काठमाडौँ : ललितपुरको किष्ट मेडिकल शिक्षण अस्पतालमा कोरोना संक्रमित शेरबहादुर लामाको मृ’त्यु भएपछि त’नाव उत्पन्न भएको छ । बुधबार बिहान बिरामीको मृ’त्यु रहस्यमय ढंगले भएको भन्दै आफन्तले अस्पताल घे’राउ गरी सत्य–तथ्य छानविनका लागि माग गरेका छन् ।
अस्पतालमा भर्ना गरेपछि नुवाकोट तादी गाउँपालिकाका शेरबहादुरले फोनबाट अस्पतालले राम्रो उपचार नगरेको गुनासो गर्ने गरेको र गुनासोपछि छोरी तारा मोक्तानले अस्पतालमा फोन गरेर राम्रो उपचार गर्न आग्रह गरेको बताइन् । बिरामीले हात हल्लाएर बोलाउँदा पनि डाक्टर डेढ घण्टापछि मात्र आउने आफ्नो बुवाले बताएको मोक्तानले बताइन् ।
आज बिहान बुवा ट्वाइलेटमा ढलेको र आसियूमा लगेर उपचार गर्दा मृ’त्यु भएको भन्दै अस्पतालबाट फोन आएपछि आश्चर्यमा परेको उनका छोरा प्रेम लामा तामाङले बताए । आफन्तले मृ’तकको शरीर र सिसिटिभी फुटेज हेर्दा आइसियुमा लानुअघि नै मृ’त्यु भएको देखिएको दावी गरेका छन् ।
ल’डेको भनेको ठाउँको फुटेज हेर्दा धमिलो र केही नदेखिने भएपछि शंका लागेकोले सत्य–तथ्य छानविन गर्न माग गरेको उनीहरुले बताए । बुवाको मृ’त्यु रहस्यमय भएको भन्दै अस्पतालबि’रुद्ध कारवाहीका लागि उजुरी दिने मोक्तानले बताइन् । अस्पताल प्रशासनले पर्याप्त र चित्तबुझ्दो जानकारी नदिएको भन्दै मृ’तकमा आफन्तले अस्पतालको गेट घेराउ गरेका छन् ।
अस्पतालभित्र आ’क्रोशित आफन्त प्रवेश गर्न लाग्दा प्रहरीले सामान्य बल प्रयोग गरेको छ । अहिले अस्पताल हातामा बाक्लो संख्यामा दं’गा प्रहरी परिचालन गरिएको छ भने अस्पताल प्रशासन र मृ’तकका आफन्तबीच छलफल चलिरहेको छ ।
हेर्नुस् भिडियो :
यो पनि पढ्नुस्
पछिल्लो २४ घण्टामा उपत्यकामा थप १ हजार ६ सय ८४ सं’क्रमित फेला परेका छन् । जसमध्ये काठमाडौंमा मात्र १ सय २ सय ९६ जना सं’क्रमित थपिएका छन् भने ललितपुरमा २ सय ९३ जना र भक्तपुरमा ९५ जना सं’क्रमित देखिएका छन् ।
यस्तै, नेपालमा पछिल्लो २४ घण्टामा ३४३९ जनामा कोरोना भाइरसको सं’क्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १४२०९ नमुना परीक्षण गर्दा उनीहरुमा सं’क्रमण पुष्टि भएको हो ।
देशका बिभिन्न भागमा ३ हजार ४ सय ३९ सं’क्रमित थपिएसंंगै नेपालमा सं’क्रमितको कुल संख्या ९४ हजार २ सय ५३ पुगेको छ । ६८ हजार ६६८ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ११२६ जना संक्रमणमुक्त भएका छन् भने देशभर २५ हजार ७ संक्रिय संक्रमित छन् ।
काठमाडौं उपत्यकाका ७ सहित कोरोना भाइरसबाट थप १५ जनाको मृ’त्यु भएको छ । काठमाडौंका मृ’तकमा ४ जना पुरुष रहेका छन् भने २ महिला रहेका छन् । यस्तै ललितपुरमा १ जना पुरुषको मृ’त्यु भएको छ ।
त्यस्तै, दाङ, सिरहा र रौतहटमा पनि १/१ महिलाको मृ’त्यु भएको छ । यसैगरी मोरङमा थप २ पुरुषको पनि मृ’त्यु भएको छ भने चितवन, रुपन्देही र नवलपरासीमा पनि १/१ जना पुरुषको मृ’त्यु भएको छ ।
स्वास्थय मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ५ महिला र १० पुरुष गरी थप १५ जनाको मृ’त्यु भएसँगै नेपालमा कोरोनाबाट मृ’त्यु हुनेको कुल संख्या हालसम्म ५७८ पुगेको जानकारी दिए ।