काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले कम्युनिस्ट पार्टीका सदस्यलाई नागरिकता वा स्थायी आवासीय प्रमाणपत्र नदिने गरी ल्याइएको हालैको अमेरिकी नीतिले कुनै पार्टीको सदस्य बन्न पाउने अधिकार र लोकतन्त्रको खिल्ली उडाएको बताएका छन् ।
मंगलबार एक टवीट गर्दै उनले लेखेका छन्, ‘यसले स्वेच्छाले कुनै पार्टीको सदस्य बन्न पाउने अधिकार र लोकतन्त्रको खिल्ली उडाएको छ । यही हो ‘नमुना पुँजीवादी लोकतन्त्र !’
अमेरिकाले हालै आफ्नो आप्रवासी नियम परिवर्तन गरी अब कम्युनिष्ट पार्टीका सदस्य वा सोसरहको पदमा रहेकाहरुले अमेरिकाको स्थायी बसोबासको अनुमति वा नागरिकता नपाउने व्यवस्था गरेको छ ।
गत शुक्रबार अमेरिकाको यूएस सिटिजन एण्ड इमिग्रेसन सर्भिस (यूएससीआईएस)ले जारी गरेको घोषणा अनुसार अमेरिकाको राष्ट्रिय सुरक्षाको जोखिमलाई ध्यानमा राख्दै यस्तो व्यवस्था गरिएको हो ।
यूएससीआईएसले सार्वजनिक गरेको विज्ञप्तिमा कुनै पनि कम्युनिष्ट पार्टीका वा निरंकुश पार्टीसँग आबद्ध भएका मानिसले अमेरिकामा आप्रवासीको रुपमा आवेदन दिन नसक्ने उल्लेख गरिएको छ ।
अमेरिकाले हालै देशभित्र वा बिदेशको कुनै कम्युनिष्ट पार्टीको सदस्यता लिएको आप्रवासीलाई नागरिकता वा स्थायी आवासीय प्रमाणपत्र नदिने नीतिको खुला घोषणा गरेको छ। यसले स्वेच्छाले कुनै पार्टीको सदस्य बन्न पाउने अधिकार र लोकतन्त्रको खिल्लि उँडाएको छ।यही हो ‘नमुना पुँजीवादी लोकतन्त्र’ !
— NKShresthaPrakash (@nksthaprakash) October 6, 2020
यो पनि पढ्नुस्
दशैँको पूर्वसन्ध्यामा काठमाडौँबाट उपत्यका छिर्ने र उपत्यकाबाट बाहिरिनेको सङ्ख्या वृद्धि हुन थालेको छ । उपत्यका छिर्ने नाकाहरुबाट दैनिक चार हजार ८०० देखि पाँच हजारसम्म सवारी साधनहरु भित्रने गरेका छन् । सोही सङ्ख्यामा दैनिक रुपमा सवारी साधनहरु बाहिरिने क्रम छ । विगतका वर्षहरुमा दशैं आउनुभन्दा १५ दिनअघिदेखि नै ५० हजारदेखि ६० हजारसम्म दैनिक रुपमा उपत्यका छाड्ने गरेका थिए । तर यो वर्ष दैनिक १६ हजारदेखि १८ हजारसम्मले उपत्यका छाडिरहेका छन् ।
महानगरीय ट्राफिक महाशाखाका प्रमुख एसएसपी भीम ढकालका अनुसार केही दिनदेखि काठमाडौँ उपत्यकामा भित्रनेभन्दा बाहिरिनेको सङ्ख्या बढेको छ । तर यो सङ्ख्या शनिबारको रहेको र यो साता नियमित रुपमा संख्या गणना गरेपछि सङ्ख्याबारे थाहा हुने एसएसपी ढकालले बताउनुभयो ।
‘केही दिनअघिसम्म दैनिक उपत्यका छाड्नेभन्दा भित्रनेको सङ्ख्यामा वृद्धि भएको थियो अहिले बाहिरिनेको सङ्ख्या बढेको छ’ एसएसपी ढकालले भन्नुभयो । उहाँका अनुसार अहिले उपत्यका भित्रने र बाहिरिने सवारी साधनको सङ्ख्या बराबार जस्तै देखिए पनि बाहिरिने सवारी साधनको सङ्ख्या केही दिनदेखि बढेको छ । अहिले दैनिक चार हजार ८०० सम्म उपत्यकामा सवारी साधन प्रवेश गरेका छन् भने सोही सङ्ख्यामा उपत्यका बाहिरिने पनि छन् । अघिल्ला वर्षहरुमा यही समयमा दैनिक ६० हजार मानिस उपत्यका भित्रने र ६० हजार बाहिरिने गरेका थिए ।
उपत्यकामा अझै जोर बिजोर प्रणाली रहेको र त्यसकोे अवज्ञा गरेर सवारी साधन सञ्चालन गर्नेलाई कारबाही भइरहेको उहाँले बताउनुभयो । ‘अहिले पनि दैनिक हामीले एक हजार ५०० देखि दुई हजार सवारी साधनलाई कारबाही गरेका छौँ’ एसएसपी ढकालले भन्नुभयो । एकातिर कोरोनाको जोखिम अर्कोतिर ठूला चाडपर्व मुखमा रहेको समयमा ट्राफिक व्यवस्थापन गर्न प्रहरी सक्रिय रहेको बताउँदै दैनिक जोर बिजोर नमान्ने तथा ट्राफिक नियम पालना नगर्ने दुई हजारसम्म सवारी साधनहरुलाई कारबाही गरिएको उहाँले स्पष्ट पार्नुभयो ।
यातायात व्यवसायीहरुले यो वर्ष अग्रिम टिकट बुकिङ खुला गरेका छैनन् भने यात्रु नभएको भन्दै धेरै सार्वजनिक यातायातलाई आलोपालो चलाएका छन् । पोहोर यही समयमा हजाराँै सवारी साधन उपत्यकाबाट बाहिरिने गरेका थिए । यो वर्ष मुस्किलले लामो रुटका केही सङख्यामा मात्रै सार्वजनिक सवारी साधन यात्रु बोकेर बाहिरिने गरेको यातायात व्यवसायी बताउँछन् ।