नेपालमा आज थप १२०४ जनामा कोरोना भाइरस (कोभिड-१९) को सं’क्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १०३३३ नमुना परीक्षण गर्दा उनीहरुमा सं’क्रमण पुष्टि भएको हो ।
यससँगै कुल सं’क्रमितको संख्या ६२ हजार ७९७ पुगेको छ । उनीहरुमध्ये ४०१ जनाको मृ’त्यु भएको छ भने ४५ हजार २६७ जना सं’क्रमण मुक्त भएका छन् ।
यो पनि पढ्नुस्
प्रधानमन्त्री केपी शर्मा अोलीले भ्र’ष्टाचा’रीका वि’रुद्ध बोल्दा मुखमा पानी हालेर नबोल्ने बताएका छन् । संविधान दिवसको अवसरमा सम्बोधन गदै प्रधानमन्त्री ओलीले विकासका लागि आवश्यक शर्त सुशासन र पारदर्शिता रहेको उल्लेख गर्दै यस्तो बताएका हुन् ।
भ्र’ष्टाचा’रवि’रुद्ध नियामक निकायहरुले समेत महत्वपूर्ण भूमिका निर्वाह गरेको उनको दावी छ । उनले भने, ‘अख्तियारको दु’रुपयोग, भ्र’ष्टाचा’र र अनियमितता नियन्त्रण चु’नौतिपूर्ण रहेको छ । मैले पटकपटक भन्दै आएको छु, भ्र’ष्टाचा’र गर्दिनँ, गर्न दिन्नँ र भ्र’ष्टाचा’रीका वि’रुद्ध बोल्दा मुखमा पानी हालेर बोल्दिनँ ।
भ्र’ष्टाचा’र वि’रुद्धको सरकारको यस अभियानमा हाम्रा नियामक निकायहरुले यस अवधिमा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । अख्तियार दु’रुपयोग अनुसन्धान आयोगले मात्रै बितेका दुई आर्थिक बर्षमा ७९२ के’सहरुमा मु’द्दा चलाएको छ । राजश्व अनुसन्धान विभागले १ हजार २७ जनाबि’रुद्ध ३१ अर्ब ५ करोड भन्दा बढीको विगो दावीसहित राजश्व चु’हावट, विदेशी मुद्रा अपचलन तथा अ’वै’ध हुण्डी कारोबारमा मु’द्दा चलाएको छ ।’
प्रधानमन्त्री ओलीले विकास र उन्नतिको बाटोमा एकतावद्ध भएर अगाडी बढ्न संकीर्णता र पूर्वाग्रह त्याग्न जरुरी रहेको बताए । ओलीले कोरोनाका कारण कतिपय बाचा गरिएका कामहरु सम्पन्न हुन नसकेको बताए ।