कोरोना भाइरसको सं’क्रमणबाट साउदी अरेबियामा कार्यरत ८२ जना नेपालीको मृ’त्यु भएको छ । दुतावास रियादका अनुसार हालसम्म ६८ जना र वाणिज्य दुतावास जेद्धाका अनुसार १४ जना गरी हालसम्म ८२ जना नेपालीको कोरोना भाइरसबाट मृ’त्यु भएका छन् । ५ हजारभन्दा बढी नेपाली सं’क्रमित भएका छन् ।
कोरोना भाइरसको महामारीसँगै साउदी अरेबियाबाट हालसम्म चार्टर उडानबाट लगभग ११ हजारभन्दा बढी नेपाली स्वदेश फिर्ता भएका छन् । अलपत्र परेका नेपालीलाई सहजीकरणको लागी नेपाली दुतावास रियाद र वाणिज्य दुतावास जेद्धाले २६ हजार ९ सय ५६ जनाको नामावली सार्वजनिक गरेको छ ।
कोरोना भाइरसको मध्यनजर गर्दै दुतावासले आगामी दिनहरुमा स्वदेश फिर्ता हुन दुतावासले उपलब्ध गराएको अनलाइन फारम भर्नु नपर्ने, स्वदेश फिर्ताको लागी सम्बन्धित एयरलाइन्ससँग सम्पर्क गरेर आवश्यक प्रक्रिया पछि सहजै स्वदेश फिर्ता हुन सकिने जानकारी गराएको छ ।
अक्टोबर महिनाबाट स्वदेश फिर्ताको लागी साउदी अरेबियाबाट नियमित रूपमा ट्रान्जिट माध्यमद्वारा एयर अरेबिया, फ्लाई दुबई, अल जजीराले आफ्नो उडान सुरु गरेका छन् ।
नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले आफ्नो चार्टर उडान कायमै राखेको छ । दुतावास रियादको सहयोगार्थमा साउदी सरकारले हालसम्म कम्पनीमा कार्यरत रहँदा अकामा नविकरण नगरेका १ हजार ५८ जना नेपालीलाई वहिर्गमन भिषासमेत जारि गरेको छ ।
यो पनि पढ्नुस
महानगरीय ट्राफिक प्रहरी महाशाखाले चाड पर्व लक्षित विशेष अभियान शुरु गरेको छ । सोही अभियानअन्तर्गत चाडपर्वको मौका छोपेर काठमाडौँ उपत्यका बाहिर जाने यात्रुसँग मौकाको फाइदा उठाई बढी भाडा टिकट काट्ने पाँच जनालाई कारवाही गरिएको छ ।
ट्राफिक प्रहरी आफैँ यात्रु बनेर कारवाही अभियान चलाएको महाशाखाका प्रमुख भीमप्रसाद ढकालले जानकारी दिए । प’क्राउ पर्नेमा कोटेश्वर क्षेत्रको टिकट काउन्टरका विमल खत्री र किरण पौडेल तथा बल्खु टिकट काउन्टरका जीतेन्द्र साह, मदन भुजेल र धर्मेन्द्र यादव छन् ।
सादा पोशाकमा ट्राफिक प्रहरी खटाएर यात्रु ठ’गी रोक्ने अभियान चलाइएको वरिष्ठ प्रहरी उपरीक्षक ढकालले जानकारी दिए । प्रहरीको आँखा छलेर ठ’गीमा परिएको स्वयम् यात्रुले गुनासो गरे ट्राफिक प्रहरी खटाई तुरून्तै कारवाही गरिने बताइएको छ ।
प्रहरीले आफैँ यात्रु बनेर निगरानी गर्ने, हिँड्न लागेको गाडीका यात्रुसँग जानकारी लिएर कारवाही गर्ने र यात्रु बस्ने लाममा बसेर फलानो ठाउँ जाने भनी टिकट मागेर श्रव्यदृष्य अभिलेख गरेर पनि कारवाही गर्ने गरिएको छ ।
यसका लागि ट्राफिक प्रहरीले पी’डित सहायता कक्षबाट सादा पोशाकमा प्रहरी टोली परिचालन गरेको छ । प’क्राउ पर्ने व्यक्तिलाई आवश्यक कारवाहीका लागि सम्बन्धित प्रहरी वृत्तमा बुझाइएको छ ।