भाइटीका लगाएपछि दिदी–बहिनीले दाजु–भाइलाई काजु, किसमिस, बदाम, ओखरजस्ता ‘ड्राइफुड’ दिने चलन छ । ‘ड्राइफ्रुड’मा हुने उच्च क्यालोरी एवं चिल्लो पदार्थ स्वास्थ्यका लागि निकै उपयोगी पनि मानिन्छ । जसले शारीरिक विकासका साथै रोगसँग लड्नसक्ने क्षमता बढाउँछ ।
चिकित्सकका अनुसार तिहारमा दिदी–बहिनीले दाजुभाइलाई उपहार स्वरुप दिने भाइमसला स्वास्थ्यका दृष्टिले पनि अत्यन्तै उपयोगी छ । लोमा लिन्डा युनिभर्सिटीले गरेको अध्ययनअनुसार सातामा ५ पटक यस्ता ‘ड्राइफुड’ खाने मानिसमा मुटुको समस्या ५० प्रतिशतले कमी आउँछ । डायबिटीज र क्यान्सरसँग लड्ने क्षमता बढाउँछ । तर, चाडपर्व बाहेक नेपाली प्रायः यस्ता ‘ड्राइफुड’मा रुची राख्दैनन् ।
किसमिस
मसालमा किसमिस दिने प्रचलन छ । अंगुरलाई सुकाएर बनाइने किसमिस मानव स्वास्थ्यको लागि धेरै नै फाइदाजनक मानिन्छ । किसमिसलाई आइरनको राम्रो स्रोत मानिन्छ । यो रक्तअल्पता एवं कब्जियत हटाउन सहयोगी हुन्छ । किसमिसमा रहेको आइरन, पोटासियम, क्याल्सियम, म्याग्नेसियम तथा अधिक मात्रामा फाबर हुने गर्दछ । किसमिसमा पाइने यी तत्वले मुटुरोगीका लागि निकै उपयोयी मानिन्छ । त्यस्तै कोलस्टोर घटाउन छालामा चमक ल्याउन पनि निकै राम्रो मानिन्छ । त्यसमा पनि कुनै पनि रोगको उपचार पछि रिकभरी पिरियडमा किसमिसको सेवन लाभदायी हुन्छ ।
काजु
काजु पनि मसलाको मूख्य मिठाई अन्तरगर्त पर्दछ । यसले मुटुलाई स्वस्थ र बलियो राख्छ । काजुको सेवनले शरीरमा इन्सुलिनको मात्रा बढाउँछ जसले गर्दा डायबेटिज नियन्त्रित अवस्थामा रहन्छ । काजुमा पाइने कार्बोहाइड्रेट, प्रोटिन, आइरन, जिंक, म्याग्नेसियम, कपर आदिले हड्डी, दाँत आदिलाइ बलियो बनाउन मद्धत गर्दछ ।
ओखर
वढी मात्रामा प्रयोग गरिने मसाला भित्र ओखर पर्दछ । जसमा एन्टी अक्सिडेन्ट नामक तत्व हुन्छ जसले कपाल तथा छालासम्बन्धी समस्याबाट मुक्ति मिल्नुका साथै बढ्दो उमेरमा हुने चाउरीपनाबाट छुटकारा पाउन मद्धत मिल्दछ । यसमा पाइने फाइबरले पाचनक्रियालाई बलियो बनाउँछ । साथै यसको नियमित सेवनले कब्जियत सम्बन्धी समस्याबाट मुक्ति मिल्नुका साथै मृर्गौलामा पत्थरी हुनबाट जोगाउँछ ।
बदाम
भाइमसलामा बदाम पनि पर्दछ जसले रक्तकोष तथा हेमोग्लोबिनको विकासमा सहयोग पुर्याउँछ । साथै मधुमेह र मुटुको रोगको उपचारमा समेत मद्धत गर्छ । बदामको यस्तो पोषक तत्व पाइन्छ, जसले स्मरण शक्ति बढाउन र मष्तिष्कको विकासको लागि फाइदाजनक हुन्छ ।
पेस्ता
यो पनि भाइमसलाको प्रमुख मसला भित्र पर्दछ । यसले शरीरलाई लागि निकै फाइदाजनक हुन्छ । पेस्तामा भिटामिन ई पाइन्छ । यसले छालालाई युभी ड्यामेजबाट सुरक्षा प्रदान गर्नुका साथै छालाको क्यान्सर तथा उमेरअघि नै देखिने चाउरीपनमा राहत दिन्छ ।
नरिवल
भाइमसलामा दिदी बहीनीले नरिबलको पनि प्रयोग गर्ने गर्दछन् । यसले ढिलो गरी पाचन हुने, मूत्राशय शोधक, ग्राही, पुष्टिकारक, बलवर्धक, रक्तविकार नाशक, दाह शामक र वातपित्त नाशकको रुपमा नरिबललाई लिइन्छ ।
त्यस्तै नरिवलमा भिटामिन ‘ए’, ‘बी’, ‘सी’ सँगै प्रोटिन, क्याल्सियम र फलाम पाइन्छ । यसका साथै भाइ मसलामा विभिन्न थरीका मिठाईहरु, सुपारी, हाडे लगायत अन्य मिठाइहरु पनि समावेश गर्ने गरिन्छ ।
