काठमाडौँ : चिकित्सा शिक्षा सुधारका लागि अनसनरत डा. गोविन्द केसीको जीवनरक्षाका लागि तत्काल वार्ता गर्न सरकारलाई चौतर्फी दबाब सुरु भएको छ। नेपाली कांग्रेस, राप्रपा, साझा पार्टी तथा नागरिक समाजका विभिन्न तह र तप्काले वार्ताका माध्यमबाट समस्या समाधान खोज्दै उनको जीनवरक्षाका लागि पहल थाल्न सरकारको ध्यानाकर्षण गराएका छन्।
नेपाल चिकित्सक संघले आइतबार नै ७२ घप्टे अल्टिमेटम दिँदै डा. केसीको माग तत्काल सम्बोधन गर्न सरकारलाई चेतावनी दिइसकेको छ। तोकिएको समयभित्र माग सम्बोधन नभए जस्तोसुकै कदम चाल्न संघ तयार रहेको अल्टिमेटममा उल्लेख छ।
भदौ २९ गतेदेखि जुम्लाबाट अनशन थालेका डा। केसीको माग सुनुवाइ र जीवरक्षाका लागि सरकारले २२औं दिन बितिसक्दा पनि कुनै चासो देखाएको छैन। चिकित्सा शिक्षाका क्षेत्रमा देखिएका बेथिति र सरकारले विगतका आफूसँग गरेको सम्झौता तत्काल कार्यान्वयन गर्न माग राख्दै डा। केसीको अनशन थालेका हुन्। सरकारले बेवास्ता गरेकै कारण उनको ज्यान जोखिममा पर्दै गएको छ।
डा. केसीको उपचारमा संलग्न चिकित्सकहरूका अनुसार तत्काल अनशन नतोडाउने हो भने उनको ज्यान जोगाउन कठिन छ। त्रिवि शिक्षण अस्पतालको शड्ढयामा छटपटाइरहेको डा. केसीसँगको वार्ता त परको कुरा, अहिलेसम्म उनलाई भेट्न र स्वास्थ्य अवस्था बुझ्न सरकारका कुनै अधिकारीले शिक्षण अस्पताल जाने हिम्मत गरेका छैनन्।
आफैंले गरेको सम्झौता कार्यान्वयन नगर्दा सरकारले जनविश्वास मात्र गुमाएको छैन, सरकार नै माफियाको निर्देशनमा चलिरहेको आरोपसमेत लाग्न थालेको छ। नेपाल कम्युनिस्ट पार्टीले चुनावी घोषणापत्रमा उल्लेख गरेका कुरालाई प्राथमितामा राखेर डा। केसीले अनशन थालेको देखिन्छ। तर त्यही पार्टीको सरकारले आपैंmले गरेको चुनावी प्रतिबद्धताविपरीत डा। केसीले उठाएको अजेन्डालाई दुत्कारेको छ। यो समाचार आजको नागरिक दैनिकमा छ ।
यो पनि पढ्नुस्
दशैँको पूर्वसन्ध्यामा काठमाडौँबाट उपत्यका छिर्ने र उपत्यकाबाट बाहिरिनेको सङ्ख्या वृद्धि हुन थालेको छ । उपत्यका छिर्ने नाकाहरुबाट दैनिक चार हजार ८०० देखि पाँच हजारसम्म सवारी साधनहरु भित्रने गरेका छन् । सोही सङ्ख्यामा दैनिक रुपमा सवारी साधनहरु बाहिरिने क्रम छ । विगतका वर्षहरुमा दशैं आउनुभन्दा १५ दिनअघिदेखि नै ५० हजारदेखि ६० हजारसम्म दैनिक रुपमा उपत्यका छाड्ने गरेका थिए । तर यो वर्ष दैनिक १६ हजारदेखि १८ हजारसम्मले उपत्यका छाडिरहेका छन् ।
महानगरीय ट्राफिक महाशाखाका प्रमुख एसएसपी भीम ढकालका अनुसार केही दिनदेखि काठमाडौँ उपत्यकामा भित्रनेभन्दा बाहिरिनेको सङ्ख्या बढेको छ । तर यो सङ्ख्या शनिबारको रहेको र यो साता नियमित रुपमा संख्या गणना गरेपछि सङ्ख्याबारे थाहा हुने एसएसपी ढकालले बताउनुभयो ।
‘केही दिनअघिसम्म दैनिक उपत्यका छाड्नेभन्दा भित्रनेको सङ्ख्यामा वृद्धि भएको थियो अहिले बाहिरिनेको सङ्ख्या बढेको छ’ एसएसपी ढकालले भन्नुभयो । उहाँका अनुसार अहिले उपत्यका भित्रने र बाहिरिने सवारी साधनको सङ्ख्या बराबार जस्तै देखिए पनि बाहिरिने सवारी साधनको सङ्ख्या केही दिनदेखि बढेको छ । अहिले दैनिक चार हजार ८०० सम्म उपत्यकामा सवारी साधन प्रवेश गरेका छन् भने सोही सङ्ख्यामा उपत्यका बाहिरिने पनि छन् । अघिल्ला वर्षहरुमा यही समयमा दैनिक ६० हजार मानिस उपत्यका भित्रने र ६० हजार बाहिरिने गरेका थिए ।
उपत्यकामा अझै जोर बिजोर प्रणाली रहेको र त्यसकोे अवज्ञा गरेर सवारी साधन सञ्चालन गर्नेलाई कारबाही भइरहेको उहाँले बताउनुभयो । ‘अहिले पनि दैनिक हामीले एक हजार ५०० देखि दुई हजार सवारी साधनलाई कारबाही गरेका छौँ’ एसएसपी ढकालले भन्नुभयो । एकातिर कोरोनाको जोखिम अर्कोतिर ठूला चाडपर्व मुखमा रहेको समयमा ट्राफिक व्यवस्थापन गर्न प्रहरी सक्रिय रहेको बताउँदै दैनिक जोर बिजोर नमान्ने तथा ट्राफिक नियम पालना नगर्ने दुई हजारसम्म सवारी साधनहरुलाई कारबाही गरिएको उहाँले स्पष्ट पार्नुभयो ।
यातायात व्यवसायीहरुले यो वर्ष अग्रिम टिकट बुकिङ खुला गरेका छैनन् भने यात्रु नभएको भन्दै धेरै सार्वजनिक यातायातलाई आलोपालो चलाएका छन् । पोहोर यही समयमा हजाराँै सवारी साधन उपत्यकाबाट बाहिरिने गरेका थिए । यो वर्ष मुस्किलले लामो रुटका केही सङख्यामा मात्रै सार्वजनिक सवारी साधन यात्रु बोकेर बाहिरिने गरेको यातायात व्यवसायी बताउँछन् ।