काठमाडौं : कोरोना भाइरस (कोभिड १९) का सक्रिय सं’क्रमितको संख्या २५ हजार नाघेमा फेरि लकडाउन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिफारिस गरेको छ । बुधबारको नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले सो कुराको जानकारी दिएका हुन् ।
प्रवक्ता गौतमका अनुसार मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बुधबार बसेको बैठकले २५ हजार बढी सक्रिय संक्रमित भए लकडाउन गर्नुपर्ने निष्कर्ष निकालेको छ । गौतमका अनुसार २५ हजार बढी सं’क्रमित भए अस्पतालको पूर्वाधारमा व्यवस्थापन गर्न गाह्रो हुने भएकोले बैठकले सो निर्णय गरेको हो ।
अहिले सक्रिय संक्रमितको संख्या १७ हजारभन्दा माथि छ । त्यस्तै बैठकले कोरोना सं’क्रमणको दर बढिरहेकोले जनस्वास्थ्यका मापदण्ड पालना हुन नसक्ने सेवा र व्यवसायहरु कम्तिमा १ महिना नखोल्न सिफारिस गर्ने निर्णय समेत गरेको छ ।
यो पनि पढ्नुस्
मौसम पूर्वानुमान महाशाखाले पछिल्लो दिनदेखि वर्षा सक्रिय भएसँगै यस वर्षको मौसम लम्बिने जनाएको छ । यस वर्ष २३ सेप्टेम्बर अर्थात आज (बुधबार) मनसुन सकिने दिन भएपनि मनसुन अझै कहीदिन सक्रिय रहने महाशाखाले अनुमान गरेको छ । महाशाखाका अनुसार अबको चार–पाँच दिन मनसुन सक्रिय हुनेछ । गत वर्ष जस्तै यस वर्ष पनि अक्टोबर महिनासम्म मनसुन रहने प्रारम्भिक अनुमान छ तर नेपालमा लामो समयको पूर्वानुमान गर्न आवश्यक पूर्वाधार नभएकोले कहिले सम्म मनसुन रहन्छ अहिले नै भन्न नसकिने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
नेपालमा पूर्वी र मध्यक्षेत्र हुँदै पश्चिमतर्फ मनसुनी वायु सक्रिय भइसकेको छ र त्यसकै प्रभावले अझै केही दिन कतै झरी र कतै भारी वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुन बढी सक्रिय गराउने वायुसहित उत्तरपूर्व बङ्गालको खाडीमा ठूलो न्यूनचापीय क्षेत्र छ । जुन उत्तरपूर्व हुँदै उत्तरपश्चिम सर्दै गरेको अवस्थामा छ । त्यसको केही भाग उत्तरतिर सर्ने भएकाले बुधबारसम्म देशभर मनसुनी प्रभाव कायम हुने सम्भावना छ । दुई दिनपछि पश्चिम हुँदै घुमेर मध्य र पूर्वी भूभागमा सक्रिय हुनेछ ।
त्यस्तैगरी नेपालभन्दा अलिक पर भारतको मध्यप्रदेशमा न्यूनचापीय क्षेत्रको विकास भएको छ । अरब सागरबाट पनि जलवाष्पसहितको बादल न्यूनचापीय क्षेत्र नजिक आउँदै गरेको छ । यसले नेपालमा मनसुनी वायु चक्रझैँ दोहोरिने भएको हो । मनसुन सकिने मिति घर्किंदै गर्दा पश्चिमी वायुसमेत सक्रिय हुने भएकाले त्यसका लागि समेत अहिलेको मनसुनी वायुले भूमिका खेल्ने अनुमान गरिएको छ । पश्चिमी वायु उच्च भएसँगै पूर्वी वायुलाई त्यसले धकेल्दै लगेर आफ्नो प्रभाव जमाएपछि मनसुन सकिन्छ । त्यसपछि भने हिउँदे वर्षाको समय सुरु हुन्छ ।