केही समय यता अभिनेत्री मनिषाले नेपालको राजनीतिक विषयमा पनि आफ्नो अभिब्यक्ति सार्वजनिक गर्न थालेकी छिन् । राजनीतिक परिवारको सदस्य मनिषा यस अघि राजनीतिक विषयमा त्यती बोल्ने ब्यक्ति होइनन् । तर पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा भने उनले टिप्पणी सार्वजनिक गर्न लागेकी छिन् ।
अंगिकृत नागरिकताका विषयमा चलिरहेको वहसबीच अभिनेत्री मनिषा कोइरालाले पनि आफ्नो धारणा सार्वजनिक गरेकी छिन् । हालै, अंगिकृत नागरिकका विषयमा सरकारले गरेको निर्णयको मनिषाले स्वागत गरेकी छिन् ।
विदेशी वुहारीलाई ७ वर्ष पछि मात्र नागरिकता दिने नागरिकता समबन्धी विधेयक संसदको राज्य व्यवस्था तथा सुशासन समितिले पारित गरेको छ। तर त्यस अघि अन्य अधिकारका लागि भने रोकेको छैन ।
संसदको राज्य व्यवस्था तथा सुशासन समितिले पारित गरेको नागरिकतासम्बन्धी विधेयक संसदवाट पनि पारित भएको हो । तर नेपाली कांग्रेस र मधेसवादी दलले भने त्यसको विरोध जनाएका छन् । उनीहरुले यस अघि राखिएकै नागरिकता सम्बन्धी विधेयक ठिक रहेको बताउँदै आएका छन् ।