सरकारले ते’जाब (ए’सिड) सम्बन्धी क’सुर नियन्त्रण गर्न अध्यादेश मार्फत नयाँ कानुन ल्याउने तयारी गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले ते’जाव सम्बन्धी अध्यादेश पारित गर्दै राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरिसकेको छ । मन्त्रिपरिषदबाट पारित फौजदारी क’सुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्न बनेको अध्यादेशमा पहिलेभन्दा कडा प्रावधान समेटिएको छ ।
फौजदारी अ’पराध संहिताको दफा १९२ र १९३ संशोधन गरी तेजाब फ्याँके, छर्किए, खन्याए वा प्रयोग गरी वा सेवन गराएर अ’ङ्गभ’ङ्ग र शारीरिक क्षति पुर्याउने व्यक्तिलाई २० वर्षसम्म कै’द र दश लाख रुपैयाँसम्म ज’रिबा’ना निर्धारण गरिएको छ । यो स’जाय एकदिन पनि माफी–मिनाहा नहुने र पूरै अवधि जे’ल बस्नुपर्ने प्रावधान राखिएको छ ।
ते’जाव आ’क्रमणका दो’षीलाई का’रबा’ही, पी’डितको सम्पूर्ण उपचार, शिक्षा र जीविकाको प्रबन्ध गर्ने गरी कानुनी व्यवस्था गर्ने प्रावधान समेटेर फौजदारी अ’पराध संहिताका दफा संशोधन गरिएका हुन् । कानुन मन्त्रालयले सम्बन्धित सरोकारवालाहरूसँगको परामर्शपछि कानुनको मस्यौदा तयार पारेर मन्त्रिपरिषद्मार्फत पारित गरेको हो ।
संशोधित संहितामा ते’जाव प्रयोग गरेर एउटा आँखा, एउटा कान, जले, क्षति पुगे, अनुहार कु’रुप भए, एउटा स्तन ज’ले दुवै हात ज’ली काम नलाग्ने भएमा, गोडा पूर्णरूपमा ज’लेर काम नलाग्ने भएमा, टाउकाको कुनै भाग, मेरुदण्ड ज’लेमा सात देखि दसवर्ष कै’द सात लाखदेखि दसलाखसम्म ज’रिवाना निर्धारण गरिएको छ । त्यसैगरी ते’जाब छ्यापेर शरीरको कुनै अङ्गमा क्ष’ति भए कसुरको प्रकृति अनुसार पाँचदेखि दस वर्षसम्म कै’द र एक लाखदेखि पाँच लाख ज’रिवाना निर्धारण गरिएको छ ।
यो पनि पढ्नुस्
लक डाउनको बाहानामा विराटनगरका बजारमा तरकारी ,खाद्यन्न लगायतको मुल्यमा वृद्धि भएको गुनासो आएपछि वाणिज्य कार्यालय विराटनगरले अनुगमनलाई तिव्रता दिएको छ । बिहीवार वाणिज्य कार्यालयको नेतृत्वको अनुगमन टोलीले विराटनगर वडा नं. १० शान्ति टोल स्थित बिके मसला उद्योगलाई २ लाख रुपैया जरिवाना तोकेको छ ।
मसलाको मुल्य अध्याधिक बडेको गुनासो आएपछि अनुगमन गर्दा ४ सय ५० रुपैया प्रति किलो पर्ने गरम मसलाको मुल्य १ हजार २ सय रुपैयामा विक्री भईरहेको पाइएपछि वाणिज्य कार्यालय नेतृत्वको अनुगमन टोलीले सो जरिवाना तोकेको हो ।
गरम मसलाको मुल्य करिब १६५ प्रतिशत बढी छ । उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार ३० प्रतिशत भन्दा बढी मुल्य लिएमा २ लाख देखि ३ लाख रुपैया सम्म जरिवाना लाग्ने कानुनी प्रावधान अनुसार पहिलो पटक भएकाले २ लाख रुपैया जरिवाना तोकिएको वाणिज्य कार्यालय विराटनगरका प्रमुख सन्तोष पोखरेलले जानकारी दिनुभयो ।
हरियो तरकारी, आलु, प्याज, गोलभेडा, खानेतेल चियापत्ती मसलालगायत अन्य खाद्यबस्तुहरुमा अत्याधीक मुल्य बडेको गुनासो आएपछि अनुगमनलाई तित्रब्रता दिइएको छ । संयुक्त अनुगमन टोलीमा वाणिज्य कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, जिल्ला प्रशासन कार्यालय र उपभोक्ता प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । उपभोक्तालाई ठगी गर्ने जथाभावी मुल्य लिने उद्योग व्यापारी सवैलाई अनुगमन गरी कारवाही गने बाणिज्य कार्यालय विराटनगरले जनाएको छ ।