काठमाडौँ : नेपाली बजारमा बिहीबार (आज) सुनको भाउ बढेको छ । बुधबार तोलाको ९५ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा २ सय रुपैयाँले बढेर ९५ हजार ७ सय रुपैयाँ पुगेको हो ।
तेजावी सुन पनि आज तोलामा २ सय रुपैयाँले नै बढेर ९५ हजार २ सय रुपैयाँ पुगेको छ । चाँदीको भाउ भने आज तोलामा १० रुपैयाँले घटेको छ । चाँदी आज तोलामा १२ सय ३० रुपैयाँमा कारोबार भैरहेको छ ।
यो पनि पढ्नुस्
प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्त कुमार गोयलसँग भेटवार्ता भएको पुष्टि भएको छ । बुधबार दिउँसो विशेष विमानमा काठमाडौं आएका प्रमुख गोयलले बुधबार राति नै प्रधानमन्त्री ओलीसँग दुई घण्टा भेटवार्ता गरेका हुन् ।
प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्य थापाले बिहीबार बक्तव्य नै जारी गरेर रअ प्रमुखसँग भेट भएको बताएका छन् । भेटवार्तामा गोलयले नेपाल-भारतबीचको मैत्री सम्बन्ध खलबलिन नदिने, समस्याहरूको वार्ताद्वारा समाधान गर्ने र पारस्परिक सहयोगलाई निरन्तर अगाडि बढाउने बिषयमा आफ्नो धारणा राखेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले बताएका छन् ।
भारतको गुप्तचर संस्था रिसर्च एन्ड एनलाइसिस विङ ‘रअ’का प्रमुख गोयल र अर्का अधिकारी अरुण जैनसहित ७ जनाको टोली बुधबार काठमाडौं आएको हो । गोयल बिहीबार बिहान भारतीय एयरफोर्सको आइफ बी ६०४५ कलसाइनको चार्टर विमानबाट फर्केका छन् ।
यसैवीच गोयलले पूर्वप्रधानमन्त्री तथा नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पनि भेटेको भन्ने समाचारमा कुनै सत्यता नभएको प्रचण्डको सचिवालयले जनाएको छ ।