बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र कोमल वलीले गाएको ”माया लाउन सजिलो छ निभाउन पो गाह्रो” भन्ने गीत सार्वजनिक भएको छ । लकडाउनको समय सदुपयोग गर्दै छोरा यमन श्रेष्ठले इडिटिंग गरिदिएपछि उक्त गीत बाहिर ल्याउन सम्भव भएको मदनकृष्ण श्रेष्ठले फेसबुकमा लेखेका छन् ।
सुमधुर संगीतमा कर्णप्रीय आवाज रहेको उक्त गीत सार्वजनिक गर्दै मदनकृष्णले फेसबुकमा लेखेका छन्, ‘माननीय सांसद तथा गायिका कोमल ओली बहिनी सांसद हुनु भन्दा पहिले नै रिकर्ड गरि राखेको यो गीत पनि दराजमा राखेको थियो। यहि लक्डाउनको मौका छोपेर आफ्नो आफ्नो घरबाट शुटिङ्ग गरेर पठाएको क्लिपलाई पुत्र यमनले घरैमा इडिटिंग गरिदेकोले युट्युव र फेसबुकमा अपलोड गर्न पाइयो। हेरेर मायाले सेयर गरिदिनुस है त।’
उक्त गीत उत्तम सञ्जेलले लेखेका हुन् भने शम्भूजीत बाँस्कोटाको संगीत रहेको छ । गीतका एरेञ्जर मनोहर सुमन रहेका छन् । म्युजिक भिडियोमा अभिनय भने सुशिल श्रेष्ठ र सिया श्रेष्ठ, नरेश खड्गी र आराध्या लक्ष्मीको रहेको छ ।