रौतहटमा धा’रिलो ह’तियार प्र’हार गरेर एक महिलाको ह’त्या गरिएको छ । जिल्लाकाे देबाही-गोनाही नगरपालिका– ५, टिकुलियामा शुक्रबार बेलुकी घरमै बसिरहेको अवस्थामा एक स’मुह आएर आ’क्रमण गर्दा घाइते भएकी जगरनिया देवीको मृ’त्यु भएको हो ।
सोही आ’क्रमणमा परेर घा’इते भएका उनका श्रीमान महेश तिवारी पनि गम्भीर घा’इते भएका छन् । उनको वीरगन्ज स्थित न्युरोड अस्पतालको आ’इसि’युमा राखेर उपचार भइरहेको छ ।
आ’क्रमणपछि गम्भीर घा’इते भएका दुबै जनालाई थप उपचारको लागि वीरगन्ज लगिएकोमा श्रीमती चाहिँको उपचारको क्रममा मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएका छन् । प्रहरीका अनुसार घ’टनामा संंलग्न भएको आ’रोपमा तीन जनालाई प’क्राउ गरिएको छ ।
प’क्राउ पर्नेहरूमा अक्षेलाल मुखिया, कविन्द्र मुखिया र बलि मुखिया रहेका छन् । घ’टनामा संलग्न रहेर फ’रार रहेका विजय मुखिया र रामबलि मुखियाको खोजी कार्य जारी रहेको प्रहरिले जनाएको छ । उनीहरूबीच पुरानो रि’सइ’बीका कारण आ’क्रमण भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको र घ’टनाबारे थप अनुसन्धान भइरहेको जनाईएको छ ।
यो पनि पढ्नुस्
कोभिड–१९ को महामारी फैलिरहेको र चाडबाड नजिकिँदै गर्दा बजारमा अत्यावश्यक वस्तुको मूल्य एकाएक अकासिन थालेपछि काठमाडौं उपत्यकामै सर्वसाधारणलाई चुलो बाल्नै मुस्किल भएको छ । बजारमा नियमित अनुगमन नहुँदा तरकारीलगायतका अन्य उपभोग्य वस्तुमाथि बिचौलियाको नियन्त्रण छ ।
जसका कारण तरकारी, चिनी, खाद्यान्न, लत्ताकपडालगायतका उपभोग्य वस्तुको मूल्य ह्वात्तै अकासिन पुगेको हो । बजार, यात्रा र वितरण प्रणालीमा सरकारी निकायको उपस्थिति कमजोर हुँदा र कुशासन मौलाउँदा यस्तो अवस्था आएको उपभोक्ता अधिकारकर्मीको भनाइ छ । बजारमा वस्तुहरूको मूल्य मनलाग्दी बढाइएको छ भने यात्रा गर्दा समेत सर्वसाधारण ठगिने क्रम बढेको छ ।
दसैं नजिकिँदै गर्दा व्यापारीले लत्ताकपडामा समेत अस्वाभाविक मूल्यवृद्धि गर्दा सरकारी निकाय मूकदर्शक बनेको आरोप सर्वसाधारणको छ । बजारमा अस्वाभाविक रूपमा मूल्यवृद्धि हुँदा सर्वसाधारणमा सरकारी निकायप्रति आक्रोश बढेको छ ।
कोभिडका कारण कैयौंको रोजगारी गुमेको छ भने आर्थिक अवस्था पनि दिन प्रतिदिन कमजोर हुँदै छ । आम्दानीका स्रोतहरू सुक्न थालेपछि बिहान बेलुकीको जोहो टार्न धौधौ परिरहेको अवस्थामा दैनिक उपभोग्यका वस्तुको मूल्य एकाएक अकासिन पुग्दा सर्वसाधारण नागरिक अत्यधिक मारमा पर्न थालेका हुन् ।
माछापोखरीकी सम्झना राईको परिवारले हिजोआज तरकारी खान छाडेको छ । ज्यालामजदुरी गरेर चार जना परिवारको भरणपोषण गर्दै आइरहेकी राईले तरकारीको मूल्य अत्यधिक बढेपछि दाल र भात मात्रै खाने गरेको बताइन् ।
‘मेरो जस्तो समस्या धेरैलाई परेको छ, तरकारी खान नसक्ने अवस्था आएको छ,’ राईले भनिन् । राजधानीकै बालाजुका हरिशरण शर्मा पनि दैनिक उपभोग्य वस्तुको मूल्य अकासिँदा जीवन धान्न नै मुस्किल हुँदै गएको बताउँछन् । पेसाले गाडी चालक रहेका उनलाई पाँच जनाको परिवार धान्न निकै मुस्किल हुँदै गएको छ ।
भन्छन्, ‘तरकारीको मूल्य चार गुणासम्म बढेको छ, अन्य खाद्य वस्तुको मूल्य पनि त्यसरी नै बढेको छ । बजारमा मनलाग्दी हुँदा समेत सरकारका कुनै निकायलाई केही चासो छैन,’ शर्मा भन्छन्, ‘सरकार के हेरेर बसेको छ ? हाम्रो चुलो बल्नै मुस्किल भइसक्यो ?’ यो समाचार आजको राजधानी दैनिकमा छ ।