काठमाडौँ : संसारभर करिब २० प्रतिशत मानिसहरु कब्जियतको समस्याबाट पी’डित हुन्छन् । कब्जियतका समस्या कुनै पनि उमेरका मानिसलाई हुनसक्छ । उपचारबाट कब्जियत निको गराउन गाह्रो हुन्छ । त्यसैले कब्जियतको समस्याबाट छुटकारा पाउनका लागि घरेलु उपचार पनि गर्न सकिन्छ ।
नुनपानी
१. कब्जियतको समस्या भएमा एक गिलास पानीमा नुन हालेर पिउनुस् । यसले पाचन तन्त्र सफा गर्ने मात्र होइन कब्जियतका लक्षणबाट पनि राहत दिलाउँछ । यसले आन्द्राको बाहिरी सफाई गर्छ साथै भित्रि रुपमा नै समस्या कम गराउँछ ।
२. नुनले शरीरलाई प्राकृतिक रुपमा डिटक्स गर्ने र पाचन प्रणालीमा इलेक्ट्रोलाइट्सको आपूर्ति गर्न मद्दत गर्छ ।
३. यदि तपाईंले दैनिक रुपमा खाली पेटमा नुन पानी पिउदा धेरै फाइदा पुग्छ ।४. नुन पानीका लागि एक लिटर पानी तातो गराउँनुस् । हल्का मन तातो पानीमा २ वा ३ चम्चा हालेर पिउने गर्नुस् । र १० मिनेटमा नुनपानी सकाउनुस् ।
५. निश्चित रुपमा यसले ३० मिनेटमा काम गर्न सुरु गर्छ । र पेटमा भएको विषाक्त पदार्थ र फोहोर बाहिर निकाल्छ । केही समयमा नै तपाईँ पेट सफा भएको महसुस गर्नुहुन्छ ।
यो पनि पढ्नुस्
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले नेपालमा काेही पनि भाेकले नमर्ने बताउनुभएकाे छ । उहाँले गरिबीकै कारण ‘कोही भोकै पर्दैन, भोकले कोही मर्दैन’ भन्ने व्यावहारिक अभ्यास अघि बढाइरहेको बताउनुभएकाे हाे ।
४० औं विश्व खाद्य सुरक्षा दिवसको अवसरमा एक शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले नागरिकको आधारभूत खाद्य सुरक्षाको प्रत्याभूति गर्ने अभियानलाई सार्थक बनाउन सरकार लागिपरेको दाबी गर्नुभयाे ।
‘नागरिकको आधारभूत खाद्य सुरक्षाको प्रत्याभूत गर्नु लोक कल्याणकारी राज्यको दायित्व हो,’ उहाँले शुभकामना सन्देशमा भन्नुभएकाे छ, ‘त्यसका लागि हामीले खाद्य सम्बन्धी हकलाई मौलिक हकको रुपमा संवैधानिक व्यवस्था गरेका छौँ । उक्त हकको कार्यान्वयन गर्न खाद्य अधिकार तथा खाद्य सम्प्रभूता सम्बन्धी ऐन, २०७५ समेत जारी गरी हरेक नागरिकको खाद्य अधिकार, खाद्य सुरक्षा र खाद्य सम्प्रभूतालाई कानूनी अधिकारको रुपमा स्थापित गरिएको छ ।’
राज्यले लोक कल्याणकारी दायित्व निर्वाह गर्ने ‘कोही भोकै पर्दैन, भोकले कोही मर्दैन’ भन्ने अभियानलाई अघि बढाउँदा त्यसलाई सफल बनाउनु आम नागरिकको दायित्व भएको पनि उहाँले बताउनुभएकाे छ ।
‘जनताको खाद्य सुरक्षाको हक स्थापित गर्ने यस प्रयासमाथि अवरोधात्मक प्रचारबाजी भन्दा सहयोगात्मक अभियान अघि बढ्नुपर्दछ भन्ने म ठान्दछु,’ प्रधानमन्त्री ओलीले भन्नुभएकाे छ, ‘हाम्रो दिगो विकास लक्ष्यमा ‘भोकमरीको अन्त्य गर्ने, खाद्य सुरक्षा तथा पोषणको अवस्था सुधार गर्ने र दिगो कृषि प्रणालीको प्रवद्र्धन गर्नेछ ।’
उहाँले ‘जनताको खाद्य सुरक्षाको हक’ स्थापित गर्ने यस प्रयासमाथि अवरोधात्मक प्रचारबाजी भन्दा सहयोगात्मक अभियान अघि बढ्नुपर्नेमा जाेड दिनुभएकाे छ । ‘भोकमरीको अन्त्य गर्ने, खाद्य सुरक्षा तथा पोषणको अवस्था सुधार गर्ने र दीगो कृषि प्रणालीको प्रवर्द्ध गर्ने’ उल्लेख गर्दै उहाँले यसबाट निर्देशित रही कृषि विकास रणनीति, शून्य भोकमरी चुनौती एवं बहुक्षेत्रीय पोषण योजना दोस्रो लगायत क्षेत्रगत नीति र योजनाले खाद्य तथा पोषण सुरक्षा हासिल गर्न उपयुक्त रणनीति र कार्यनीतिको प्रभावकारी कार्यान्वयन हुँदै आएको समेत बताउनुभयाे ।
शुभकामना सन्देशमा थप भनिएकाे छ, ‘चालु १५औँ योजनाले खाद्य असुरक्षा तथा पोषणको जोखिममा रहेका क्षेत्र र समूहको आधारभूत खाद्य उपलब्धताको सुनिश्चितता, कृषि तथा गैरकृषिजन्य उद्यममार्फत् आयआर्जनमा सुधार गरी खाद्य पहुँचमा वृद्धि र खाद्यवस्तुको स्वच्छता अभिवृद्धिमार्फत् खाद्य सम्प्रभूता, दीगो खाद्य तथा पोषण सुरक्षासहितको समाज निर्माण गर्ने सोच लिएको छ । मुलुकलाई समृद्ध र जनतालाई सुखी बनाउने सरकारको सङ्कल्प जनताको खाद्य सुरक्षाको सफलतासँग जोडिएको छ ।’