काठमाडौँ : ललितपुरस्थित किष्ट अस्पतालमा कोरोना संक्रमणबाट एक बृद्धाको मृ’त्यु भएको छ । ६९ बर्षीया बृद्धको आज उपचारको क्रममा मृ’त्यु भएको अस्पतालले जनाएको छ ।
कोरोना संक्रमण पुष्टि भएपछि उनी असोज १७ गते राति अस्पतालमा भर्ना भएकी थिइन् । उनमा उच्च ज्वरोको साथै श्वास प्रश्वासमा समेत समस्या थियो ।
उनी काठमाडौं बालाजुकी स्थायी बासिन्दा रहेको बताइएको छ । पछिल्लो समय स्वास्थ्य अवस्था जटिल बनेपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिदै आएको थियो ।
यो पनि पढ्नुस
महानगरीय ट्राफिक प्रहरी महाशाखाले चाड पर्व लक्षित विशेष अभियान शुरु गरेको छ । सोही अभियानअन्तर्गत चाडपर्वको मौका छोपेर काठमाडौँ उपत्यका बाहिर जाने यात्रुसँग मौकाको फाइदा उठाई बढी भाडा टिकट काट्ने पाँच जनालाई कारवाही गरिएको छ ।
ट्राफिक प्रहरी आफैँ यात्रु बनेर कारवाही अभियान चलाएको महाशाखाका प्रमुख भीमप्रसाद ढकालले जानकारी दिए । प’क्राउ पर्नेमा कोटेश्वर क्षेत्रको टिकट काउन्टरका विमल खत्री र किरण पौडेल तथा बल्खु टिकट काउन्टरका जीतेन्द्र साह, मदन भुजेल र धर्मेन्द्र यादव छन् ।
सादा पोशाकमा ट्राफिक प्रहरी खटाएर यात्रु ठ’गी रोक्ने अभियान चलाइएको वरिष्ठ प्रहरी उपरीक्षक ढकालले जानकारी दिए । प्रहरीको आँखा छलेर ठ’गीमा परिएको स्वयम् यात्रुले गुनासो गरे ट्राफिक प्रहरी खटाई तुरून्तै कारवाही गरिने बताइएको छ ।
प्रहरीले आफैँ यात्रु बनेर निगरानी गर्ने, हिँड्न लागेको गाडीका यात्रुसँग जानकारी लिएर कारवाही गर्ने र यात्रु बस्ने लाममा बसेर फलानो ठाउँ जाने भनी टिकट मागेर श्रव्यदृष्य अभिलेख गरेर पनि कारवाही गर्ने गरिएको छ ।
यसका लागि ट्राफिक प्रहरीले पी’डित सहायता कक्षबाट सादा पोशाकमा प्रहरी टोली परिचालन गरेको छ । प’क्राउ पर्ने व्यक्तिलाई आवश्यक कारवाहीका लागि सम्बन्धित प्रहरी वृत्तमा बुझाइएको छ ।