काठमाडौँ : तराई मधेश बृहत् लोकतान्त्रिक मोर्चाकी संयोजक सरिता गिरीले सरकारले उत्तरतर्फकाे सिमाना सुरक्षा गर्न नसकेको आ’रोप लगाएकी छिन् । शनिबार प्रेस विज्ञप्ति निकाल्दै उनले सगरमाथामाथि पनि चीनले अधिपत्य जमाई रहेको भन्दै उनले सरकार यस विषयमा मौन रहेको आ’रोप लगाएकी छिन् ।
हिमाली भेगका ६ जिल्लामा चीनले नेपालको भूभाग कब्जा गरेको विभिन्न सरकारी आँकडाले पनि देखाएको भन्दै उनले सरकारले उत्तरी सीमानाको सुरक्षा गर्न नसकेको आ’रोप लगाईन् ।
उनले भनेकी छिन्, ‘यस परिस्थितिमा यदि नेपाल सरकार स्वयं नेपाल-चीन बीचको उत्तरी सीमानाको सुरक्षा गर्न सकिरहेको छैन भने सरकारले १९५० को भारतसँगको मित्रता र शान्ति सहमतिअनुसार भारत सरकारको सहयोग लिई पनि सिमानाको सुरक्षा गर्न माग गर्दछु ।’
यो पनि पढ्नुस्
सङ्क्रमितहरू जो घरमै बसेर आराम गरिहरनु भएको छ, उहाँहरूले उच्च मनोबलका साथ कोरोनाविरुद्ध लड्नुपर्छ । कोरोनाले ज्यानै लिदैन । कोरोना सङ्क्रमणबाट आत्तिनु पर्दैन । धेरै जसो मानिसलाई कोरोना सङ्क्रमण हुन्छ तर कोभिड–१९ हुँदैन । त्यस्ता सङ्क्रमितले घरमै परिवारका सदस्यबाट अलग भएर बस्ने अर्थात् एकान्तवास (होम आइसोलेसन) मा बस्नुपर्छ ।
भौतिक दूरी कायम गर्ने, परिवारका सदस्यसँग कुरा गर्नुपर्दा माक्स लगाउने, सफाइमा ध्यान दिएरमा अरूलाई सङ्क्रमणबाट बचाउन सकिन्छ । घरमा बसेर आयुर्वेदिक जडीबुटीहरू प्रयोग गरिराख्नुपर्छ । यसले रोगसँग लड्ने प्रतिरोधी क्षमता बढाओस् । यस्ता औषधिहरू जसले ज्वरो, खोकी कम गर्न सहयोग पुग्छ ।
हाम्रो भान्सा (किचेन) लाई औषधालय बनाउनुपर्छ, घरमै रहेका आयुर्वेदिक जडीबुटी सेवन गरेर कोरोना जित्न सक्छौँ । उच्च मनोबल राख्नुपर्छ, तनाव लिनु हुँदैन । सातदेखि १० दिनको कुरा न हो । नौ दिनमा त हाम्रो शरीरमा रहेको भाइरस त मर्छ नै । शरीरभित्र नौ दिनभन्दा बढी बाँच्न सक्दैन । १४ दिनपछि त घर परिवारमा बसेर खाना खान र रमाउन सकिन्छ ।
हाम्रो घर र करेसा बारीमा पाउने जडीबुटीहरूलाई पहिलो प्राथमिकता दिनुपर्छ । आहार विहारको रूपमा यसलाई प्रयोग गर्नुपर्छ । सर्वसाधारणलाई हाम्रो के अनुरोध छ भने घर आँगनमा गुर्जो छ भने त्यसलाई पानीमा उमालेर दिनमा तीन पटकसम्म खान सकिन्छ । गुर्जोको साथै सुठो, पिप्ला, मरिच, दालचिनी, तुल्सी सबै मिलाएर उमालेर काडा बनाएर दिनको तीन चार पटक खायौँ भने कोरोनालाई जित्न सकिन्छ ।
एकदमै थोरै सङ्ख्याका मानिसलाई मात्रै श्वास फेर्न गाह्रो हुन्छ, त्यस्तो समस्या नआओस् भनेर पनि आयुर्वेदिक औषधि खानु आवश्यक छ । धेरै जसको भनाइ छ, ‘‘गुर्जोमा तीतो मात्रा बढी भएकाले रक्तचाप घटाउँछ, न्यून रक्तचाप भएकाले खानु हुँदैन ।’’ वास्तविकता त्यो होइन, गुर्जोले रक्तचाप घटाउँदैन ।
तर पनि हामीले जुनसुकै औषधि पनि ठिक्कै खानुपर्छ । गुर्जोको धूलो (चूर्ण) हो वा काडा बनाएको हो त्यसमा भर पर्छ । काडा बनाएका छौँ भने एक पटकमा ४०–५० एमएल लिँदा फरक पर्दैन । गुर्जो रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधि हो । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।