दिनदु:खिका लागि भगवान पनि किन निष्ठुरी भइदिन्छन् ? संधै दु:खका साथ किन जीवन व्यतित गर्नुपर्छ गरिब दु:खिले ? दु:खै दु:खको सागरमा जीवन व्यतित गरिरहेकी उर्मिलाको कथा कम दर्दनाक छैन । सानैबाट छोरी भएकै कारण आमा बुवाको मायाबाट बन्चित भएकी उर्मिलालाई आमा बुवाको माया कस्तो हुन्छ भन्ने थाहा नै छैन । बाबुले अर्कै केटी लिएर हिँडेपछि आमा पनि अर्कैसँग गईन् । त्यसपछि आफ्ना ससाना भाई बहिनिको जिम्वेवारी उर्मिलाको काँधमा आइपर्यो । आमा बाबुको माया नपाएकी उर्मिला अहिले आमा र बाबु दुवैको कर्तव्य निभाउदै २ बहिनि र एउटा भाईको पालन पोषण गरिरहेकी छिन् ।
आमा बाबुले छोडेर गएपछि टुहुरा बनेका उर्मिला र उनका भाई बहिनिको एक्लो सहारा उर्मिलाले बिहान देखि बेलुकासम्म कुल्ली काम गरेर, इट्टा बोकेर भाई बहिनिको पेट पाल्दै आइरहेकी छिन् । यहि बेलामा सरकारले लकडाउनको घोसणा गर्यो र उनीहरुलाई काम नभएपछि बिहान बेलुकाको छाक टार्न धौ-धौ भयो । आफु त पानि खाएर भएपनि बस्थें तर ती कलिला नाबालक भाई बहिनि कसरी बस्लान् भन्ने चिन्ताले सताएपछि आफुसँग भएको नाकको फुली बेचेर एक छाक त टारिन् तर त्यो ल्याएको चामल सकिएपछि अरु केही उपाय नलागेपछि बरु खानामा बिष हालेर मर्छु भन्ने स्थितिसम्म पुगिन् ।
एउटा सानो कोठामा भाई बहिनिको साथमा भक्तपुर बसीरहेकी उर्मिलालाई मीडियाको पहलमा अहिले भने सहयोग आउन थालेको छ । उनको एउटा मात्र सपना छ, भाई बहिनिको भबिष्य राम्रो होस् र एउटा पसल खोलेर बस्न सकूँ । उनको यस्तो दयनीय अवस्था देखेपछि सहयोगी मनहरुले गरेको सहयोगले अहिले भने उनको अवस्था पहिलाको भन्दा थोरै भएपनि राम्रो भएको छ । आज उनको बहिनिको जन्मदिन परेको छ र मिडियाकर्मीकोसाथमा उर्मिलाको बहिनिको जन्मदिन पनि मनाईएको छ । हेर्नुस् तलको भिडियो :