काठमाडौँ : धुलिखेलस्थित धुलिखेल अस्पतालमा एक जना कोरोना संक्रमितको मृ’त्यु भएको छ । ७ दिनदेखि भेन्टिलेटरमा राखेर उपचार भइरहेका धुलिखेल–११ डाँडागाउँका ५२ वर्षीय पुरुषको आइतबार बिहान २ बजे मृ’त्यु भएको हो ।
५ दिनअघि उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । अनुसार उनकी श्रीमती र छोराछोरीको स्वाब संकलन गरी परिक्षण गर्दा नतिजा नेगेटिभ देखिएको छ ।
स्वास्थ्य कार्यलय काभ्रेका अनुुसार यसअघि जिल्लामा १३ जनाको मृ’त्यु भइसकेको छ । ४ पुरुष र ४ महिला काभ्रेका हुन् भने अन्य जिल्लाका ३ पुरुष र २ महिलाको उपचारको क्रममा धुलिखेल अस्पतालमा मृ’त्यु भएको थियो ।
यो पनि पढ्नुस्
नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरासम्मको भू-भागको विषयमा ऐतिहासिक प्रमाण जुटाएको छ । नेपालले राजनीतिक र प्रशासनिक नक्सा जारी गरेसँगै गठित विज्ञ समूहको प्रतिवेदनका आधारमा लिम्पियाधुरासम्मको भूमि नेपालको रहेको प्रमाण जुटाएको हो ।
विज्ञ समूहले बनाएको सो प्रतिवेदनलाई भारतसँग जुनसुकै समयमा वार्तामा बस्दा पेस गर्ने आधारका रूपमा लिइएको छ । नेपालले राजनीतिक तथा प्रशासनिक नक्सामा लिम्पियाधुरासम्मको भूभाग समेटेर नक्सा जारी गरेसँगै प्रमाण जुटाउन विज्ञ टोली गठन गरेको थियो ।
गत जेठमा गठित सीमा विज्ञ समूहको टोलीले गत साता मात्रै कालापानीदेखि लिम्पियाधुरासम्मको भूभाग नेपालको भएको ऐतिहासिक खोजसहितको प्रतिवेदन परराष्ट्र मन्त्रालयलाई बुझाएको हो । नेपालले नयाँ राजनीतिक नक्सा प्रकाशित गर्दा समेटिएको भूभागको थप प्रमाण र आधारसहित विज्ञ समूहले प्रतिवेदन बुझाएको हो ।
विज्ञ टोलीले सन् १८१४ देखि १८१६ सम्म चलेको नेपाल र अंग्रेज यु’द्धपछि नेपाल र इस्ट इन्डियाबीच भएको सुगौली सन्धिमा कायम भएको नक्सा र ऐतिहासिक प्रमाणित कागजातसहित प्रतिवेदन सरकारलाई बुझाएको हो । त्यस्तै, जग्गाको स्वामित्वका प्रमाण, राजस्व, मालपोत, भूमिकर, तिरो भारो आदि तिरेका रसिद, भर्पाई, पत्र, रोक्का, सदन आदि अभिलेखसमेतलाई आधारको बलियो प्रमाण नेपालले बनाएको छ ।
विज्ञ टोलीले सन् १८१४ देखि १८१६ सम्म चलेको नेपाल र अंग्रेज युद्धपछि नेपाल र इस्ट इन्डियाबीच भएको सुगौली सन्धिमा कायम भएको नक्सा र ऐतिहासिक प्रमाणित कागजातसहित प्रतिवेदन सरकारलाई बुझाएको छ ।