काठमाडौँ : सिन्धुलीको कमलामाई नगरपालिका- २ चियाबारीकी १९ बर्षिया पुष्पा भुजेलको मृ’त्युको घ’टना थप रहस्यमय बन्दै गएको छ । गत असोज १६ गते आफ्नै घरमा सलको पा’सो लगाई आ’त्मह’त्या गरेकी भनिएकी भुजेलको श’वसमेत माईती पक्षलाई हेर्न नदिई ज’लाएपछि घ’टना थप रहस्यमय बनेको हो ।
परिवार र आफन्तले उनको मृ’त्यु अस्वभाविक भएको भन्दै निष्पक्ष छानविनको माग समेत गरेका छन् । उनले आ’त्मह’त्या गरेको परिवारका सदस्यले बताइरहेका बेला युवतीकी आमा सुशिला भुजेलले पुष्पाको ह’त्या नै भएको बताएकी छिन् ।
चियाबारीका गोपी थापासँग भा’गेर प्रेम बिबाह गरेकी पुष्पाको ह’त्या किन गरियो भन्ने बारेमा निष्पक्ष छानबिन गरि न्याय पाउँ भनि सुशिला मिडियामा आएकी छिन् । भागी बिवाह गरेकी पुष्पाले आमासँग कुरा गर्दा घर आउन मन लाग्ने बताएको आमा सुशिला भुजेलले बताईन् ।
उनले प्राण त्याग्ने दिन पनि आमाको धेरै माया लाग्ने र धेरै याद आउने बताएको उनले बताईन् । यो घ’टनालाई निश्पक्ष रुपमा बिना पूर्वाग्रह छानवीन गरी दो’षीमाथि का’रबाही गर्न माग गरेकी छिन् । हेर्नुस् मृ’तक पुष्पा भुजेलकी आमासँग गरिएको कुराकानी पुरा भिडियोमा :
यो पनि पढ्नुस्
सङ्क्रमितहरू जो घरमै बसेर आराम गरिहरनु भएको छ, उहाँहरूले उच्च मनोबलका साथ कोरोनाविरुद्ध लड्नुपर्छ । कोरोनाले ज्यानै लिदैन । कोरोना सङ्क्रमणबाट आत्तिनु पर्दैन । धेरै जसो मानिसलाई कोरोना सङ्क्रमण हुन्छ तर कोभिड–१९ हुँदैन । त्यस्ता सङ्क्रमितले घरमै परिवारका सदस्यबाट अलग भएर बस्ने अर्थात् एकान्तवास (होम आइसोलेसन) मा बस्नुपर्छ ।
भौतिक दूरी कायम गर्ने, परिवारका सदस्यसँग कुरा गर्नुपर्दा माक्स लगाउने, सफाइमा ध्यान दिएरमा अरूलाई सङ्क्रमणबाट बचाउन सकिन्छ । घरमा बसेर आयुर्वेदिक जडीबुटीहरू प्रयोग गरिराख्नुपर्छ । यसले रोगसँग लड्ने प्रतिरोधी क्षमता बढाओस् । यस्ता औषधिहरू जसले ज्वरो, खोकी कम गर्न सहयोग पुग्छ ।
हाम्रो भान्सा (किचेन) लाई औषधालय बनाउनुपर्छ, घरमै रहेका आयुर्वेदिक जडीबुटी सेवन गरेर कोरोना जित्न सक्छौँ । उच्च मनोबल राख्नुपर्छ, तनाव लिनु हुँदैन । सातदेखि १० दिनको कुरा न हो । नौ दिनमा त हाम्रो शरीरमा रहेको भाइरस त मर्छ नै । शरीरभित्र नौ दिनभन्दा बढी बाँच्न सक्दैन । १४ दिनपछि त घर परिवारमा बसेर खाना खान र रमाउन सकिन्छ ।
हाम्रो घर र करेसा बारीमा पाउने जडीबुटीहरूलाई पहिलो प्राथमिकता दिनुपर्छ । आहार विहारको रूपमा यसलाई प्रयोग गर्नुपर्छ । सर्वसाधारणलाई हाम्रो के अनुरोध छ भने घर आँगनमा गुर्जो छ भने त्यसलाई पानीमा उमालेर दिनमा तीन पटकसम्म खान सकिन्छ । गुर्जोको साथै सुठो, पिप्ला, मरिच, दालचिनी, तुल्सी सबै मिलाएर उमालेर काडा बनाएर दिनको तीन चार पटक खायौँ भने कोरोनालाई जित्न सकिन्छ ।
एकदमै थोरै सङ्ख्याका मानिसलाई मात्रै श्वास फेर्न गाह्रो हुन्छ, त्यस्तो समस्या नआओस् भनेर पनि आयुर्वेदिक औषधि खानु आवश्यक छ । धेरै जसको भनाइ छ, ‘‘गुर्जोमा तीतो मात्रा बढी भएकाले रक्तचाप घटाउँछ, न्यून रक्तचाप भएकाले खानु हुँदैन ।’’ वास्तविकता त्यो होइन, गुर्जोले रक्तचाप घटाउँदैन ।
तर पनि हामीले जुनसुकै औषधि पनि ठिक्कै खानुपर्छ । गुर्जोको धूलो (चूर्ण) हो वा काडा बनाएको हो त्यसमा भर पर्छ । काडा बनाएका छौँ भने एक पटकमा ४०–५० एमएल लिँदा फरक पर्दैन । गुर्जो रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधि हो । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।