काठमाडौँ : चिकित्सा शिक्षा सुधारको माग राख्दै १९ औं पटक अनशनरत डा. गाेविन्द केसी पक्षले बिहीबार भएका सहमतिबाट पनि सरकार पछि हटेको आ’रोप लगाउँदै आ’न्दो’लनमा उत्रिएको छ । सोलिडारिटी फर डा. केसी अलायन्सले सहमतिलाई सुनिश्चत गर्न द’बाब स्वरूप शनिबार काठमाडौंको माइतीघरमा प्र’दर्शन गरेको छ । अलायन्सले मुलुकका विभिन्न ठाउँमा पनि प्र’दर्शन जारी राखेकाे छ ।
माइतीघरमा प्रदर्शनका क्रममा सम्बोधन गर्दै डा. केसी पक्षका वार्ता टोलीका सदस्य अधिवक्ता ओमप्रकाश अर्यालले संवादका लागि अनशन बसेको २४ दिन कुरेको सरकारले वार्तालाई गम्भीरताका साथ नलिएको बताए । बिहीबारको वार्तापछि गृहकार्यका लागि भन्दै सरकारले आफूहरुलाई बेवास्ता गरेको बताएका छन् ।
बिहीबारको वार्तापछि २४ घण्टासम्म त्यसै आफूहरुलाई सरकारी वार्ता टोलीले रोकेर राखेको अधिवक्ता अर्यालले बताए । शुक्रबार मध्यराति भएको वार्तामा पनि बिहीबार भएको सहमति पालना गर्न सक्दैनौं भनेर सरकारी वार्ता टोली पन्छिएको उनले बताएका छन् ।
अनशनरत डा. केसीको स्वास्थ्य अवस्थामा तलमाथि भएको त्यसको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षामन्त्री गिरिराजमणि पोखरेलले लिनुपर्ने बताएका छन् । शुक्रबारको वार्ता शिक्षामन्त्री पोखरेलले अवरुद्ध गरेको पनि अर्यालले आ’रोप लगाएका छन् ।
यसैबीच शिक्षामन्त्री पोखरेलले डा. केसीका मागहरुबारे प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्न सरकारी वार्ता टोली लिएर बालुवाटार गएका छन् । डा. केसीको मागप्रति सरकारले बेवास्ता गरेको भन्दै नेपाल चिकित्सक संघ पनि थप आ’न्दो’लनको घोषणा गर्ने तयारीमा रहेको छ ।
यो पनि पढ्नुस्
सङ्क्रमितहरू जो घरमै बसेर आराम गरिहरनु भएको छ, उहाँहरूले उच्च मनोबलका साथ कोरोनाविरुद्ध लड्नुपर्छ । कोरोनाले ज्यानै लिदैन । कोरोना सङ्क्रमणबाट आत्तिनु पर्दैन । धेरै जसो मानिसलाई कोरोना सङ्क्रमण हुन्छ तर कोभिड–१९ हुँदैन । त्यस्ता सङ्क्रमितले घरमै परिवारका सदस्यबाट अलग भएर बस्ने अर्थात् एकान्तवास (होम आइसोलेसन) मा बस्नुपर्छ ।
भौतिक दूरी कायम गर्ने, परिवारका सदस्यसँग कुरा गर्नुपर्दा माक्स लगाउने, सफाइमा ध्यान दिएरमा अरूलाई सङ्क्रमणबाट बचाउन सकिन्छ । घरमा बसेर आयुर्वेदिक जडीबुटीहरू प्रयोग गरिराख्नुपर्छ । यसले रोगसँग लड्ने प्रतिरोधी क्षमता बढाओस् । यस्ता औषधिहरू जसले ज्वरो, खोकी कम गर्न सहयोग पुग्छ ।
हाम्रो भान्सा (किचेन) लाई औषधालय बनाउनुपर्छ, घरमै रहेका आयुर्वेदिक जडीबुटी सेवन गरेर कोरोना जित्न सक्छौँ । उच्च मनोबल राख्नुपर्छ, तनाव लिनु हुँदैन । सातदेखि १० दिनको कुरा न हो । नौ दिनमा त हाम्रो शरीरमा रहेको भाइरस त मर्छ नै । शरीरभित्र नौ दिनभन्दा बढी बाँच्न सक्दैन । १४ दिनपछि त घर परिवारमा बसेर खाना खान र रमाउन सकिन्छ ।
हाम्रो घर र करेसा बारीमा पाउने जडीबुटीहरूलाई पहिलो प्राथमिकता दिनुपर्छ । आहार विहारको रूपमा यसलाई प्रयोग गर्नुपर्छ । सर्वसाधारणलाई हाम्रो के अनुरोध छ भने घर आँगनमा गुर्जो छ भने त्यसलाई पानीमा उमालेर दिनमा तीन पटकसम्म खान सकिन्छ । गुर्जोको साथै सुठो, पिप्ला, मरिच, दालचिनी, तुल्सी सबै मिलाएर उमालेर काडा बनाएर दिनको तीन चार पटक खायौँ भने कोरोनालाई जित्न सकिन्छ ।
एकदमै थोरै सङ्ख्याका मानिसलाई मात्रै श्वास फेर्न गाह्रो हुन्छ, त्यस्तो समस्या नआओस् भनेर पनि आयुर्वेदिक औषधि खानु आवश्यक छ । धेरै जसको भनाइ छ, ‘‘गुर्जोमा तीतो मात्रा बढी भएकाले रक्तचाप घटाउँछ, न्यून रक्तचाप भएकाले खानु हुँदैन ।’’ वास्तविकता त्यो होइन, गुर्जोले रक्तचाप घटाउँदैन ।
तर पनि हामीले जुनसुकै औषधि पनि ठिक्कै खानुपर्छ । गुर्जोको धूलो (चूर्ण) हो वा काडा बनाएको हो त्यसमा भर पर्छ । काडा बनाएका छौँ भने एक पटकमा ४०–५० एमएल लिँदा फरक पर्दैन । गुर्जो रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधि हो । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।