काठमाडौँ : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ९ सय ३४ सं’क्रमित फेला परेका छन् । जसमध्ये काठमाडौंमा मात्र ७ सय ४७ जना सं’क्रमित थपिएका छन् भने ललितपुरमा १ सय १४ जना र भक्तपुरमा ७३ जना सं’क्रमित देखिएका छन् ।
नेपालमा आज थप १ हजार ५ सय १३ जनामा कोरोना भाइरस (कोभिड १९) को सं’क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ हजार ५ सय १३ सं’क्रमित थपिएसंंगै नेपालमा सं’क्रमितको कुल संख्या ७६ हजार २ सय ५८ पुगेको छ ।
यससँगै कुल संक्रमितको संख्या ७६ हजार २५८ पुगेको छ । उनीहरुमध्ये ४९१ जनाको मृ’त्यु भएको छ भने ५५ हजार ३७१ जना सं’क्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ७३१ जना सं’क्रमणमुक्त भएका छन् । देशभर २० हजार ३९६ संक्रिय संक्रमित छन् ।
यो पनि पढ्नुस्
वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) सँग ठगीमा संलग्नलाई प’क्राउन गर्न सहयोग मागेको छ । नेपालमा प्रतिबन्धित नेटवर्किङ व्यवसाय सञ्चालन भइरहेको गुनासोका आधारमा विभागले अध्ययन गर्दै ठगीमा व्यक्तिलाई पकाउ गर्न सहयोग मागेको हो । विभागले गरेको प्रारम्भिक अध्ययन अनुसार २५ कम्पनी र ५० भन्दा बढी व्यक्तिलाई प’क्राउ गर्न विभागले गत मंगलबार नाम र सम्पर्क नम्बरसहित सिआइबीमा पत्र पठाएको छ ।
केही नेपाली एवं विदेशी कम्पनी तथा व्यक्तिले गैरकानूनी रुपमा नेटवर्किङ शैलीमा व्यवसाय गरी नेपाल तथा विदेशमा रहेका नेपाली समेतलाई आबद्ध गरी ठ’गी गरेको तथा पूँजी पलायन गरेको गुनासो उजूरी विभागमा प्राप्त भएपछि विज्ञसहितको समूहले थप अध्ययन गरेको थियो ।
विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीका अनुसार विभागमा आएका गुनासाका आधारमा केही व्यक्ति तथा कम्पनीलाई अनुसन्धान, जाँचबुझ तथा छानबिनसमेत भइरहेको छ । संलग्न व्यक्ति तथा कम्पनीका जिम्मेवार व्यक्तिलाई नियन्त्रणमा लिएर विभागमा उपस्थित गराउन विभागले सिआइबीसँग सहयोगको माग गरेको हो ।
विभागले कम्पनी रजिष्ट्रारको कार्यालयमा समेत पत्र पठाउँदै २५ कम्पनीका सञ्चालकको नामावली पठाउन पत्र पठाएको छ । सबैभन्दा धेरै गुनासो भारतीय कम्पनीबाट आउने गरेको विभागअन्तर्गतको वैदेशिक व्यापार नियमन शाखाका निर्देशक शिवराज सेढाइँंले जानकारी दिनुभयो ।‘हामीलाई आएको गुनासोअनुसार हामीले प्रारम्भिक अध्ययन एवं अनुसन्धान गरेका थियौँ, अनुसन्धानबाट व्यवसाय सञ्चालन भएको पाएपछि व्यक्तिको नामावलीसहित सिआइबीमा पक्राउ गर्न अनुरोध गरिएको हो’, उहाँले भन्नुभयो ।
विभागले पठाएको पत्रमा वान कोइन नामको डिजिटल करेन्सीका गोबिन्द श्रेष्ठ, अशोक न्यौपाने र रत्न काजि श्रेष्ठ, एक्सेल टोकनका ज्ञानेन्द्र खड्का र कृष्ण कुमार महर्जन, क्यास कोइनका विजय शाह र दिनेश शाह, पाईनेटवर्कमा आवद्द परमानन्द श्रेष्ठलाई प’क्राउ गरी विभागमा पेश गर्न आग्रह गरेको हो ।
वस्तुको प्रत्यक्ष बिक्री (व्यवस्थापन तथा नियमन गर्ने) ऐन, २०७४ को दफा ३ मा इजाजतपत्र प्राप्त नगरी वस्तुको बिक्री वा वितरणसम्बन्धी कार्य गर्न नहुने तथा दफा ११ दफामा पिरामिडमा आधारित सञ्जालयुक्त (नेटवर्किङ) व्यवसाय गर्न नपाउने प्रावधान छ ।