काठमाडौँ : गायिका देवी घर्ती र गायक बिष्णु सिँजालीको नयाँ लोकदोहोरी गीत ‘सानु तिम्रो मन’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘सानु तिम्रो मन’ बोलको म्युजिक भिडियो आशिका प्रोडक्शन नामक युट्युव मार्फत सार्वजनिक गरिएको हो ।
होम राना र बसन्त रानाको शब्द रहेको गीतमा बिष्णु सिँजाली मगरको संगीत रहेको छ । सुमन कार्कीले खिचेको भिडियोमा सुमन कार्कीले नै सम्पादन गरेका छन् ।
गीतको म्युजिक भिडियोमा सुवाष पाण्डे, रिना बस्नेत र सुशान्त परियारका अभिनय रहेको छ । प्रेमि प्रमेका बीचको प्रेमसम्बन्धमा बियोग भोगाइएको चित्रण गरिएको उक्त गीतको भिडियोलाई शिव भट्टराईले निर्देशन गरेका छन् ।
यो पनि पढ्नुस्
नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरासम्मको भू-भागको विषयमा ऐतिहासिक प्रमाण जुटाएको छ । नेपालले राजनीतिक र प्रशासनिक नक्सा जारी गरेसँगै गठित विज्ञ समूहको प्रतिवेदनका आधारमा लिम्पियाधुरासम्मको भूमि नेपालको रहेको प्रमाण जुटाएको हो ।
विज्ञ समूहले बनाएको सो प्रतिवेदनलाई भारतसँग जुनसुकै समयमा वार्तामा बस्दा पेस गर्ने आधारका रूपमा लिइएको छ । नेपालले राजनीतिक तथा प्रशासनिक नक्सामा लिम्पियाधुरासम्मको भूभाग समेटेर नक्सा जारी गरेसँगै प्रमाण जुटाउन विज्ञ टोली गठन गरेको थियो ।
गत जेठमा गठित सीमा विज्ञ समूहको टोलीले गत साता मात्रै कालापानीदेखि लिम्पियाधुरासम्मको भूभाग नेपालको भएको ऐतिहासिक खोजसहितको प्रतिवेदन परराष्ट्र मन्त्रालयलाई बुझाएको हो । नेपालले नयाँ राजनीतिक नक्सा प्रकाशित गर्दा समेटिएको भूभागको थप प्रमाण र आधारसहित विज्ञ समूहले प्रतिवेदन बुझाएको हो ।
विज्ञ टोलीले सन् १८१४ देखि १८१६ सम्म चलेको नेपाल र अंग्रेज यु’द्धपछि नेपाल र इस्ट इन्डियाबीच भएको सुगौली सन्धिमा कायम भएको नक्सा र ऐतिहासिक प्रमाणित कागजातसहित प्रतिवेदन सरकारलाई बुझाएको हो । त्यस्तै, जग्गाको स्वामित्वका प्रमाण, राजस्व, मालपोत, भूमिकर, तिरो भारो आदि तिरेका रसिद, भर्पाई, पत्र, रोक्का, सदन आदि अभिलेखसमेतलाई आधारको बलियो प्रमाण नेपालले बनाएको छ ।
विज्ञ टोलीले सन् १८१४ देखि १८१६ सम्म चलेको नेपाल र अंग्रेज युद्धपछि नेपाल र इस्ट इन्डियाबीच भएको सुगौली सन्धिमा कायम भएको नक्सा र ऐतिहासिक प्रमाणित कागजातसहित प्रतिवेदन सरकारलाई बुझाएको छ ।