडकमा भी’डभा’ड गरी प्र’दर्शन नगरिदिन पनि घिसिङले अनुरोध गरेका छन् ।