यो पनि पढ्नुस
तपाईहरु जो कोहीलाई थाहा भएको कुरा हो की केही कार्य गर्नुभन्दा पहिला गणेश भगवानकै पूजा गरिन्छ । अब शुभकार्यको बेला त यसो गरिन्छ भने आफ्नो जीवनको अर्को नयाँ दिन अर्थात हरेक दिनको बिहान झनै कति महत्वपूर्ण छ तपाई हामी सबैलाई थाहा छ । यसैले बिहानको शुभ समयमा काम थाल्नुभन्दा पहिला भगवान गणेशको पूजा गर्नुहोस् । हुन त मंगलबार भगवान गणेशको विशेष दिन हो । तर भगवान गणेशलाई सिद्धि प्राप्तिका भगवान मानिएकाले हरेक दिन बिहान पूजा गर्नु राम्रो छ ।
हिन्दु धर्म अनुसार हरेक साताको हरेक एकदिन कुनै भगवानको नाममा ब्रत बस्ने गरिन्छ । त्यसैगरी मंगलबार पनि धेरैजना गणेश भगवानको प्रार्थना गरि ब्रत बस्ने दिन । सबै किसिमका सुख प्राप्त गर्न, रक्तविकार शमन गर्न, शत्रुदमनका निम्ति, स्वास्थ्य रक्षार्थ तथा पुत्र प्राप्तिका लागि मङ्गलबारको ब्रत एकदमै उत्तम मानिन्छ । यो ब्रत शुक्ल पक्षको पहिलो मङ्गलबारबाट सुरु गर्नुपर्दछ । मंगलबारको ब्रतबाट मङ्गल ग्रहको अनिष्ट फल पनि शान्त हुन पुग्छ । यही फल प्राप्तिका लागि भगवान गणेशलाई हरेक दिन आराधाना गर्नु उपयुक्त छ ।
बिहान उठेर स्नान गरी शुद्ध भएपछि रातो कपडा धारण गरी ’ॐ भौमाय नमः’ ५ माला जप गर्नुपर्दछ । गणेश भगवानको आराधना गर्नुपर्दछ । पूजा गर्दा रातो फूल, फल, तामा, नरिवल आदि दान गर्नुपर्दछ । यो ब्रत कमसेकम २१ वटा मङ्गलबारसम्म लिने प्रचलन छ । सकिन्छ भने जीवनभरि नै लिए अझ राम्रो मानिन्छ। यस व्रतमा गहुँ र सख्खरको भोजन गर्नुपर्ने हुन्छ, रातो कपडा लगाउनु पर्दछ । एक छाक अलिनो भोजन गर्नु पर्दछ ।
ब्रतको दिन के गर्ने ?
विहानको समयमा मोमबत्ती या दीप बाल्नुहोस् । विहानको ध्यान गर्नुहोस् । केही धार्मिक ग्रन्थहरु पढेर आफ्नो दिनको सुरुवात गर्नुहोस् । जब बेलुका घर पुग्नुहुन्छ । हात खुट्टा धुनुहोस् । कपडा फेर्नुहोस् अनि चोखो खाना (प्रसाद) बनाउनुहोस् । जस्तै हलुवा, खिरलगायतका खाना । खाना (प्रसाद) प्रेम र सद्विचार अथवा कुनै मन्त्र उच्चारण गर्दै बनाउनुहोस् । यो मनन गर्नुहोस् कि, ब्रत या अन्य बेला खाना बनाउँदा पूर्णरुपमा त्यसमा ध्यान दिनुहोस् र प्रशन्न मन लिएर बनाउनुहोस् अनि मात्र खानाखाने मान्छेको आत्मा तृप्त हुन्छ ।
जब खाना (प्रसाद) तयार हुन्छ, ध्यान अथवा पूजा गर्ने ठाउँमा फलफूल र प्रसाद राख्नुहोस् ।
पूजास्थानमा दीप, मोमबत्ती या अगरवत्ती बाल्नुहोस् । प्रकाशलाई स्वयं भगवानको उपस्थिति मानिन्छ । यसले ज्ञान र बुद्धि प्रदान गर्छ । फूल, फल र सुगन्ध विश्व, ब्रम्हाण्ड शक्तिको भेट मानिन्छ । त्यसपछि परिवार, साथीभाइ वा एक्लै बसेर भगवानको आरती गर्न सकिन्छ । त्यस समयमा भागवत् गीता लगायतका आफ्नो अनुसारको धार्मिक ग्रन्थको अध्याय पढ्न सक्नुहुन्छ । यातफेरि भजन गाउँदै प्रार्थना गर्न सक्नुहुन्छ ।
ब्रतको दिन के खाने ?
ब्रतको दिन कुनै ठोस खाना नलिनुहोस् । रातको समयमा ५ बजेपछि हल्का खाना (खीर, हलुवा, भात र सागसव्जी) खान सक्नुहुन्छ । यदि स्वास्थ्यका कारण दिनभर निराहार ब्रत बस्न सम्भव छैन भने कमजोरी हुनुहन्छ भने यातफेरि अत्यधिक टाउँको दुख्यो भने दूध र फलफूल लिन सक्नुहुन्छ । त्यस्तै जडिबुटीको चिया वा पानी पनि पिउन सक्नहुन्छ ।