लकडाउनको समयमा किस्ता तिर्न नसक्दा कम्पनीले गाडी नियन्त्रणमा लिएको दुई दिनपछि एक युवकले मनोहरा खोलामा हा’म फा’लेका छन्। सिप्रदी ट्रेडिङ कम्पनीले लकडाउनको अवधिको किस्ता नतिरेको भन्दै गाडी नियन्त्रण लिएपछि त’नावमा रहेका युवकले सोमबार मनोहरा खोलामा हा’मफालेका हुन्।
रामेछापको मन्थली–३ घर भएका ३४ वर्षीय सानुबहादुर कार्कीको श’व मंगलबार बिहान भेटिएको छ। उनले दुई वर्ष अगाडि सिप्रदी ट्रेडिङ कम्पनीबाट किस्तामा पैसा तिर्ने गरी गाडी खरिद गरेका थिए।
सामान्य मर्मतका लागि रामेछापबाट गाडी ल्याएर शुक्रबार नैकापस्थित कम्पनीको ग्यारेजमा गाडी राखेको र आइतबार गाडी बनेपछि कम्पनीले नियन्त्रणमा लिएको पारिवारिक स्रोतको दाबी छ। लकडाउनमा गाडी चलाउन नमिलेपछि मर्मतका लागि कम्पनीमा लगेको अवस्थामा बा ५ ख २८४४ नम्बरको उनको गाडी कम्पनीले राखेको हो।
उनका गाउँलेका अनुसार कम्पनीले लकडाउन अगाडिको तीन र लकडाउन अवधिको चार गरेर एकैपटक सात किस्ता तिर्न द’बाब दिएको थियो। उनले तत्काल ५० हजारको चेक दिने र विस्तारै किस्ता हाल्ने बताउँदा बताउँदै कम्पनीले गाडी नियन्त्रणमा लिएपछि उनी तनावमा भएको बताईएको छ।
काठमाडौँको जडिबुटीमा बस्ने उनले सोमबार बिहान १० बजे मनोहरा नदीमा हा’मफा’लेको उनका आफन्तले बताए। प्रहरीले भने घटनाको विषयमा अनुसन्धान भइरहेको बताएको छ ।