बि’षाक्त रसायन मेथानोल प्रयोग भएको पाइएपछि सरकारले ९ कम्पनीको स्यानिटाइजर बिक्री तथा बितरणमा रोक लगाएको छ । मापदण्ड बिपरित मेथानोल प्रयोग भएको पाइएकाले ती स्यानिटाइट। बितरण तथा बिक्रमा रोक औषधि बिभागले जनाएको छ ।
त्यस्ता स्यानिटाइजर प्रयोगले मानिसको स्वास्थ्यमा नकारात्मक असर पर्ने भएकाले कुनैपति पसल तथा मेडिकलमार्फत बिक्री नगराउन औषधि बिभागले सुचित गरेको छ । यसअघि पनि सरकारले ९ कम्पनीका स्यानिटाइजरहरु बिक्रकी बितरणमा रोक लगाएको थियो ।
प्रतिबन्धित ९ स्यानिटाइजरहरु
सिभिका कस्मेस्युटिकल्स कम्पनीको हर्बल ट्री ह्यान्ड स्यान्टिाइजर (भारत उत्तराखण्ड)
आर केमिकल इन्डस्ट्रीको क्लिन ह्यान्ड स्यानिटाइजर (पर्सा)
कुमकुम हर्बल इन्डस्ट्रीको कुमकुम ह्यान्ड स्यानिटाइजरका (बनेपा) २ वटा ५०० मिली र ५ लिटर
इन्स्ट्यान्ट ह्यान्ड स्यानिटाइजर ओम आरोग्य हेल्थकेयर प्रालि (काठमाडौं)
साधना इन्सट्यान्ट ह्यान्ड स्यानिटाइजर (साधना सप्लायर्स)
ड्रोन ह्यान्ड स्यानिटाइजर (कालिका सोप एन्ड केमिकल्स प्रालि) २ ओटा पहेलो रङ्ग र रङ्ग नभएको
यो पनि पढ्नुस्
हस्पिटल जस्तो मानवीय संवदेनासंग जोडिएको संस्था कुनै पनि सरकारी निकायमा दर्ता नभइ सञ्चालनमा आउन सक्छ रु यो प्रश्नमा सबैको जवाफ ‘सक्दैन’ भन्ने नै हुन्छ । तर, बग्रेल्ती वेथिति रहेको यो मुलुकमा भने यस्तो कार्य सम्भव हुँदो रहेछ भन्दा सबैलाई आश्चर्य लाग्न सक्छ । हो राजधानीको मुटुमा रहेको ‘ग्राण्डी सिटी क्लिनिक एण्ड हस्पिटल’ विना दर्ता सञ्चालनमा रहेको खुलासा भएपछि यस्तै आश्चर्य सम्भवमा परिणत भएको छ ।
आज भन्दा ७ बर्ष अघि अर्थात सन् २०१३ देखि सञ्चालनमा आएको ग्राण्डी सिटी क्लिनिक एण्ड हस्पिटलको दर्ता सरोकारवाला निकाय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा मात्र नभइ प्रदेश सरकार नत स्थानीय तह कहिंकतै दर्ता नभएको पाइएको छ ।
नेपालको चर्चित व्यवसायिक घराना ज्योति समूह अन्तर्गत सञ्चालित यो संस्थाको रहस्य घर भित्र विवाद सुरु भएपछि बाहिर आएको हो । ज्योति समूह भित्र सम्पत्तिको स्वामित्व र नेतृत्वलाई लिएर दुई दाजुभाईबीच विवाद भएपछि यो समूहका वैद्य र अवैद्य कारोवार सबै सतहमा छताछुल्ल हुँदै आउने क्रममा ग्राण्डी सिटीको विवाद पनि सतहमा आएको हो ।
गत असारमा ग्राण्डी सिटीको वैद्यानिकतालाई लिएर स्वास्थ्य सेवा विभागमा उजुरी परेपछि यसमाथिको छानविन अगाडि बढेको थियो । विभागको प्रारम्भिक छानविनमा ग्राण्डी सिटी कहींकतै दर्ता भएको पाइएको छैन ।
स्वास्थ्य सेवा विभागले छानबिन टोली गठन गरेर अनुसन्धान अघि बढाएपछि हस्पिटलले तत्कालीन क्षेत्रीय जनस्वास्थ्य निर्देशनालयमा दर्ता भएको मौखिक जानकारी दिएको थियो । तर उस्ले त्यस सम्बन्धी कागजात स्वास्थ्य सेवा बिभागलाई अझै उपलब्ध गराएको छैन ।
ज्योति समूहका दुई दाजुभाई मध्ये पद्म ज्योतिको घर भाडामा लिएर रुपज्योतिले ग्राण्डी सिटी अस्पताल सञ्चालन गर्दै आएका थिए । तर यी दाजुभाईबीच कलह सुरु भएपछि पद्म ज्योतिले घरभाडा मात्रै १ करोड २९ लाख माग गर्दै ६ पटक ग्राण्डी सिटी हस्पिटललाई पत्र पठाएका थिए ।
तर रुप ज्योतिले दिन आनाकानी गरेपछि हस्पिटल दर्ता भएको नभएको छानबिन गर्न माग गर्दै पद्म ज्योतिले उजुरी दिएका थिए । विना दर्ता सञ्चालन गरेको पुष्टि भएपछि विभागले ग्राण्डी सिटी र यस्का सञ्चालक रुप ज्योतिमाथि कारवाही प्रक्रिया अगाडि बढाएको छ ।
हस्पिटल जस्को मानवीय संवेदनासंग गाँसिएको संस्था यसरी पनि सञ्चालन हुँदो रहेछ भन्ने दृष्टान्त बन्न पुगेको छ ग्राण्डी सिटी । साना तिना उद्योग धन्दा गर्नेहरुलाई करको करकर गर्ने सरकारले अहिलेसम्म ग्राण्डी सिटीलाई नदेख्नु अर्को अचम्मको पक्ष बनेको छ ।
यो देशको सहायक अर्थमन्त्री समेत बनिसकेका रुपज्योतिको हस्पिटलले के राज्यलाई कर बुझाउन नपर्ने गरी छुट पाएको थियो र ? यो प्रश्न ज्वलन्त बनेको छ । गत बर्ष हाउजिङ ठगी मुद्दामा समेत पक्राउ परेका रुपज्योतिको यो पाटोको विश्राम अब कसरी होला ? अर्को कौतुहलता थपिएको छ नेपालको उद्योग व्यवसायको क्षेत्रमा ।