काठमाडौँ : नेपाली चलचित्र क्षेत्रका ‘भिष्म पितामह’ भनिने कलाकार, निर्देशक, लेखक तथा गीतकार नीर विक्रम शाहको आज जन्मदिन परेको छ । आज बाट उनी ७५ बर्षमा प्रवेश गरेका छन् । आज परेको उनको जन्मदिनको अवसरमा उनलाई सामाजिक संजालबाट चलचित्रकर्मी तथा शुभेच्छुकहरुले शुभकामना प्रदान गरिरहेका छन् ।
चलचित्र ‘परिवर्तन’ बाट अभिनय यात्रा सुरु गरेका शाहले ‘कुसुमे रुमाल, प्रेम पिण्ड, नाता रगतको, ढुकढुकी, बादलपारि, सिउँदोको सिन्दुर, गौथली, जीवनसाथी, बाचा बन्धन, मुना मदन, सानो संसार, किस्मत’ लगायतका चलचित्रमका अभिनय गरेका छन् । साथै उनले निर्देशन गरेका चलचित्रमा ‘बासुदेव, पच्चिस बसन्त, बसन्ती, राजमती, सेतो बाघ’ लगायत छन् ।
एक सफक्ल गीतकार समेत रहेका शाहले लेखेका ‘पर्खिबसे आउला भनी, छोरी मलाई भागी भागी नसताउ, गहिराइमा डुब्दै नडुब, प्यारी बसन्ती’ लगायतका गीतहरु सर्वाधिक चर्चामा रहेका छन् । शाह नेपाल टेलिभिजनको संस्थापक अध्यक्ष समेत हुन् । आज पनि नेपाली चलचित्र क्षेत्रमा सक्रिय रुपमा लागिरहेका शाहले थुप्रै राष्ट्रिय अवार्डहरु समेत पाएका छन् ।
यो पनि पढ्नुस्
नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरासम्मको भू-भागको विषयमा ऐतिहासिक प्रमाण जुटाएको छ । नेपालले राजनीतिक र प्रशासनिक नक्सा जारी गरेसँगै गठित विज्ञ समूहको प्रतिवेदनका आधारमा लिम्पियाधुरासम्मको भूमि नेपालको रहेको प्रमाण जुटाएको हो ।
विज्ञ समूहले बनाएको सो प्रतिवेदनलाई भारतसँग जुनसुकै समयमा वार्तामा बस्दा पेस गर्ने आधारका रूपमा लिइएको छ । नेपालले राजनीतिक तथा प्रशासनिक नक्सामा लिम्पियाधुरासम्मको भूभाग समेटेर नक्सा जारी गरेसँगै प्रमाण जुटाउन विज्ञ टोली गठन गरेको थियो ।
गत जेठमा गठित सीमा विज्ञ समूहको टोलीले गत साता मात्रै कालापानीदेखि लिम्पियाधुरासम्मको भूभाग नेपालको भएको ऐतिहासिक खोजसहितको प्रतिवेदन परराष्ट्र मन्त्रालयलाई बुझाएको हो । नेपालले नयाँ राजनीतिक नक्सा प्रकाशित गर्दा समेटिएको भूभागको थप प्रमाण र आधारसहित विज्ञ समूहले प्रतिवेदन बुझाएको हो ।
विज्ञ टोलीले सन् १८१४ देखि १८१६ सम्म चलेको नेपाल र अंग्रेज यु’द्धपछि नेपाल र इस्ट इन्डियाबीच भएको सुगौली सन्धिमा कायम भएको नक्सा र ऐतिहासिक प्रमाणित कागजातसहित प्रतिवेदन सरकारलाई बुझाएको हो । त्यस्तै, जग्गाको स्वामित्वका प्रमाण, राजस्व, मालपोत, भूमिकर, तिरो भारो आदि तिरेका रसिद, भर्पाई, पत्र, रोक्का, सदन आदि अभिलेखसमेतलाई आधारको बलियो प्रमाण नेपालले बनाएको छ ।
विज्ञ टोलीले सन् १८१४ देखि १८१६ सम्म चलेको नेपाल र अंग्रेज युद्धपछि नेपाल र इस्ट इन्डियाबीच भएको सुगौली सन्धिमा कायम भएको नक्सा र ऐतिहासिक प्रमाणित कागजातसहित प्रतिवेदन सरकारलाई बुझाएको छ ।